• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें

64x64
अन्शु खनाल बुधबार, असोज १९, २०७९  १९:०१
1140x725

चाडपर्वमा सबैलाई सकेसम्म परिवारसँगै रमाउन मन लाग्छ। तर सधैँ समय अनुकुल हुँदैन। त्यसमाथि कुनै-कुनै जागिर त जे आइपरे पनि छाड्नै नमिल्ने खालका हुन्छन्। 

२०७५ सालको दसैंमा नर्स बिनिता खतिवडा पनि घर जान पाइनन्। मोरङको रमाइलोमा जन्मिएकी उनी त्यो समय नेसनल क्यान्सर हस्पिटल हरिसिद्धिमा कार्यरत थिइन्। त्यो जागिर पिसिएल नर्सिङ सकेपछिको पहिलो थियो उनको।

‘त्यति बेला घरमा हजुरबुबा बिरामी हुनुहुन्थ्यो। त्यही भएर दसैंभन्दा अगाडि नै घर गएर आएको थिएँ। त्यस कारण दसैंको बेलामा बिदा लिन मिलेन,’ उनी सम्झिन्छिन्।

दसैंको टीकाको दिन थियो। त्यही दिन बिनिताको आइसियुमा ड्युटी थियो। सामाजिक सञ्जालमा आफन्त र परिवारको फोटो देख्दा मनमा कस्तो–कस्तो लागिरहेको थियो उनलाई। भन्छिन्, ‘तर बिरामीको सेवामा खटिइरहँदा एक खालको खुसी पनि लाग्थ्यो।’

विजयादशमीका दिन आइसियुमा उपचाररत एक बिरामीका परिवारले बुबासँग टीका लगाउने रहर गरे। अस्पतालले पनि आइसियुमा बिरामीको परिवारले इच्छा गरेको खण्डमा टीका लगाउन दिने गरेको थियो। 

आफ्नै अगाडि बिरामी हजुरबुबाले आफ्ना परिवारलाई टीका लगाएको देख्दा बिनिताले पनि आफ्नो बिरामी हजुरबुबा सम्झिइन्।

बिनितालाई आफ्नो खाली निधार र हजुरबुबाको सम्झनाले तिनै आइसियुमा भर्ना भएका बुबासँग टीका लगाउने मन भयो। र, उनी अनुमतिका लागि सिनियर नर्सकहाँ पुगिन्। सिनियर नर्सको अनुमति पाएपछि ती बिरामीका आफन्तलाई सोधेर टीका लगाउने निर्णय गरिन्। बिरामीका आफन्तले पनि उनलाई खुसी हुँदै टीका लगाउन अनुमति दिए।

आफैँले दिनरात ख्याल गरिरहेका हजुरबुबाको उमेरको मान्छेसँग ड्युटीमै टीका लगाउन पाउनु उनको लागि ठूलो कुरा भयो।

Ncell 2
Ncell 2
nimb
nimb

बिनितालाई घर पुगेर आफ्नै हजुरबुबाको हातको टीका लगाएझैँ भयो। टीका लगाएर ती बिरामीले ५० रुपैयाँ दक्षिणा दिएको उनी सम्झिन्छिन्।

‘मैले पैसा पर्दैन, निधार खाली भएर टीका मात्रै लगाउन आएको हुँ भनें। तर उहाँले मान्नु भएन,’ उनले भनिन्।

टीका लगाउने बेलामा बिनिताले फोटो खिच्न लगाएकी थिइन्। केही बेरपछि उनले साथीहरुसँग त्यो फोटो फेसबुकमा हाल्नुप¥यो भनिन्। तर सिनियरहरुले यस्तो फोटो त भाइरल हुन्छ है भन्दै जिस्काए। नभन्दै उनीहरुले भने जस्तै भयो– बिनितालाई सामान्य लागेर अपलोड गरेको त्यो फोटो भाइरल भयो।

फोटो भाइरल भएपछि भने आफूलाई डर लागेको उनी बताउँछिन्। ‘फोटो जति भाइरल हुँदै गयो, त्यति डर लाग्न थाल्यो,’ बिनिताले भनिन्, ‘आइसियु भित्र फोन लगेर फोटो अपलोड गरेको भनेर अस्पतालबाट गाली खान्छु कि भनेर डर लागेको थियो।’ 

Xtrem

Xtrem

पछि अस्पतालका निर्देशक नै आएर आफूलाई राम्रो भन्दै स्याबासी दिएको उनले बताइन्। 

त्यसको केही समयपछि बिनिताले त्यहाँको जागिर छाडिन्। जागिर छाडे पनि उनलाई ती बिरामीको सम्झना आइरहन्थ्यो। त्यसपछि उनले अन्नपूर्ण न्युरो अस्पतालमा काम सुरु गरिन्।

एक दिन अचानक एक जना व्यक्तिले बिनितालाई बोलाए। तर उनले ती व्यक्तिलाई चिन्न सकिनन्। उनले जो बिरामीसँग अस्पतालमा टीका लगाएकी थिइन्, उनकै छोरा थिए ती व्यक्ति।

पेटको आन्द्राको क्यान्सर भएर अस्पताल भर्ना भएका ती बुबाको निधन भइसकेको रहेछ। ‘बिरामीको ख्याल गर्दागर्दै बिरामीसँग एक किसिमको आत्मियता जोडिएको हुन्छ। उहाँको मृत्युको खबरले मलाई निकै नराम्रो लागेको थियो,’ उनले सुनाइन्।

भद्रपुरको मदन भण्डारी क्याम्पसबाट पिसिएल नर्सिङ गरेकी बिनिता अहिले ‘बिएण्डबि’ मा ‘ब्याचलर इन नर्सिङ’ (बिएन) पढिरहेकी छिन्। यो दसैंमा भने उनी घर जाने योजनामा छिन्।

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्