• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विपत्तिको पीडाले फिक्का बनाएको तीज

प्रमिला कार्की शनिबार, भदौ २७, २०८३  १४:४५
1140x725

काठमाडौं। नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने हरितालिका तीज नजिकिँदै गर्दा सामान्यत देशभर छुट्टै रौनक छाउँछ।

तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ। टोल–टोलमा तीजका गीत घन्किन थाल्छन्। दिदीबहिनीहरू भेटघाट गर्छन्, दर खान्छन्, नाच्छन् र वर्षभरिका सुखदुःख साटासाट गर्छन्।

तर यस वर्षको तीजको माहोल विगतका वर्षजस्तो छैन। गत भाद्र १० गते आएको रसुवा–भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि तीजको रमझम पनि पीडाको छायामा परेको छ।

कतिपय परिवारले आफन्त गुमाएका छन्, कतिपय परिवार विस्थापित भएका छन्। धेरैको घर, व्यवसाय र सम्पत्ति बाढीपहिरोले बगाएको छ। यस्तो अवस्थामा विगतजस्तो तामझामका साथ पर्व मनाउने उत्साह धेरैका लागि स्वाभाविक रूपमा कम भएको छ।

भक्तपुरकी प्रतिमा कार्की यसपटक तीजको तयारी विगतजस्तो उत्साहका साथ गर्न नसकेको बताउँछिन्। उनका अनुसार पर्व मनाउनेभन्दा पनि विपद्मा परेका परिवारको अवस्थाले बढी भावुक बनाएको छ।

उनी भन्छिन्, ‘तीज आउँदा पहिल्यैदेखि सारी किन्ने, गहना लगाउने, दिदीबहिनी भेट्ने र दर खाने योजना हुन्थ्यो। तर यसपटक बाढीमा यति धेरै परिवारले दुःख पाएको देख्दा त्यही उत्साहले तीज मनाउन मन लागेन। आफ्नो खुसी मनाउँदा कतै कसैको पीडा बिर्सिएजस्तो हुन्छ कि भन्ने लाग्छ।’

पहिले तीज आउन एक महिना बाँकी छँदै यसको रौनक सुरु भइसक्थ्यो। दिदीबहिनीहरू दर खाने कार्यक्रमको तयारीमा जुट्थे। टोल, समुदाय, संघसंस्था, कार्यालयदेखि राजनीतिक दलसम्मले तीज विशेष कार्यक्रम आयोजना गर्थे। रातो सारीमा सजिएका महिलाको बाक्लो उपस्थितिले कार्यक्रमस्थल नै रंगीन देखिन्थ्यो। गीत, संगीत र नाचगानले वातावरणलाई उत्सवमय बनाउँथ्यो।

तीज नजिकिँदै जाँदा बजारमा पनि छुट्टै चहलपहल हुन्थ्यो, कपडा तथा गरगहनाका पसलमा भीड बढ्थ्यो। सौन्दर्य सामग्री, मेहेन्दी र तीजका सामग्रीको व्यापार बढ्थ्यो। सामाजिक सञ्जालमा पनि नयाँ सारी, गहना, दर खाने कार्यक्रम र नाचगानका तस्बिर तथा भिडियो छाउन थाल्थे। कतिपय ठाउँमा तीज विशेष कार्यक्रमका लागि महिनौँअघिदेखि नै तयारी हुने गर्दथ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

यसपटक भने त्यो दृश्य धेरै हदसम्म फेरिएको छ। बाढीपहिरोबाट प्रभावित परिवारको पीडा सम्झिँदा उत्सव मनाउन मन नलागेको धेरैको भनाइ छ। कतिपय स्थानमा आयोजना हुने तयारीमा रहेका दर खाने कार्यक्रम स्थगित भएका छन्।

केही कार्यक्रमलाई औपचारिकतामा सीमित गरिएको छ। तीजका लागि छुट्याइएको खर्चसमेत विपद्मा परेकाहरूको राहत र सहयोगमा लगाउने सोच धेरैमा देखिएको छ।

भक्तपुर सिपाडोलकी लक्ष्मी पाण्डे पनि यस वर्ष तीजलाई फरक ढंगले मनाउनुपर्ने बताउँछिन्। उनका अनुसार अहिले ठूलो जमघट र खर्चभन्दा विपद्मा परेका परिवारलाई सहयोग गर्नु महत्वपूर्ण छ।

उनी भन्छिन्, ‘तीज मनाउनु संस्कृति हो, त्यसलाई रोक्नुपर्छ भन्ने होइन। तर अहिलेको परिस्थितिमा धेरै खर्च गरेर ठूलो कार्यक्रम गर्नुभन्दा त्यही रकम बाढीपीडितका लागि सहयोग गर्न सकियो भने त्यो अझ अर्थपूर्ण हुन्छ। यसपटक तीजमा नयाँ लुगा र गहनाभन्दा कसैको घरमा चुलो बाल्न सहयोग गर्न सकियोस् भन्ने चाहना छ।’

विशेषगरी आफन्त गुमाएका परिवारको पीडा र विस्थापितहरूको अवस्था सम्झिँदा तीजको खुसीमा रमाउने अवस्था छैन। कतिपय घरमा तीजको तयारीभन्दा बाढीले बिछोडिएका आफन्तको खोजी र अवस्थाबारे चिन्ता बढी छ। कतै घरबार गुमाएकाहरू खुला आकाशमुनि छन् भने कतै आफ्ना प्रियजनको पर्खाइमा परिवारका सदस्यहरू दिन काटिरहेका छन्।

यही कारण यस वर्ष धेरै महिला समूह र सामाजिक संस्थाले तीजलाई फरक ढंगले मनाउने तयारी गरेका छन्। कतिपयले दर खाने कार्यक्रम नगरी राहत संकलन गर्ने, प्रभावित परिवारलाई खाद्यान्न तथा कपडा सहयोग गर्ने र पुनस्र्थापनामा सहयोग गर्ने निर्णय गरेका छन्। उत्सवमा खर्च हुने रकम पीडितका लागि प्रयोग गर्ने प्रयास पनि भइरहेका छन्।

सामाजिक सञ्जालमा पनि यसको प्रभाव देखिएको छ। विगतमा तीज आउनुअघि नै नाचगान, दर खाने कार्यक्रम, नयाँ सारी र गहनाका तस्बिर तथा भिडियोको बाढी आउँथ्यो। यस वर्ष भने त्यस्ता सामग्रीसँगै बाढीपहिरो प्रभावितका लागि सहयोगको अपिल, राहत वितरण र प्रभावित क्षेत्रका तस्बिर तथा भिडियोले बढी स्थान पाएका छन्।

यसको अर्थ तीजको खुसी हराएको भने होइन। बरु यस वर्ष तीज मनाउने तरिका केही फरक भएको हो। विगतमा ठूलो जमघट र भव्य कार्यक्रममार्फत व्यक्त हुने खुसी यसपटक सानो भेटघाट, पारिवारिक प्रार्थना र सहयोगको भावनामा सीमित हुन सक्छ। नाचगानका कार्यक्रम कम हुन सक्छन्, दरका परिकार घट्न सक्छन्, तर दुःखमा परेका मानिसलाई सहयोग गर्ने हातहरू बढ्न सक्छन्।

तीजको अर्थ केवल नयाँ कपडा लगाउनु, दर खानु वा नाचगान गर्नुमा मात्र सीमित छैन। यो दिदीबहिनीबीचको आत्मीयता, माइतीसँगको सम्बन्ध, सुखदुःख बाँड्ने अवसर र आपसी सद्भावको पर्व पनि हो। त्यसैले संकटमा परेका मानिसको दुःख बुझ्नु, उनीहरूलाई साथ दिनु र सक्दो सहयोग गर्नु पनि तीजको मानवीय पक्ष हुन सक्छ।

यस वर्ष बाढीपहिरोले धेरै परिवारको चुलो निभाएको छ। कतिपय घरमा तीजका गीतभन्दा आफन्त गुमाएको पीडाको सन्नाटा छ। कतिपय आमाबुबा आफ्ना सन्तानको पर्खाइमा छन् भने कतिपय सन्तान आफ्ना अभिभावकको खोजीमा छन्। यस्तो अवस्थामा तीजको रमझम फिक्का देखिनु स्वाभाविक भएको बताइन्छ।

तर यही पीडाबीच तीजले समाजलाई अझ नजिक ल्याउने अवसर पनि दिन सक्छ। उत्सवमा हुने खर्च कटौती गरेर पीडितलाई सहयोग गर्ने, एक्लिएका परिवारसँग भेट्ने, उनीहरूको दुःखमा साथ दिने र विपद्पछिको पुनस्र्थापनामा हातेमालो गर्ने हो भने यस वर्षको तीजको अर्थ अझ गहिरो बन्न सक्छ।

विगतका वर्षमा तीजको पहिचान ठूलो जमघट, दर खाने कार्यक्रम र नाचगानसँग जोडिएको थियो। यस वर्ष भने तीजले संवेदनशीलता, सहानुभूति र सामाजिक जिम्मेवारीको अर्को पहिचान बनाउन सक्छ।

सायद यसपाली धेरै ठाउँमा विगतजस्तो ठूलो आवाजमा तीजका गीत घन्किने छैनन्। दर खाने कार्यक्रम कम हुनेछन्, नयाँ कपडा र गहनाको चमक पनि केही कम देखिन सक्छ। तर विपद्मा परेकाहरूका लागि उठेको सहयोगको हात, पीडित परिवारप्रतिको सहानुभूति र एकअर्काको दुःखमा उभिने भावना नै यस वर्षको तीजको सबैभन्दा ठूलो उत्सव बन्न सक्छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्यका अनुसार विगतमा यस्ता चाडपर्वका बेला नयाँ गहना किन्ने चलन बलियो भए पनि अहिले करिब ७० प्रतिशत उपभोक्ता नयाँ सुन किन्ने भन्दापनि पुरानो सुन बेच्नतर्फ लागेका बताउँछन्।

‘तीजदेखि दशैं–तिहारसम्म गहना, मेकअप र सौन्दर्य सामग्रीको बिक्री हुने मुख्य समय हो। तर अहिले नेपालीहरूको क्रयशक्ति कमजोर भएकाले धेरैले पुरानो सुन बेचेर खर्च चलाउने सोच बनाएका छन। हालको विपत्तिले पनि बजार चलायमान हुन सकेको छैन,’ उनले भने।

बाढीपहिरोको पीडाबीच आएको यस वर्षको तीजले एउटा महत्वपूर्ण सन्देश दिएको छ—पर्वको खुसी त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ, जब आफ्नो खुसीमा अरूको दुःख पनि सम्झिन सकिन्छ। यस वर्ष तीजको रमझम केही फिक्का भए पनि मानवीय संवेदना र सहयोगको उज्यालो अझ बलियो बन्न सके, यही नै यो पर्वको सबैभन्दा सुन्दर अर्थ हुनेछ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चिलिमे टनेलभित्र उद्धार टोलीको प्रवेश
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
सम्बन्धित सामग्री
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! संकटको समयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, सनसनीपूर्ण प्रचार, दोषारोपण र अफवाहले उद्धार तथा राहतको कामलाई थप जटिल बनाउन सक्छ... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
चिलिमे टनेलभित्र उद्धार टोलीको प्रवेश शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने शनिबार, भदौ २७, २०८३
यूएईलाई हराउँदै नेपाल एसिया कपमा शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्