काठमाडौँ– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कम्युनिस्ट पार्टी अब अगाडि बढ्न नसक्ने बताएका छन्।
आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले कम्युनिस्ट पार्टी अगाडि बढ्न नसकेकाले नै आफूले नयाँ वैकल्पिक अभियान सुरु गरेको जिकिर गरे।
‘हामीले माओवादी छोडेर गएको होइन। माओवादीको कार्यभार पुरा गरेको हो। २००७ सालदेखि २०७२ साल सम्मको कार्यभार पुरा भएको हो। अब पार्टी र दल मात्र होइन राजनीतिकै पुनर्संरचना गर्नुपर्नेछ। यो पार्टीको योजना जेनजी पुस्ताको चेतनासँग सहकार्य गर्दै युवाले नेतृत्व गर्नुपर्छ। युवाले पनि काम गर्न सकेन भने पुरानै पार्टीतर्फ ढल्किने खतरा हुन्छ। दुई चार सिट जित्नका लागि हामीले नयाँ दोकान थाप्न खोजेका होइनौँ’, उनले भने।
भट्टराईले कम्युनिस्ट पार्टीमा चोरी खाने ठग प्रवृत्ति हाबी भएको आरोप लगाए। एकातिर कम्युनिस्टले समाजवादको भ्रम छरेर ठग्ने काम गरेको उनले बताए।
कार्यक्रममा भट्टराईले देश अहिले सहज अवस्थामा नभएकाले नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आएर हातेमालो गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।