काठमाडौँ– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।