• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नाटक र कविताले बदलेको अनुपको बाटो

64x64
अन्शु खनाल शनिबार, चैत ४, २०७९  १३:५१
1140x725

काठमाडौं– नाटकका हरेक चरित्रमा उनी पक्का देखिन्छन्। उनका केही कविताहरू पढिसके पछि उनी असल अभिनय मात्रै गर्दैनन् भन्ने कुरा महसुस हुन्छ।

उनी  ‘एज बब’ उर्फ अनुप न्यौपाने। उनले धेरै समय आफूलाई ‘एज बब’ भनेर चिनाए तर, यो नामपछाडिको रहस्य भने उनले कुराकानीको अन्त्यसम्म पनि खुलाउन चाहेनन्। 

दोलखाको मलुङमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका अनुप मण्डला थिएटरमा आवद्ध छन्। हाल उनी नेपालमा पहिलोपटक सुरु भइरहेको कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’मा प्रतिस्पर्धा गरिरहेका छन्।

मण्डला थिएटरमा नाटक पढेर नाटक, फिल्म र म्युजिक भिडियोहरूमा पनि काम गरिरहेका अनुप निकै शान्त स्वभावका देखिन्छन्। 

‘सानो छँदा पढाइ मात्रै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने लाग्थ्यो। खासमा स्कूलको पढाइ मात्रै भन्दा पनि जिन्दगीको पढाइ पनि महत्त्वपूर्ण हुने रहेछ,’ उनी मुस्कुराउँदै भन्छन्, ‘बाबा शिक्षक भएकाले होला पढाइ बाहेक अरु चिज सोच्दै सोचिएन।’ यस उमेरमा उनी बचपनमा पुग्छन्।

स्वतन्त्र भएर खेल्न नपाँउदा, कहिलेकाहीँ अल्छी गरेर स्कूल जान नपाउँदा दिक्क लाग्थ्यो अनुपलाई। ‘खासमा, ती सबै कुराहरू महत्त्वपूर्ण पनि रहेछन्, संस्कार भनेको त्यही त रहेछ,’ उनी भन्छन्।

‘मास्टरको छोरो भएपछि त पढाइ पनि राम्रो हुनैपर्छ भन्ने चलन हुन्छ नि है?’ 

प्रश्नमा उनी मुस्कुराउँदै भन्छन्, ‘मेरो पढाइ सात कक्षा पढ्नेबेलासम्म राम्रो थियो। जब फिल्म हेर्न थालेँ, पढाइ बिगारेँ।’ राजेश हमालको फिल्म भनेपछि हुरुक्कै हुने रहेछन् उनी। पढाइ हापेर पनि खुब फिल्म हेर्ने रहेछन्। स्कुले दिन सम्झँदै भन्छन्, ‘सायद त्यही समयको कारण म अहिले यहाँ छु।’

Ncell 2
Ncell 2
nimb
nimb

प्लस टु सकेर काठमाडौँ पढ्न आएका उनलाई कमर्स, साइन्स र एजुकेसनबाहेक आर्ट फिल्डका कुनै पनि विषय पढ्न पाइन्छ भन्ने थाहा थिएन। राजेश हमालजस्तै बन्ने रहर मनमा दबाएर बसेका उनी काठमाडौँ गएर गीत गाँउछु, सिक्छु भन्ने सोचेका थिए।

 काठमाडौँ आएर स्नातकमा भर्ना पढाइसँगै काम गर्थे। त्यतिबेला महसुस भयो, ‘पढाइ भन्दा पैसा पो महत्त्वपूर्ण रहेछ।’ उनले पढाइलाई बिचमै रोके र व्यवसाय गर्ने सोच बनाए। सोचेजस्तो नभएपछि पैसा पनि महत्त्वपूर्ण होइन रहेछ भन्ने निस्कर्षमा पुगे। उनले अधुरै छाडेको पढाइको फेरो समाते। हाल उनी मास्टर्स पढिरहेका छन्।

०००

एकदिन पत्रिकामा नाटक ‘कोर्ट मार्शल’बारे छापिएको पढेछन् अनुपले। नाटकमा राजेश हमालले अभिनय गरेको थाहा पाए। अनुपलाई लाग्यो– राजेश हमालले खेल्ने नाटक कस्तो होला?  ‘हामीले स्कूलमा खेल्ने नाटक जस्तै कि फरक?  यही जिज्ञासाले मैले कोर्ट मार्शल हेरेँ। तर नाटक हेर्न पैसा लाग्छ भन्ने त्यसअघि थाहा थिएन,’ उनले सुनाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

थिएटर भिलेजमा नाटक ‘कोर्ट मार्शल’ मञ्चन भइरहेको थियो। ठाउँ पत्ता लगाउन दुई घण्टा लाग्यो पहिलो दिन। टिकट काट्दै गर्दा सोधे, ‘राजेश हमाललाई हेर्न पाइन्छ नि?’ ‘तिम्रै अगाडि बसेर राजेश हमालले अभिनय गर्छन्’ नभन्दासम्म उनी टिकट लिने कि नलिने धर्मरमा थिए। 

नाटक ‘कोर्ट मार्शल’ले उनको सोचाइलाई नै बदलिदियो। राजेश हमाल हेर्न गएका अनुप नाटक सकिएपछि  अनुभूत गरे, ’राजेशको भन्दा अरु क्यारेक्टरको कामले पो बढी छोयो।’ 

 नाटक हेरेर निस्किएपछि उनले केही मान्छेहरूसँग सोधे, ‘यस्तो हल अन्त कहाँ कहाँ छ?’ एकजनाले भन्दिए कि त्यसलाई हल होइन थिएटर भनिन्छ। उनलाई ती व्यक्तिले सर्वनाम र मण्डलासँगै अरु थिएटरको नाम भन्दिएको पनि हिजै जस्तो लाग्छ। कुनैदिन यसरी थिएटरमै यसरी आफू पनि जम्छु होला भन्ने कल्पनासमेत गरेका थिएनन् उनले।

अनुपलाई त्यसताका पुतलीसडक ओहोरदोहोर गरिरहन्थे। अनामनगरका गल्लीहरू केही हदसम्म थाहा रहेछ। एकदिन उनले फुर्सद मिलाएर मण्डला थिएटर पत्ता लगाएरै छाडेछन्। ‘मण्डलाकै पार्किङको गेटमा बसेर मण्डला थिएटर कहाँ हो भनेर सोधेछु,’ उनी ती दिन स्मृति गर्छन्। 

पहिलोपटक मण्डला पुग्दा उनले जिन्दगीमा दोस्रोपटक नाटक हेरे। नाटकको नाम थियो- ‘रशोमन’! रशोमनमा विपिन कार्की, प्रविण खतिवडा लगायतका कलाकारहरू थिए। तर उनी कलाकार चिन्दैन थिए। 

‘रशोमन’ हेरिसकेपछि उनी हतोत्साही भएछन्। ‘म त नाटक गर्न नै नसक्ने रहेछु कि?’ भन्ने डरले उनलाई क्षणिक समायो। लगत्तै ‘जन्पिङ फ्रग’ हेरेपछि उनको सातो गएछ। ‘मैले चौथो नाटक `सनलेग´ हेरेँ। चारवटा फरकफरक विधाका नाटक हेरिसकेपछि म नाटकचाहिँ गर्न सक्दिनँ तर अभिनय सिकेँ भने फिल्ममा काम गर्न सक्छु भन्ने विश्वास पलायो,’ उनी भन्छन्। 

त्यसपछि उनले मण्डलाको चोथौ ब्याचमा अभिनय क्लास जोइन गरे। ‘जोइन भइसकेपछि कहिलेकाहीँ सबै आउँछ भन्ने महसुस हुन्थ्यो त कहिले केही नआएजस्तो! बुझ्दै जाँदा सारा जिन्दगी यसरी बित्ने रहेछ,’ उनी सुनाउँछन्। 

अनुप नाटकसँगै, म्युजिक भिडियो र फिल्महरूमा पनि काम गरिरहेका छन्। थिएटरसँग जोडिएर काम गर्दै गर्दा अनुप, नेपाली, हिन्दी र अङ्ग्रेजी साहित्यसँग पनि नजिक हुन पुगे। किताब पढ्नु, कविता लेख्नु, उनको दैनिकी भयो। 'जुन कुरा बोलेर वा सहजै भन्न सक्दिनँ, त्यो कुरा भन्नको कविताको साहरा लिन थालेँ। कविता लेख्दा म पोखिन्छु, खाली हुन्छु अनि खुलेर हाँस्न सक्छु,' उनी भन्छन्।

हाल ‘पोइट आइडल’को यात्राबाट आफूले धेरै सिकिरहेको बताउछँन् अनुप। भन्छन्, 'नसोचेको अर्कै जिन्दगी बाँच्न पाएको छु। फरक भूगोल र भावका कविहरूसङ्गको सँगत अनि बिचमा आउने उतारचढावहरुबाट सिकिरहेको छु।’

००० 

उनलाई थिएटर र साहित्य मान्छेको जीवनजस्तै लाग्छ। उनको अनुभूतिमा नाटकले मान्छेहरूसँग घनिष्ठ सम्बन्ध राख्न सघाउने गर्छ। ‘हामीलाई जे मनपर्छ, जुन कथाले छुन्छ त्यही कथा भन्ने हो, लेख्ने हो। हामी फैलिएको छौँ। त्यही ठूलो कुरा छ। हिजो हामीले के भोग्यौँ,आज हामी कुन चेतनामा छौँ र भोलिका बारेमा हामीले के सोच्छौँ तिनै कुराहरू नाटक या कवितामा आइरहेका छन्,’ उनी भन्छन्।  

‘कला क्षेत्रले काठमाडौँमा बाँच्ने स्थिति छ?’ 

’छ भनूँ कि छैन भनूँ?’ उनी द्विद्विधामा छन्, ’छैन भन्दा बाँचिरहेकै छु। छ भनौँ सजिलो अफ्ठ्यारो आफ्नो ठाँउमा छ।’ 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्