काठमाडौं– मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन्।
युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन्।
लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो। प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर-१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।
बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन्। अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।