• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?

64x64
अन्शु खनाल शनिबार, चैत ४, २०७९  ०९:०४
1140x725

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले डेढ वर्षदेखि आफ्नै आर्थिक स्रोतबाट छात्राहरूलाई सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ।

कोभिडको महामारी सामान्य भएसँगै नियमित रूपमा विद्यालय सञ्चालन हुन थालेदेखि विद्यालयले मासिक रूपमा प्रतिछात्रा आठवटा प्याड वितरण गरिरहेको थियो। तर, आर्थिक भारका कारण विद्यालयले केही समययता प्याड किन्न नसक्ने र स्कुलमै आएपछि महिनावारी हुने छात्राहरूलाई मात्रै दिने गरेको विद्यालयका प्रधानाध्यापक हेरम्भराज कँडेलले बताए।

‘करिब दुई हजार छात्राहरूमा १७ सय भन्दा बढी महिनावारी हुने उमेरका छन्। विद्यालयकै स्रोतबाट प्याड किनेर सबैलाई वितरण गर्न नसकिने भएपछि हामीले आफैं प्याड किन्न नसक्ने विद्यार्थीहरू र स्कुल आएकै समयमा महिनावारी हुनेहरूलाई प्राथमिकतामा राखेर प्याड दिइरहेका छौँ’, कँडेलले भने। 

नेपाल सरकारले २०७६ सालमा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरूलाई महिनावारीको समयमा आवश्यक पर्ने स्यानिटरी प्याड नि:शुल्क उपलब्ध गराउन कार्यविधि बनायो। महिनावारीका कारण छात्राहरूले विद्यालय छोड्ने समस्या समाधान गरी गुणस्तरीय शिक्षा प्रत्याभूति गर्न स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि,२०७६ ल्याइएको हो।

उक्त कार्यविधि अनुसार सामुदायिक विद्यालयमा त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रूपमा छात्राहरूलाई एउटा महिनावारी चक्रको लागि बढीमा सोह्र वटासम्म प्याड वितरण गर्नुपर्ने भनिएको छ। तर, २०७७ सालयता काठमाडौं महानगर मातहतमा रहेका कुनै पनि सामुदायिक विद्यालयले स्यानिटरी प्याड पाउन सकेका छैनन्।

डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा छात्राहरू मात्रै अध्ययन गर्छन्। उक्त विद्यालयले पनि तीन वर्षयता गैरसरकारी निकायहरूले अनुदानमा दिएको स्यानिटरी प्याड छात्राहरूलाई वितरण गरिरहेको छ।‘महानगरपालिकाबाट प्याड र बजेट केही आएको छैन। हामीले दाताहरूले डोनेट गरेको प्याडले काम चलाइरहेका छौँ’, विद्यालयकी प्रधानाध्यापक रिता तिवारी भन्छिन्।

त्यस्तै, बालाजुस्थित जनजागृति ज्ञान रश्मि माविले पनि विद्यालयको निजी स्रोतबाट प्याड वितरण गरिरहेको प्रधानाध्यापक मन्दिरा खनालले बताइन्।

सरकारले स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि ल्याएको चार वर्ष बितिसक्दा यसबीचमा थुप्रै स्थानीय तहले प्याड खरिदमा गरेका अनियमितता र वितरण गरेको प्याडको गुणस्तरमा प्रश्न उठिरहेकै छ। राजधानीकै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले नि:शुल्क प्याड नपाउनुले देशका करिब ३५ हजार सामुदायिक विद्यालयका छात्राहरूको अवस्था सजिलै आकलन गर्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

हाल काठमाडौं महानगरपालिका मातहतमा ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्। यीमध्ये आर्थिक स्रोत बलियो भएका विद्यालयहरूले आफ्नै स्रोतबाट र नभएकाहरूले विद्यार्थीहरू आफैंलाई प्याड किनेर प्रयोग गर्न भनिरहेका छन्।

स्यानिटरी प्याड वितरण गर्न थालेपछि छात्राहरू नियमित स्कुल आउन थालेकाले उनीहरूको मनस्थितिमा नकारात्मक असर नपरोस् भन्ने हेतुले विद्यालयकै आर्थिक स्रोतबाट प्याड बाँड्ने निर्णय गरेको कँडेल बताउँछन्।

काठमाडौंमै किन भयो समस्या?
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८  मा स्यानिटरी प्याड खरिदको लागि १ करोड ४० लाख बजेट छुट्याएको थियो। २०७६ सालमा भने सिधै विद्यालयको खातामा पैसा पठाएर प्याड खरिद गर्न भनेको थियो। त्यसो गर्दा प्याड खरिदमा एकरूपता नभएको भन्दै महानगरले २०७७ सालमा भने टेन्डर नै आह्वान गरेको महानगरपालिकाको शिक्षा विभागकी उपनिर्देशक सरस्वती पोख्रेल बताउँछिन्।

खरिद प्रक्रिया अनुसार टेन्डर आह्वान गरिसकेपछि जुन कम्पनीले सबैभन्दा कम मूल्यमा सामान उपलब्ध गराउँछु भन्छ उसैलाई छनोट गर्नुपर्ने हुन्छ। उक्त समय महानगरको लागत अनुमान ५० रुपैंया प्रतिप्याड थियो भने ‘हेल्पिङ मल्टिप्रपोज प्रालि’ले सबैभन्दा कम २८ रुपैयाँ प्रतिप्याड उपलब्ध गराउने भनेको थियो। सोही प्रक्रियाअनुसार ‘हेल्पिङ मल्टिप्रपोज प्रालि’ छनोट भयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महानगरको उपप्रमुखको नेतृत्वमा गठन भएको प्याड वितरण समितिले उक्त कम्पनीले दिने भनेको स्यानिटरी प्याडको नमूना गुणस्तर जाँचका लागि माग गर्‍यो। नमूना जाँचपछि प्याड गुणस्तरीय छैन भन्ने रिपोर्ट आयो। उक्त नमूना निजी ल्याबमा परीक्षण गरिएको थियो। टेन्डर पास भएको कम्पनीले निजी ल्याबको भर नहुने भन्दै प्याड फेरि सरकारी ल्याबमा परीक्षणको लागि पठाउन अनुरोध गर्‍यो। कम्पनीको अनुरोधमा प्याड वितरण समितिले सरकारी ल्याबमा नमूना पठायो।

उक्त ल्याबले पनि प्याड गुणस्तरीय नभएको ठहर गर्‍यो। गुणस्तरीय नभएपछि समितिले उक्त कम्पनीसँग प्याड नलिने निर्णय गरेको थियो। त्यसपछि महानगरले त्यसको धरौटीस्वरुप लिएको २६ लाखसमेत जफत गरी टेन्डर प्रक्रिया नै रद्ध गरेको पोखरेलले बताइन्। टेन्डर रद्द भएपछि उक्त स्यानिटरी प्याड कम्पनीले महानगरविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा सर्वोच्चमा चल्दै गर्दा महानगरले २०७८/७९ को आर्थिक वर्षमा प्याड खरिदको लागि १ करोड ५६ लाख बजेट विनियोजन गरेको थियो।

‘२०७८ सालमा प्याड वितरणको काम भदौबाट नै सुरु गरिएको थियो। सर्वोच्चमा चलिरहेको मुद्दाको कात्तिकमा अदालतले स्टेअर्डर दिएपछि काम रोकियो। अदालतमा मुद्दा विचाराधीन हुँदा नयाँ टेन्डर आह्वान गर्न पनि नमिल्ने रहेछ। त्यस कारण दुई वर्ष नै प्याडको लागि आएको बजेट फ्रिज भएर फिर्ता गयो’, पोखरेलले भनिन्।

चालु आर्थिक वर्ष २०७९/८० मा महानगरले प्याड खरिदका लागि १ करोड ६५ लाख ४० हजार बजेट विनियोजन गरेको छ। तर, शैक्षिक सत्रको अन्तिम र आर्थिक वर्षको मध्यम समयमा पुग्दा अहिलेसम्म महानगर मातहतका सामुदायिक विद्यालयले प्याड या बजेट केही पनि पाउन सकेका छैनन्।

स्कुल–स्कुलमा पैसा पठाउने तयारी
विद्यालयहरूमा वितरण गर्ने प्याड नहुनाले समस्या परेको भन्ने गुनासोहरू बढ्न थालेपछि महानगरले सिधै विद्यालयमै बजेट पठाउने तयारी सुरु गरेको छ। उपनिर्देशक पोखरेलका अनुसार गत महिनाको कार्यपालिकाको बैठकले सिधै विद्यालयमै पैसा पठाउने निर्णय गरेको हो। 

‘कतिपय विद्यालयहरूमा निकै समस्या पर्‍यो भनेर गुनासोहरू आइरहेको थियो। तीन–तीन वर्षसम्म बजेट या प्याड नजाँदा समस्या हुन्छ नै, त्यसकारण अघिल्लो महिनाको कार्यपालिकाको बैठकले सिधै विद्यालयमै पैसा पठाउने निर्णय गरेको छ’, उनले भनिन्। 

चालु आर्थिक वर्षको शैक्षिक सत्र सकिनै लागे पनि पैसा पठाउने निर्णय भएर प्रक्रियामा काम भइरहेको उनले बताइन्। महानगरको शिक्षा विभागको तथ्यांकअनुसार हाल ८९ सामुदायिक र १६ वटा वैकल्पिक गरेर १०५ वटा विद्यालयका १६ हजार ८३३ जना छात्राहरूको लागि वार्षिक ९ सय ८२ प्रति विद्यार्थीको दरले बजेट पठाउन लागेको हो।

खरिद प्रक्रिया अनुसार पाँच लाखभन्दा माथिको सामग्री किन्दा टेन्डर आह्वान गर्नुपर्ने हुन्छ। अब महानगरले सिधै विद्यालयमा बजेट पठाउँदा पाँच लाख भन्दा बढी बजेट पाएका विद्यालयले पनि टेन्डर आह्वान गर्नुपर्ने हुन्छ।

‘अब सिधै विद्यालयमा पैसा आउँछ भन्ने सहमति भएको छ। यो बिचमा विद्यालयलाई आर्थिक भार पर्‍यो। छात्राहरू मर्कामा परे। तर, अब ढिलै भए पनि बजेट आउँछ भने सबैको लागि राम्रो कुरा हो’, विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक कँडेलले भने।

टेन्डर आह्वान गरेर कम्पनी छनोट हुन केही समय लाग्ने भए तापनि प्याड वितरणका लागि बजेट आउने कुराले धेरै विद्यालयहरू खुसी देखिएका छन्।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बज... मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण ग... मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ । आश्विन श... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्