• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कलिलो उमेरमै आमा बन्दै किशोरी

64x64
अन्शु खनाल शनिबार, चैत ११, २०७९  १३:११
1140x725

काठमाडौं– गोरखाकी बिमला परियारले १५ वर्षको उमेरमै भागेर विवाह गरिन्। १० कक्षा पढ्दै गरेकी उनी विवाह गरेको केही महिनामै गर्भवती भइन्। उमेर सानो भएको भन्दै उनले श्रीमान्सँग गर्भपतनको प्रस्ताव राखिन्।

तर, परिवारले पहिलो सन्तान खेर फालेमा अर्को सन्तान नबस्ने डर हुन्छ भनेर गर्भपतन गर्न दिएनन्। उनले पनि पहिलो सन्तान खेर फालेमा जीवनभर अर्को सन्तान नहुने हो कि भन्ने डरले बच्चा राखिन्। गर्भ ६ महिनाको भएपछि एक दिन एक्कासि रगत बग्न थाल्यो र अस्पताल पुग्दा नपुग्दै बाटोमै बच्चा खेर गयो। 

नुवाकोट घर भई काठमाडौं बस्दै आएकी एक महिलाले १६ वर्षको उमेरमै विवाह गरिन्। विवाह गरेको एक वर्ष पनि नपुग्दै उनी गर्भवती भइन्। श्रीमान र उनीबीच लगभग १२ वर्षको अन्तर थियो। उमेर अन्तरको दबाबले पनि उनी बच्चा जन्माउने निर्णयमा पुगिन्। महिना पूरा भएपछि तोकिएकै समयमा बच्चा जन्मियो। तर, बच्चाको मुटुमा जन्मजात नै प्वाल थियो।

नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ। तर, व्यवहारमा लागू छैन। कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या उल्लेखनीय रुपमा घट्न सकेको छैन। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडीएचएस) को तथ्यांक अनुसार गएको पाँच वर्षमा कम उमेरमा सन्तान जन्माउने किशोरीको संख्या ३ प्रतिशत मात्रै घटेको छ।  

सन् २०२२ को एनडीएचएसले नेपालमा १४ प्रतिशत किशोरी (१५ देखि १९ वर्ष) २० वर्ष नपुग्दै गर्भवती हुने देखाएको छ। यसअघि सन् २०१६ को अध्ययनले नेपालमा १७ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको देखाएको थियो।

अहिलेको तथ्यांक अनुसार कम उमेरमा गर्भवती हुनेको संख्या नेपालभर १४ प्रतिशत रहे पनि कर्णाली र मधेस प्रदेशमा सबैभन्दा धेरै छ। कर्णालीमा अझै पनि २१ र मधेस प्रदेशमा २० प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेका छन्।
गण्डकी, प्रदेश १ र सुदूरपश्चिममा १३/१३, लुम्बिनीमा १० र बागमतीमा ८ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेको उक्त अध्ययनमा उल्लेख छ। 

सन् २०१६ मा प्रदेश १ मा १५.५, मधेश प्रदेशमा २७.३, बागमती प्रदेशमा १०.१, गण्डकी प्रदेशमा १३.९, लुम्बिनी प्रदेशमा १३.४, कर्णाली प्रदेशमा १८.८ र सुदूरपश्चिम प्रदेशमा १६.१ प्रतिशत किशोरी २० वर्ष नपुग्दै गर्भवती हुने गर्थे।

सानो उमेरमै गर्भवती हुनबाट रोक्न जनचेतना फैलाउनुपर्ने बताउँछिन् परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखाकी प्रमुख कविता अर्याल। ‘कम उमेरमा गर्भवती हुनबाट रोक्ने मुख्य तरिका परिवार नियोजनको साधनको प्रयोग हो। पहिले त सकेसम्म कम उमेरमा विवाह गर्न भएन। कानुनले विवाह गर्ने उमेर तोकेको छ। तर पनि सानै उमेरमा आफूखुसी विवाह गर्नेहरुलाई बच्चा चाहिँ उमेर पुगेपछि जन्माउनुपर्छ भनेर सिकाउनुपर्छ,’ उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

उमेर नपुग्दै बच्चा जन्माउनेको संख्या कम गराउन सरकारले ‘बिहेवारी बीस वर्ष पारि’ र ‘पहिलो बच्चा ढिला’ को अवधारणा ल्याएको अर्याल बताउँछिन्। यो विषयमा स्वास्थ्यसँगै महिला मन्त्रालय, शिक्षा मन्त्रालय, समाज कल्याण मन्त्रालयले पनि मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।

साँघुरो बुझाइ र सामाजिक संरचना
प्रजनन स्वास्थ्य र परिवार नियोजनको विषयमा साँघुरो बुझाइ, अन्धविश्वास र भ्रम भएकाले पनि कम उमेरमै गर्भवती हुनेको संख्या घट्न नसकेको अर्याल बताउँछिन्। नीति बनाउने तहमा बसेकाहरुले नै यी कुरालाई सामान्य रुपमा नलिने उनको भनाइ छ।

‘किशोर–किशोरीलाई परिवार नियोजन सम्बन्धी कार्यक्रमको प्रस्ताव गर्दा सम्बन्धित निकायका पधाधिकारीहरु नै हामीले बच्चालाई छाडा बनाउन हुन्न भन्नुहुन्छ। नीति बनाउने तहका मानिसहरुमै विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने मानसिकता छ। सांसदहरु संसद्मै विवाह गर्ने उमेर घटाउने प्रस्ताव राख्नुहुन्छ,’ उनले भनिन्, ‘कानुनको पालना भइरहेको छैन।’

अर्याल थप्छिन्, ‘१५-१६ वर्ष हुने बित्तिकै विवाह हुन्छ। विवाहपश्चात् मेरो प्रजनन क्षमता छ, म आमा बन्न सक्छु भनेर परीक्षा दिनुपर्छ। विवाह गरेको एक वर्षभित्र बच्चा जन्माएन भने समाजले बच्चा कहिले जन्माउने भनेर महिलालाई मानसिक दबाब दिन्छ। सामाजिक संरचनाले महिलालाई निकै गाह्रो बनाइरहेको छ।’

Xtrem

Xtrem

असुरक्षित शारीरिक सम्पर्क हुँदा गर्भधारण हुने कुरामा महिलाका साथै पुरुष पनि उत्तिकै सचेत हुनुपर्ने बताउँछिन् परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा झुमा सिलवाल। ‘पहिलो कुरा असुरक्षित शारीरिक सम्पर्क गर्नै हुँदैन। मेरी श्रीमती उमेर नपुगी गर्भवती हुने हो कि, त्यसपछि उसलाई कस्ता समस्या हुन्छन् भन्नेबारे पुरुषहरु सचेत देखिँदैनन्। जनचेतनाको कमीले गर्दा महिलामा सानो उमेरमा विवाह गरे पनि बच्चा उमेर पुगेपछि जन्माउनुपर्छ भन्ने ज्ञान छैन,’ उनले भनिन्। 

जनचेतना आवश्यक
पछिल्लो तथ्यांकअनुसार औपचारिक शिक्षा हासिल नगरेका ३३ प्रतिशत किशोरी उमेर नै नपुगी गर्भवती हुन्छन्। यो समस्या घटाउन किशोर–किशोरीलाई समयमा नै गर्भ कसरी बस्छ, के–के कुरामा ध्यान दिने, परिवार नियोजनका साधनहरु कसरी प्रयोग गर्ने लगायतका कुरा सिकाउनुपर्ने विज्ञहरु बताउँछन्।

जनचेतनाको पक्षमा काम भइरहेको भए पनि पर्याप्त नभएको पछिल्लो तथ्यांकले देखाएको छ। अर्याल भन्छिन्, ‘व्यक्तिगत रुपमा जनचेतनाको कमीले गर्दा यो समस्या उल्लेख्य रुपमा घट्न सकिरहेको छैन। सानो उमेरमै विवाह भइहाले पनि गर्भनिरोधक साधन प्रयोग गरेर बच्चा २० वर्ष उमेर पुगेपछि पाउन सकिन्छ भनेर चेतना फैलाउनुपर्छ। तथ्यांक अनुसार ९९ प्रतिशत मानिसलाई परिवार नियोजनको बारेमा थाहा छ तर प्रयोग भने ५० प्रतिशतले पनि गर्दैनन्। त्यसकारण परेपछि दौडिनुभन्दा पूर्वतयारी गर्नु राम्रो हुन्छ।’

डा सिलवाल पनि सुरक्षित यौन सम्पर्कको विषयमा जनचेतना फैलाउन जरुरी भएको बताउँछिन्। ‘परिवार नियोजनको साधन कहाँ पाइन्छ, कसरी प्रयोग गर्ने लगायतका विषयमा समयमै जानकारी दिन सकेमा यो समस्या निकै कम हुन्छ,’ उनले भनिन्।

गर्भनिरोधक साधन प्रयोग गर्न लाज
गोरखाको आरुघाट गाउँपालिका–६ की महिला स्वास्थ्य स्वयंसेविका मोनिका परियारसँग गर्भनिरोधक साधन कहिल्यै टुट्दैन। तर यस्ता साधन माग्न आउने दाम्पतीको संख्या निकै कम रहेको उनले बताइन्। 

‘पुरुषहरु त आउँदै आउनुहुन्न, कहिलेकसो महिला आउनुहुन्छ। त्यही पनि एकदमै अफ्ट्यारो मानेर माग्नुहुन्छ। कतिलाई त आफैंले बुझेर दिनुपर्छ,’ उनले भनिन्, ‘यस्तो विषयमा लाज मान्नु हुँदैन भनेर सम्झाउन खोज्दा झनै असहज मान्नुहुन्छ।’

सरकारले अहिले महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा कण्डम, पिल्स र ४८ घन्टे आकस्मिक गर्भनिरोधक चक्की निःशुल्क वितरण गरिरहेको छ। तर पनि एनडीएचएसको पछिल्लो तथ्यांकअनुसार परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा सुधार आउन सकेको छैन। परम्परागत विधि अपनाउनेको संख्या भने बढिरहेको तथ्यांकले देखाएको छ।

उक्त तथ्यांक अनुसार ४२ दशमलव ७ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ भने १४ दशमलव ६ प्रतिशतले परम्परागत विधि अपनाउँछन्। पाँच वर्ष अगाडि आधुनिक साधन प्रयोग गर्ने ४२ दशमलव ८ प्रतिशत थिए भने परम्परागत विधि अपनाउने ९ दशमलव ८ प्रतिशत थिए। सरकारले लामो समयदेखि निःशुल्क गरेको र सहज पहुँच भएको कण्डम जम्मा ४ दशमलव ५ प्रतिशतले मात्रै प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ। पाँच वर्षअघि कण्डम प्रयोग गर्नेको संख्या ४ दशमलव २ प्रतिशत थियो।

के हुन्छ उमेर नपुग्दै बच्चा जन्माउँदा?
२० वर्ष नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्ने चिकित्सक बताउँछन्। नेपालमा हरेक पाँच जना सुत्केरीमध्ये १ जना कम उमेरको हुने प्रसूति गृहको तथ्यांकले देखाएको छ। ‘सानो उमेरमै गर्भवती हुँदा किशोरीहरु गर्भपतनको बाटोमा लाग्छन्, जसले गर्दा पैसा त खर्च हुन्छ नै, मानसिक तनाव पनि हुन्छ। गर्भपतन नहुने अवस्थामा किशोरीहरु मन नलागी–नलागी बच्चा जन्माउने स्थितिमा पुग्छन्। त्यसले महिला र बच्चा दुवैको स्वास्थ्यमा फरक पर्छ’, अर्याल भन्छिन्। २० वर्ष उमेर नपुगेका किशोरीको पाठेघरको विकास पनि राम्रोसँग नहुने उनको भनाइ छ।

डा सिलवाल सानो उमेरमै बच्चा जन्माउँदा गर्भपतनको जोखिम उच्च हुने बताउँछिन्। उनी भन्छिन्, ‘सानो उमेरका किशोरीको शारीरिक विकास राम्रोसँग नहुने भएकोले गर्भपतनको जोखिम उच्च हुन्छ। त्यस्तै उनीहरु मानसिक रुपमा पनि तयार नहुने हुनाले मानसिक समस्या हुन सक्छ, जसले पोस्टपार्टम डिप्रेसन निम्तिन सक्छ।’

त्यस्तै लाज, डरले गर्दा किशोरीले आइरन चक्की नखाने हुनाले रक्तअल्पता जस्ता समस्या हुने उनी बताउँछिन्। सानो उमेरमा जन्मिएका बच्चा कम तौलको हुने, बच्चा जन्माउँदा दुखाइ सहन सक्ने क्षमता कम हुने हुनाले प्राकृतिक रुपमा सुत्केरी हुन नसक्ने, अप्रेसन गर्नुपर्ने स्थिति आउने, बढी आत्तिने उनी बताउँछिन्।

सिलवाल भन्छिन्, ‘बच्चा जन्मिइसकेपछि पनि दूध खुवाउन समस्या हुने हुनाले बोतलको दूध खुवाउनुपर्ने, बच्चाको केयर गर्न नसक्ने तथा एउटा बच्चापछि अर्को बच्चाको ग्याप कति राख्ने भन्ने ज्ञान नहुने लगायतका समस्या देखा पर्छन्।’ त्यसकारण महिला मानसिक, शारीरिक र आर्थिक रुपमा सबल नभएसम्म बच्चा जन्माउन नहुने उनको भनाइ छ।

कसरी कम गर्ने यो समस्या?
सानो उमेरमा गर्भवती हुने समस्या कम गर्न सरकारले स्कुल तहबाटै यौन शिक्षा दिने, स्कुल नर्सको सहयोगमा विभिन्न कार्यक्रम गर्ने, किशोर–किशोरीमैत्री सूचना केन्द्रबाट जनचेतना फैलाउने काम गरिरहेको अर्याल बताउँछिन्।

‘अहिले जति काम भएको छ त्यो पर्याप्त देखिएको छैन। तर पनि काम भने भइनै रहेको छ। अब प्रत्येक पालिकाले वाथरुममा कण्डम बक्स राख्नुपर्छ। सार्वजिनक शौचालयमा कण्डम रख्दिनुपर्छ। ठूलाठूला सुपर मार्केट तथा विश्वविद्यालयका ट्वाइलेटमा कण्डम राखिनुपर्छ,’ उनले भनिन्।

परिवार नियोजनका साधनको प्रयोग गरियो भने आमाको मृत्युदर ३० प्रतिशतले र बच्चाको मृत्युदर १० प्रतिशतले घटाउन सकिने उनी बताउँछिन्। ‘उमेर नपुग्दै गर्भवती भएकाहरुबाट जन्मिएको बच्चाको मृत्यु हुने दर दुई गुणा बढी हुन्छ। त्यस कारण कानुन, सम्बन्धित निकायका पदाधिकारी तथा स्थानीय तहको उत्तिकै भूमिका हुन्छ,’ अर्याल भन्छिन्।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि वर्षाजन्य विपद्का घटनामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ। ७ जना घाइते छन् भने ४ जना अझै... सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार बसेको समिति बैठकले यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन थप्न, तोकिएका बसपार्कबाटै सञ्चालन गर्न तथा निर्धारित स्थानबाट मात्र... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्