• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान

64x64
नेपाल लाइभ आइतबार, जेठ २५, २०८२  १०:३९
1140x725

कृपा शब्दले करुणाका साथै अरुमाथि देखाइने दयामाया भन्ने दर्शाउँछ । आफ्नो नामले बोकेको अर्थलाई यथार्थमा परिणत गर्न सक्ने खुबी सबैसँग हुँदैन। एउटा सन्दर्भमा गरिएको नामलाई आफ्नो पहिचान नै बनाएर छाड्नु त झन् सबैको वशको कुरा होइन। 

चितवनको मिल्स एरिया निवासी कृपा राजभण्डारी आम चर्चाको नाम होइन, तर सामाजिक काममा रुचि राख्ने कसैबाट अपरिचित पनि छैन। समाज सेवालाई उनले आफ्नो जीवनको एउटा हिस्सा बनाइन्। त्यसैमा दत्तचित्त छिन्। 
सामाजिक संघ-संस्थाको नेतृत्व कहीँ पुग्ने भर्‍याङ बन्न थालेका छन्, त्यहाँ पनि 'राजनीति' घुस्छ  र नेतृत्व हत्याउने होडबाजी चल्छ। त्यो 'कुसंस्कृति'का बीच कृपाले आफूलाई त्यसरी प्रमाणित गरेकी छिन्, उनी समाजको आवश्यकता अनुसार नेतृत्व लिन्छिन् र  अरु धेरैले जस्तो 'आफ्नो होइन', संस्थाको लक्ष्य,  उद्देश्य र भावनाअनुसार काम गर्छिन्। 

त्यसैले उनले हालसम्म नेतृत्व गरेका जेसिस, लायन्स, रेडक्रस वा टोल-मन्दिर विकास समितिमा उनको रुचिले होइन, समाजको आवश्यकताले पुगेकी हुन्। जुन-जुन संस्थाको बागडोर उनले सम्हालेकी छिन्, त्यसलाई कहीँ न कहीँ पुर्‍याएर छाडेकी छिन्, केही न केही फरक काम गरेर इतिहास बनाएकी छिन्। 

होलटाइमर सेवी बनाउन प्रेरित गर्ने घटना
पढेलेखेका महिला थोरै भेटिने समयकी कृपाले व्यवस्थापनमा स्नातक गरिसकेकी थिइन्। बैंकिङमा करियर बनाउने सामान्य सपना थियो। भर्खरै विवाह गरेकी थिइन्। बच्चा समेत जन्मिसकेकाले करियर थाल्नुअघि सामाजिक काममा सक्रिय हुने रुचि जाग्यो। 

उनकी आमा अध्यक्ष भएको आमा समाजसेवा संघ भन्ने संस्था थियो। जसले गाउँटोलका महिलाहरुको समूह बनाएर आयआर्जनको बाटो देखाउँथ्यो । २०५२ सालमा उनी त्यो माइक्रो क्रेडिट प्रोजेक्टमा उनी जोडिइन्। सामाजिक क्रियाक्लापमा संलग्न भइरहेकी उनलाई 'त्यतिन्जेल केही समय यता' भन्ने लागिरहेको थियो, जतिबेलासम्म उनी भरतपुरकै गौरीगञ्ज भन्ने टोलमा पुगिनन्। एउटा तहको परिवारमा जन्मिएर हुर्केकी उनले आफूजस्तै महिलाको जीवनको रुग्णता त्यहाँको दराइ समुदायमा पुगेपछि महशुस गरिन्। 

उनी सम्झिन्छिन्,  'एउटा दराइ समुदायमा म काम गर्ने गएँ। त्यहाँका महिलाको जिविकोपार्जन मदिरा बेच्ने थियो। त्यसको सामाजिक प्रभाव साह्रै नै खराब थियो। यतिसम्म कि खेतबारीमा जाँदा बच्चा बिचमै नरोओस् भनेर थोरै जाँड खुवाएर जाने प्रचलन रहेछ।'

जिविकोपार्जनका अन्य विकल्प रहेको समेत स्थानीयलाई महशुस थिएन। उनले मदिरा बेच्नुको विकल्पका कुरा सुनाउन खोज्दा मान्छेहरु ढोका थुनेर बस्थे। भन्थे,  'यिनीहरु हाम्रो रोजीरोटी खोस्न आए।'

उनलाई याद छ- त्यही समुदायमा एकजना सीता दराइ नामकी युवती भर्खैरै विवाह गरेर आइपुगेकी थिइन्। उनले कृपाको अनुहारको भाव पढिन्। आफ्नो समुदायमाथि करुणाभाव लिएर आइपुगेको महशुस गर्दै सामान्य पढलेख सीताले भनिन्,  'दिदि तपाईंहरुलाई हाम्रो समुदायमा स्वागत छ। मलाई बुझाउनोस्। म समुदायका अन्य महिलालाई बुझाउने कोशिस गर्छु।'

nimb
nimb
Ncell 2
Ncell 2

कृपाको टिमले आफ्नो लक्ष्य बतायो, सीताले समाजमा प्रवाह गरिन्। त्यसपछि मदिराका भट्टी बन्द हुँदै गए। किराना पसल देखिन थाले। कुखुरा पालन देखिन थाले। बाख्रा पालन, भैसी पालन आदि देखिदै गए। उनलाई महशुस भयो- गर्‍यो भने परिवर्तन सम्भव रहेछ। उनले त्यहीँ निर्णय लिइन्, अब बैंकिङतिर होइन, म सामाजिक सेवीका रुपमा आफूलाई समर्पित गर्छु। 

त्यसपछि उनले नेतृत्व विकास तालिम लिइन्। समाजका विभिन्न क्षेत्रमा काम गर्ने तरिकाबारे ज्ञान लिइन्। समूह बनाउने, बचन गर्ने, आपसमा लगानी गर्ने उक्त अभियानले उनलाई आत्मविश्वासी बनायो। महिलाहरु भन्न थाले- कससँग झुक्न नपर्ने र एक बचन नसुनी ऋण लिनदिन सकिने उपाय त यो रहेछ।

main-1743478532-(1)-1749358181.jpg
फेरि फुलटाइम समाज सेवा
त्यसपछि केही समय लगातार जस्तो बच्चाहरु भएपछि उनले अपेक्षित रुपमा समाजसँग जोडिन सकिनन्। तर मनमा केही गर्ने जोश-भोक सधैं रह्यो। त्यसैले जागिरका अनेकन अवसरलाई नजरअन्दाज गरेर उनी समाजसेवा गर्ने बाटो खोज्दै गइन्। त्यही बला भेटियो, जेसिस। उनको रुचि, स्वभाव र नेतृत्व क्षमता देखेकाहरुको सुझाव थियो,  त्यो (जेसिस) व्यक्तित्व र नेतृत्व विकास गर्ने ठाउँ हो।

सन् २००८ मा नारायणगढ शाखामा सदस्य भइन्। उनको समर्पण र नेतृत्व क्षमता देखेर सन् २०१३ मा सभापति बनाइयो। उनले सदस्य हुनेबित्तिकै पुस्तकालय अभियानका लागि नेतृत्व गरिसकेकी थिइन्। वर्तमान कांग्रेस महामन्त्री गगन थापा त्योबेला 'रुम टू रिड'को अवधारणालाई सघाउँदै थिए। चितवनको माडीमा पुस्तकालय बनाउने उनको अभियानमा जेसिस जोडियो, कृपाले दत्तचित्त भएर काम गरिन्। त्यसका लागि राम्रै कोष जम्मा गर्नेमा उनको भूमिका रह्यो।

उनी आफू जेसिस नारायणगढ शाखाको सभापति भएकै समयमा  'उदय-मनिला सांगितिक साँझ' गरेर आर्थिक कोष बनाइन्। त्यो कार्यक्रमबाट उठेको पैसाले चेपाङ बस्तिमा खाद्यान्न, लुगा र अन्य आवश्यक कुरा वितरण गरियो। उनले भनिन्,  'त्यसले मेरो आत्मविश्वास अझै बढ्यो। राम्रोका लागि नेतृत्व लिँदा कुरा खाने रहेछन भन्ने महशुस भयो।'

अनि बन्यो नारायणी किनारमा ज्येष्ठ नागरिक मिलन केन्द्र
जेसिस नारायणगढको नेतृत्व गरेपछि उनी त्यहाँ पूर्व सभापतिका रुपमा सक्रिय त थिइन्। त्यहीबीच नारायणगढका महिलाहरुको संस्था नारायण सामाजिक विकास समितिले उनलाई खोज्यो। महिलाहरुको संगठन थियो। राजभण्डारीका अनुसार महिलाहरु चुलोचौकाबाट बाहिर आउने एउटा बाटो त बनेको थियो, तर संस्थाले गन्तव्य तय गरिसकेको थिएन।

उनी त्यहाँ जोडिँदा नितान्त पारिवारिक संस्था थियो। 'महिलाहरु महिनाको एक दिन चौतारीमा जम्मा हुने। खाजा बनाएर ल्याउने, खाने र सुखदु:खका कुरा गर्ने गरिन्थ्यो,' उनी सम्झिन्छिन्,  'संस्थाका सदस्य भने ज्येष्ठ नागरिकदेखि भर्खरका सम्म, पढेकालेखेकादेखि सामान्य साक्षरसम्म थिए।'

२०७२ सालमा भुकम्प गयो। संस्थाको अध्यक्ष शिला मेडम हुनुहुन्थ्यो । म सचिव थिएँ। त्यहीबेला हामीले संस्थालाई कम्फरटेबल जोनबाट बाहिर ल्याउने प्रयास गर्‍यौं।  'देशलाई संकट आइसक्यो। हामीले हाम्रो वरपर भएको कुरा नजरअन्दाज गरेर बस्नुहुँदैन। हामीले सकेको गर्नुपर्छ भन्ने लाग्यो,' उनले भनिन्।

WhatsApp-Image-2025-06-06-at-10.52.19_d9db1594-1749357927.jpg

त्यसपछि आफ्ना सदस्यलाई भरतपुर अस्पतालमा पुर्‍याइएका घाइतेको उपचारका लागि केही रकम जम्मा गर्ने प्रस्ताव राखे उनीहरुले। एकैछिनमा ५० हजार संकलन भयो । तुरुन्तै अस्पताललाई दिइयो। अस्पतालमै बिरामी र कुरुवाका लागि खाना बनाउन सुरु भएको थियो। त्यसका लागि दालचामल दिएर सहयोग गर्‍यो संस्थाले। त्यसपछि संस्थाका सदस्यले भने- काम गर्नुपर्ने त यस्तो रहेछ। हरेक संकटमा सेवा दिनेगरी संस्था अघि बढ्यो। 
पछि उनी अध्यक्ष भइन्। भरतपुरमा ५ दिनको फुड फेस्टिभल भयो। त्यस्ता फेस्टिभलमा संस्थाका सदस्यले सेलरोटी पकाएर बेच्ने र २५/३० हजार कमाएर दंग पर्ने अवस्था थियो। उनले त्योबेला भनिन्,  'यसपल्ट हामी स्टल लिन्छौं। ७० सदस्यमा कतिले पाँचै दिन समय दिन सकिन्छ। कति रोटेसनमा खट्न सकिन्छ खटौं। हामीले जानेको योमरी र सेलरोट पकाएर बेचौं।'

त्यहाँ अधिकांस गृहिणि थिए। पकाउने कुरामा पोख्त उनीहरुलाई आँट दिएपछि संस्थाका ३० जना अनवरत खटे। आउनेजाने भइरह्यो। संस्थाले झन्डै ७ लाखको हाराहारीमा कमायो। 

नारायणी किनारमा हरिहर मन्दिर छ। त्योबेला महेन्द्रलाल प्रधानले अध्यक्ष थिए मन्दिर विकास समितिका। उनले कृपाका बारेमा सुनेका थिए। भेट्न चाहे। उनको प्रस्ताव थियो,  'मन्दिरमा हल छ। यहाँ ज्येष्ठ नागरिक मिलन केन्द्र भनेर दिउसो भजनकृतन गर्ने र खाजासम्म खुवाउने व्यवस्था गर्न पाए हुन्थ्यो। तपाईंको संस्थाले त्यसको नेतृत्व गरिदिए सफल हुन्थ्यो।'

 उनी पुसमा अध्यक्ष बनेकी थिइन्। चैतमा उक्त प्रस्तावलाई कार्यान्वयन गरिन्। प्लास्टिक उद्योगसँग कुर्सी मागिन्। दिउसो खाजा उनकै संस्थाले खुवाउने भयो। चितवनमा उपलब्ध भजन मण्डली पालैपालो भजनकृतन गराउने भए। टिभी दिए कसैले। आफैंले बाद्यबादन सेट दिइन्। अहिले पनि त्यही सेटमा भजनकृत हुन्छ। ३०/३५ जना ज्येष्ठ नागरिक नियमित आउँछन्। उनी भन्छिन्,  'अहिले पनि नारायणी सामाजिक  समाजले कृपाका पालामा चलाएको भन्छन्। आनन्द लाग्छ।'

खोज्दै आएका टोलबासी
भरतपुरको मिल्स एरियामा उनको बसाइ छ। जुन लब्धप्रतिष्ठित व्यक्तिहरुको बसोबास रहेको क्षेत्र मानिन्छ। विभिन्न क्षेत्रमा उच्च तहमा पुगेकाहरु त्यहाँ भेटिन्छन्।

समाजका लागि सक्रिय हुने र नेतृत्व हस्तान्तरण गरेर नयाँ काममा लाग्ने भइरह्यो। उनी भर्खरै एउटा संस्थाको नेतृत्व हस्तान्तरण गरेकी थिइन्। नयाँ कार्यका लागि तयारी गर्दै थिइन्। एकदिन त्यही टोलका ५ जना भद्रभलाद्मी आइपुगे उनलाई भेट्न। 

उनीहरुको प्रस्ताव थियो,  'यहाँ मिल्स एरिया टोल विकास संस्था छ। टोलको अध्यक्ष भएर काम गर्नुपर्‍यो।' उनी त्यहाँ आएको ५-७ वर्ष मात्रै भएको थियो। संस्थाबारे सुनेपनि नेतृत्वका लागि हानाथाप हुने कुरा उनले सुनेकी थिइन्। उनले त्यही कुरा बताइन्। उनीहरुले भने,  'तपाईंको बारेमा सबैले सुनेका छन्। कोही अघि सर्दैनन्।' सर्वसम्मत अध्यक्ष भइन्। 

WhatsApp-Image-2025-06-07-at-11.01.31_30ef441b-1749357982.jpg
उनले भनिन्,  'मैले सामान्य तर ठूलो अर्थ राख्ने कामबाट सुरु गरें। नाली बनेका थिए। ढकन थिएन। ती फोहर फाल्ने ठाउँ बनेको थिए। सबैतिर फोहर नै फोहर थियो। टोलीभरीको ढकन बन्द गर्नबाट सुरु गरियो।'
फोहर जथाभावी नफाल्ने विषयमा बच्चाहरुसँग कुरा गरिन्। किराना पसलेलाई पनि संस्थाले त्यही सिकाइ लागु गर्‍यो। जसको परिणाम बाटोको फोहर एकैचोटी बन्द भयो।

दोस्रो कदम नहरको डिलतिर बढ्यो। जहाँ झारपात थिए। कुनामा लागुऔषध लिनेको अखडा थियो। असुरक्षित महशुस गरिरहेको थियो टोलले। फूलबारी बनाउने  अभियान थालिन्। नगरपालिकाले केही सहयोग गर्‍यो। आफ्नो अगाडिको संरक्षण गर्नेलाई पुरस्कृत गर्ने घोषणा भयो। नहरको डिल फूलबारी भयो। संरक्षण गर्ने र बनाउने ३ जनालाई पुरस्कृत गरेपछि अहिले थिति बसेको छ। 

त्यतिमै होइन, सरसफाईमा उत्कृष्ट टोल विकास संस्थाका रुपमा समेत पुरस्कृत भयो। सफा र दुर्गन्धरहित टोल घोषित भयो। उनले टोलमा एउटा पनि मन्दिर देखिनन्। वरपर थिए, आस्थावान त्यहाँ पुग्थे। 

टोलमै मन्दिरकै अवधारणा अघि सारिन्। सबैले देख्ने ठाउँमा मन्दिर बनाउन उनकै अध्यक्षतामा समिति गठन भयो। मन्दिर बन्यो। गएको शिवरात्रि भव्य रुपमा मनाइयो । भन्छिन्, 'मैले स्याबासी पाएँ।'

रेडक्रसमा महिला नेतृत्वको सुरुवात
टोल विकासमा रामरो छाप छाडेपछि त्यो क्षेत्रको लायन्स क्लब खोलेर संस्थापक बन्ने धेरैले प्रेरित गरे। पहिले नै लायन्सको एउटा शाखामा बसिसकेकी उनलाई दोहोर्‍याउन उति रुचि थिएन। तर, धेरैको जोडबलमा उनी 'लायन्स क्लब अफ टारेनी क्रियटिभ'मा संस्थापक अध्यक्ष बनिन्। अहिले समाजसेवामा सफल संस्थाका रुपमा परिणत भएको छ। 

त्यसपछि उनलाई फेरि रेडक्रस सोसाइटी नारायणगण उपशाखाबाट सभापतिका लागि प्रस्ताव पायो। धेरैजना आकांक्षी थिए। उनी अघि सरेपछि सर्वसम्मत सभापति बनाइयो। भरतपुरभरी ४१ वटा उपशाखा छन्। 'त्यसमा पहिलो महिला सभापति रहिछु । म हुनेबित्तिकै अरुअरुमा पनि महिला सभापति आउन प्रेरित भए। घम्साघम्सी सुरु भएछ। त्यसअघि उपसभापति महिला राखिदिने सभापति चाहिँ कहिल्यै नहुने रहेछ,' उनले भनिन्,  'अहिले अरु दुई उपशाखामा महिला सभापति आउन सफल हुनुभएछ।' 

महिलाले नेतृत्व गर्दा सफल हुनुको कारण भनिछन्,  'पुरुषहरुको टापनटिपन । एउटा तस्विरका लागि देखाउनका लागि हुने रहेछ । महिलाले गर्दा भित्रैससम्म भिजेर, आत्मैदखि र मनैदेखि गरिन्छ।'

WhatsApp-Image-2025-06-07-at-11.01.30_0ea94470-1749357706.jpg
नेतृत्वको नयाँ मानक, फरक तरिका
समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍याएको हो। 'संघसंस्थामा लागेर घर केटाकेटीको विजोग भयो। घर भद्रगोल भयो भन्ने सुन्छु। त्यही मिलाउने हो। घरव्यवसहार विजोग र भद्रगोल गराएर समाजसेवा हुँदैन। न यता न उता हुन्छ,' उनले भनिन्। 

उनले समाजसेवाका लागि काम गर्दा कम खर्चिलो र अधिकतम उपयोगी तरिका अपनाउँछिन्। उदाहरणका लागि स्वास्थ्य शिविर। स्वास्थ्य शिविर गर्दा संस्थाका पदाधिकारी सबैले घरबाटै खानेकुरा पकाएर लैजान्छन्। गएपनि, नगएपनि दायित्व समान रहन्छ। त्यसले खर्च पनि न्युन हुन्छ। 

केही दिनअघि मात्रै भएको स्वास्थ्य शिविरको विषयमा कुरा उप्काउँदै भनिन्,  'त्यहाँ गएर होटेलमा खाने होइन। चिउराभुजा, काँक्रोगाजर र चनाको तरकारी लिएर गयौं। हामी र अतिथि सबैले त्यहीँ खायौं। हाइजेनिक पनि भयो। मीठो पनि भयो।' आयोजक र स्वयंसेवीका लागि खाना यसरो जोहो भयो।  उपलब्ध स्रोत आमजनको स्वास्थ्यका लागि गरिएको शिविरमा लगाएको देखेर शिविरका लागि योगदान गर्न पुगेका चिकित्सकहरुले प्रशंसा गरे। उनीहरुको टिप्पणी थियो- समय र व्यवस्थापन दुवै निकै फरक लाग्यो। सबैले गर्नुपर्ने यस्तै हो।

Business-(8)-1749358418.png
त्यस्ता कार्यक्रममा जाने, घुम्ने र राम्रो रेस्टुरेन्टमा खाने गरेको पनि उनले देखेकी छिन्। त्यसको सख्त विरोधी हुन्। जुन लक्ष्य, उद्देश्य छ, त्यसलाई प्राथमिकता दिनुपर्ने उनको बुझाइ छ। 

सधैं काम नै पनि पर्दैन। कहिलेकाहिँ 'फेलोसिप' भनेर तान्त घुमघाम गर्ने, खाने आदि पनि गर्नुपर्ने उनी बताउँछिन्। तर, सेवा गर्ने जाने निहुँमा रमाइलो गर्ने कुरालाई उनी निरुत्साहित गर्छिन्। अर्को उनले हालसम्म महत्व दिएको कुरा हो समय। उनले जतिबेला तोक्यो, त्यतिबेलाबाटै नै सुरु हुनुपर्छ। जसले सबैको समय बचत हुने उनी बताउँछिन्। 

उनले आफूलाई यहाँसम्म पुर्‍याउने मुख्य सुत्र  हो- तन, मन र धन तिनै कुराको कम्बिनेसन। समय अधिकतम उपयोग र व्यवस्थापन। उनको ठहर छ- यति गर्दा संस्था पनि बन्छ। घर पनि बन्छ।
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीसँग वार्ता गर्न गरिमाका आमा–बुवालाई काठमाडौं लगियो
‘सम्पदा पुनर्निर्माण मात्रै होइन, पुस्तान्तरण पनि आवश्यक छ’ : सुनिता डंगोल
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ
सम्बन्धित सामग्री
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् शशांक ? साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेल... सोमबार, भदौ १, २०८३
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
गृहमन्त्रीसँग वार्ता गर्न गरिमाका आमा–बुवालाई काठमाडौं लगियो शनिबार, भदौ ६, २०८३
‘सम्पदा पुनर्निर्माण मात्रै होइन, पुस्तान्तरण पनि आवश्यक छ’ : सुनिता डंगोल शनिबार, भदौ ६, २०८३
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ शनिबार, भदौ ६, २०८३
‘देश संकटमा छ, संकटबाट पार लगाउन युवालाई अघि सार्नुपर्छ’ : झलनाथ खनाल शनिबार, भदौ ६, २०८३
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्