• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’

64x64
नेपाल लाइभ शुक्रबार, असोज २, २०८३  १०:३०
1140x725

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी र रोजगारी दिएका क्यासिनोहरू बन्द हुँदैछन्। नीतिगत अस्थिरता, बढ्दो प्रतिस्पर्धा र अनुभवी अपरेटरको अभावले व्यवसाय संकटमा परेको क्यासिनो क्षेत्रका जानकार अजय विक्रम थापा बताउँछन्। लामो समयदेखि नेपाल र भारतको क्यासिनो क्षेत्रमा काम गरेका थापाका अनुसार स्थिर नीति, सुरक्षित लगानी र विदेशी ग्राहक लक्षित रणनीति बनाउन सके क्यासिनो पर्यटनबाट रोजगारी, विदेशी मुद्रा आर्जन र राजस्व बढाउन सकिन्छ। प्रस्तुत छ, नेपालको क्यासिनो व्यवसायको अवस्था, चुनौती र सम्भावनाबारे मल्ल र र्‍याडिसन क्यासिनोको पूर्वप्रमुख कार्यकारी अधिकृत(सीइओ) भइसकेका थापासँग गरिएको कुराकानी।

नेपालमा अहिले क्यासिनो व्यवसायको अवस्था कस्तो देख्नुहुन्छ ?

अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो व्यवसायबारे लामो समयदेखि काम गरेका विशेषज्ञसँग सरकारले समन्वय गर्न आवश्यक छ।

नेपालमा क्यासिनोसम्बन्धी नियमावली पटक–पटक परिवर्तन भएका छन्। कहिले नयाँ नियमावली बनाउने, कहिले पुरानो हटाउने र फेरि अर्को व्यवस्था ल्याउने प्रवृत्तिले लगानीकर्ताको विश्वासमा असर गरेको छ। क्यासिनो सञ्चालनका लागि ठूलो लगानी आवश्यक हुन्छ। एउटा राम्रो क्यासिनो खोल्न डेढ अर्ब रुपैयाँसम्म लगानी लाग्न सक्छ। यस्तो अवस्थामा लगानीकर्ताले दीर्घकालीन नीति र स्थिर वातावरण खोज्छ।

त्यसैले राज्यले दीर्घकालीन सोचका साथ स्पष्ट र स्थिर नियम बनाउनुपर्छ। नियम बनाउँदा क्यासिनो व्यवसायमा लामो अनुभव भएका व्यक्तिहरूसँग पनि छलफल गर्नुपर्छ।

क्यासिनोको संख्या बढिरहेको तर ठूला क्यासिनोहरू बन्द भइरहेको अवस्थालाई कसरी हेर्नुहुन्छ ?

अहिले नेपालका एउटै शहरमा सात–आठवटासम्म क्यासिनो खुलेका उदाहरण छन्। ती कुन आधारमा खुले, कसरी खुले भन्ने विषयमा पनि अध्ययन हुनुपर्छ। अर्कोतर्फ, पहिले ठूला लगानी र ठूलो रोजगारी सिर्जना गरेका क्यासिनोहरू बन्द भइरहेका छन्। काठमाडौंका केही चर्चित क्यासिनोहरू बन्द छन्। तीमध्ये एभरेस्ट, अन्नपूर्ण, र्‍याडिसन, सांग्रिला लगायतका क्यासिनोहरू पनि पर्छन्।

एउटा क्यासिनोमा एक हजारदेखि १५०० जनासम्मले रोजगारी पाउने अवस्था थियो। हाउसकिपिङदेखि जनरल म्यानेजरसम्म विभिन्न तहका कर्मचारीले काम गर्थे। त्यस्ता व्यवसाय बन्द हुँदा लगानी मात्र होइन, रोजगारी पनि प्रभावित हुन्छ। त्यसैले कुन कारणले ती क्यासिनो बन्द भए, लगानीकर्ता किन बाहिरिए र रोजगारी कहाँ गयो भन्ने विषयमा राज्यले अध्ययन गर्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंले नेपालमा क्यासिनो व्यवसायको पुरानो समय पनि देख्नुभएको छ। त्यो समय र अहिलेको अवस्थाबीच के फरक पाउनुहुन्छ ?

नेपालमा क्यासिनो व्यवसाय सुरु भएको प्रारम्भिक समय निकै फरक थियो। सोल्टी होटलमा क्यासिनो सञ्चालन भएको समयदेखि नै नेपालमा क्यासिनो पर्यटनको सम्भावना देखिएको थियो। त्यसबेला विदेशी पर्यटक, विशेषगरी दक्षिण एसियाका विभिन्न मुलुकबाट आउने ग्राहक क्यासिनोमा आकर्षित हुन्थे।

मैंले पनि करिब १९ वर्षको उमेरमा क्यासिनो क्षेत्रमा काम सुरु गरेको हुँ। त्यसबेला क्यासिनोमा काम गर्दा ग्राहकको ठूलो चाप हुन्थ्यो। त्यतिबेला भारतमा क्यासिनोको पहुँच सीमित थियो। नेपालमा आउने विदेशी ग्राहकका लागि क्यासिनो एउटा प्रमुख आकर्षण थियो। त्यो समयको क्यासिनो व्यवसायमा सेवा, आतिथ्यता र व्यावसायिक व्यवस्थापनलाई निकै महत्त्व दिइन्थ्यो। अहिले त्यो वातावरणमा परिवर्तन आएको छ।

भारतमा क्यासिनो विस्तार हुनुको असर नेपालमा परेको हो ?

मेरो बुझाइमा त्यसको असर परेको छ। पहिले भारतमा क्यासिनोको विकल्प सीमित हुँदा भारतीय ग्राहक नेपाल आउँथे। पछि भारतका गोवा र सिक्किमलगायत स्थानमा क्यासिनो सञ्चालन हुन थालेपछि नेपाली क्यासिनोले भारतीय ग्राहकमा मात्र निर्भर भएर चल्न सक्ने अवस्था रहेन।

तर यसको अर्थ नेपालमा सम्भावना सकियो भन्ने होइन। नेपालले आफ्नो नीति, सेवा र अपरेसनलाई सुधार गरेर नयाँ बजार विकास गर्न सक्छ। त्यसका लागि अनुभवी अपरेटर र दीर्घकालीन सोच आवश्यक हुन्छ।

तपाईंले क्यासिनो व्यवसायमा ‘एक्सपर्टिज’को अभाव भएको बताउँदै आउनुभएको छ। यसको अर्थ के हो ?

क्यासिनो सञ्चालन सामान्य व्यवसाय सञ्चालन गरेजस्तो होइन। यसमा छुट्टै विशेषज्ञता चाहिन्छ। उदाहरणका लागि, निर्माण व्यवसायीलाई भवन कसरी बनाउने भन्ने ज्ञान हुन्छ। कुन ठाउँमा कस्तो पिलर राख्ने, सिमेन्ट र बालुवाको अनुपात कस्तो हुने भन्ने उसलाई थाहा हुन्छ। तर त्यही व्यक्ति क्यासिनो व्यवसायमा आयो भने क्यासिनो कसरी सञ्चालन गर्ने, कस्तो ग्राहक लक्षित गर्ने, कस्तो लगानीकर्ता ल्याउने, सरकारसँग कसरी समन्वय गर्ने भन्ने कुरा उसलाई थाहा नहुन सक्छ।

नेपालमा यही समस्या देखिएको छ। क्यासिनोको विशेषज्ञतालाई पर्याप्त रूपमा प्रयोग गरिएन। गैर–क्यासिनो क्षेत्रबाट आएका लगानीकर्ता र सञ्चालकले पनि क्यासिनोमा प्रवेश गरे। त्यसले व्यवसाय सञ्चालनमा उतारचढाव ल्याएको मेरो बुझाइ छ। क्यासिनोको आफ्नै अपरेसन, ग्राहक व्यवस्थापन, अन्तर्राष्ट्रिय बजार, वित्तीय अनुशासन र जोखिम व्यवस्थापन हुन्छ। त्यसलाई बुझ्ने मानिसलाई निर्णय प्रक्रियामा राख्नुपर्छ।

क्यासिनो क्षेत्र अस्थिर हुनुको मुख्य कारण तपाईंले के देख्नुहुन्छ ?

पहिलो कारण स्थिर नियमको अभाव हो। दोस्रो, अनुभवी अपरेटरको अभाव हो। तेस्रो, क्यासिनो विशेषज्ञतालाई निर्णय प्रक्रियामा पर्याप्त रूपमा समेटिन नसक्नु हो। कहिले क्यासिनो बन्द हुने, फेरि खोलिने, नियम परिवर्तन हुने अवस्था आयो। यसले लगानीकर्तालाई दीर्घकालीन योजना बनाउन कठिन बनाउँछ। करोडौं वा अर्बौं रुपैयाँ लगानी गर्ने व्यक्तिले आज बनाएको नियम भोलि परिवर्तन हुन्छ कि हुँदैन भन्ने निश्चितता खोज्छ।

त्यसैले राज्यले एउटा स्थिर प्रणाली बनाउनुपर्छ। क्यासिनो व्यवसायलाई कुन स्तरको होटलमा, कुन मापदण्डमा र कस्तो लगानीका आधारमा सञ्चालन गर्न दिने भन्ने स्पष्ट हुनुपर्छ।

नेपालीलाई क्यासिनो प्रवेशमा लगाइएको प्रतिबन्धबारे तपाईंको धारणा के छ ?

यो विषयमा सकारात्मक र नकारात्मक दुवै पक्षबाट बहस गर्नुपर्छ। क्यासिनोमा विकृति हुनसक्छ भन्ने कुरा म अस्वीकार गर्दिनँ। जुवा वा सट्टेबाजीसँग जोडिएका कारण यसको सामाजिक पक्ष पनि छ। तर नेपालीलाई रोक्दा नेपाली ग्राहक विदेशमा गएर खेल्ने अवस्था पनि छ। कोही गोवा जान्छन, कोही सिक्किम, कोही मकाउ जान्छन। त्यसरी नेपालीले खर्च गरेको पैसा विदेश जान्छ। त्यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा राज्यले बहस गर्नुपर्छ।

यदि राज्यले प्रवेश खुला गर्ने निर्णय गर्छ भने त्यसबाट कर कसरी उठाउने, कति रकमको कारोबारलाई कसरी नियमन गर्ने भन्ने स्पष्ट प्रणाली चाहिन्छ। प्रवेश नदिने हो भने त्यसको सामाजिक र आर्थिक प्रभावबारे पनि अध्ययन गर्नुपर्छ।

तपाईंले विदेशी ग्राहकले नेपालमा पैसा ल्याउने प्रणालीबारे पनि प्रश्न उठाउनुभएको छ। यसबारेमा तपाईकाे धारणा के छ ?

यो अत्यन्त महत्त्वपूर्ण विषय हो। उदाहरणका लागि कुनै विदेशी ग्राहकले नेपालमा ठूलो रकममा क्यासीनो खेल्न चाहन्छ भने त्यो रकम कानुनी रूपमा नेपालमा कसरी ल्याउने, खेलिसकेपछि वैधानिक रूपमा कसरी फिर्ता लैजाने ? राज्यले यसको स्पष्ट प्रणाली बनाउनुपर्छ।

यदि कानुनी बाटो स्पष्ट भएन भने अवैध माध्यम प्रयोग हुने जोखिम रहन्छ। त्यसैले विदेशी मुद्राको कारोबार, चिप्स खरिद, जितेको रकम फिर्ता लैजाने व्यवस्था लगायतका विषयलाई नियमन गर्न सकिन्छ।

हामीसँग यसका लागि विभिन्न विकल्पबारे आइडियाहरु छन्। राज्यसँग बसेर छलफल गर्ने हो भने क्यासिनोबाट कर मात्र होइन, अन्य वैधानिक माध्यमबाट पनि राज्यको आम्दानी बढाउन सकिन्छ।

तपाईंले क्यासिनोबाट राज्यको आम्दानी निकै बढाउन सकिन्छ भन्नु भएको छ। कसरी ?

अहिले राज्यलाई राजस्व आवश्यक छ। क्यासिनो क्षेत्रलाई व्यवस्थित गर्न सकेमा राज्यले कर मात्र होइन, विदेशी मुद्रा, पर्यटन, रोजगारी र अन्य आर्थिक गतिविधिबाट पनि आम्दानी गर्न सक्छ।

मैंले हजारदेखि दुई हजार करोड रुपैयाँसम्मको सम्भावनाबारे कुरा गरेको छु। यो कुनै सामान्य दाबी मात्र होइन, लामो समयको अनुभवका आधारमा देखेको सम्भावना हो। तर यसको विस्तृत मोडल राज्यसँग बसेर छलफल गर्नुपर्छ। क्यासिनोबाट कसरी विदेशी मुद्रा भित्र्याउने, विदेशी ग्राहक कसरी आकर्षित गर्ने, उनीहरूको पैसा कानुनी माध्यमबाट कसरी नेपाल ल्याउने र त्यसबाट राज्यलाई कसरी आम्दानी गराउने भन्नेमा स्पष्ट योजना चाहिन्छ।

क्यासिनोलाई सामाजिक विकृतिको रूपमा मात्र हेर्नु उचित हो ?

क्यासिनोमा नकारात्मक पक्ष हुन सक्छ। यसलाई अस्वीकार गर्नु हुँदैन। तर त्यसैका आधारमा क्यासिनो व्यवसायलाई सम्पूर्ण रूपमा विकृतिको रूपमा हेर्नु पनि उचित हुँदैन। लस भेगास, सिंगापुर र मकाउलाई हेर्ने हो भने क्यासिनो पर्यटन र मनोरञ्जन उद्योगको एउटा हिस्सा बनेको छ। त्यहाँ क्यासिनोमा काम गर्ने कर्मचारीलाई व्यावसायिक रूपमा हेर्ने गरिन्छ।

नेपालमा भने क्यासिनोमा काम गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक छ। क्यासिनोमा काम गर्ने हजारौं कर्मचारी र उनीहरूमा निर्भर परिवार पनि छन्। मैले आफ्नो जीवनमा क्यासिनो क्षेत्रबाट रोजगारी पाएको छु र त्यही आम्दानीबाट परिवार चलाएको छु। त्यसैले यो कामप्रति मलाई कुनै हीनताबोध छैन। मैंले मेहनत गरेर कमाएको हो।

नेपालका ठूला क्यासिनो बन्द हुनुमा राज्यको नीति मात्र जिम्मेवार छ ?

राज्यको नीति मात्र कारण हो भन्न मिल्दैन। अपरेटरको कमजोरी पनि हुन्छ। कतिपय क्यासिनोले राज्यलाई कर नतिरेको वा पुराना दायित्व बाँकी रहेको विषय पनि आएको छ। यस्ता विषयमा राज्यले आफ्नो अध्ययन गर्नुपर्छ।

यसबाहेक कर्मचारी युनियन, होटल र क्यासिनोबीचको सम्बन्ध, लगानीकर्ता र सञ्चालकबीचको सम्झौता लगायतका धेरै पक्ष छन्। अर्कोतर्फ, भारतमा क्यासिनोको विस्तार भएपछि नेपालमा भारतीय ग्राहकमा आधारित क्यासिनो व्यवसायमा प्रतिस्पर्धा बढेको छ। त्यसको प्रभाव पनि परेको हुनसक्छ। यी सबै कारणलाई अलग–अलग तरिकाले अध्ययन गर्नुपर्छ।

लगानीकर्ताको सुरक्षा कसरी गर्न सकिन्छ ?

लगानीकर्ता ल्याएर पैसा हाल्न लगाउने अनि केही समयपछि विभिन्न कारणले उसलाई व्यवसायबाट बाहिरिने अवस्था बनाउनु हुँदैन। लगानीकर्ताले पनि आफ्नो लगानी सुरक्षित हुने वातावरण खोज्छ।

क्यासिनो सञ्चालनमा होटल, लगानीकर्ता र राज्यबीच त्रिपक्षीय समझदारीको आवश्यकता देख्छु। लगानीकर्ताको भुमिका के हो, होटलको भूमिका के हो, राज्यको नियमन र दायित्व के हो भन्ने स्पष्ट हुनुपर्छ।

लगानीकर्ताले अर्बौं रुपैयाँ लगानी गर्दा राज्यले पनि उसको लगानीको सुरक्षा र स्थिर नीतिको सुनिश्चितता गर्नुपर्छ। नियम उल्लंघन भएको अवस्थामा कारबाही हुनुपर्छ, तर नियम नै पटक–पटक परिवर्तन हुने अवस्था हुनु हुँदैन।

क्यासिनो क्षेत्रबारे तपाईंको आफ्‌नै अनुभव कस्तो छ ?

म करिब १९ वर्षको उमेरमा क्यासिनो क्षेत्रमा प्रवेश गरेको हुँ। त्यसपछि विभिन्न देश र संस्थामा काम गर्ने अवसर पाएँ। भारतको गोवामा पनि सात वर्ष काम गरेँ। त्यहाँ एउटा ठूलो टोली व्यवस्थापन गर्ने मेरो जिम्मेवारी थियो।

नेपालमा पनि विभिन्न क्यासिनोमा सीईओ, जीएम र मार्केटिङ डाइरेक्टरका रूपमा काम गरेको छु। अन्नपूर्ण क्यासिनोमा पनि लगानीकर्ता ल्याउने प्रक्रियामा मेरो भूमिका थियो। तर पछि होटल नै बन्द/डिस्मेन्टल भएपछि क्यासिनो पनि बन्द भयो। यसले नेपालको व्यावसायिक विश्वसनीयतामा पनि प्रश्न उठाएको छ। कुनै लगानीकर्ता नेपालमा ठूलो लगानी लिएर आयो र परियोजना बीचमै बन्द भयो भने त्यसले भविष्यमा अर्को लगानीकर्ता आउन चाहने वा नचाहने निर्णयमा असर गर्न सक्छ।

अब सरकारले क्यासिनो क्षेत्र सुधारका लागि तत्काल के गर्नुपर्छ ?

पहिलो काम स्थिर नीति बनाउनु हो। नियमावली पटक–पटक परिवर्तन गर्नु हुँदैन। क्यासिनो कहाँ, कुन स्तरको होटलमा र कुन मापदण्डमा सञ्चालन गर्ने भन्ने स्पष्ट हुनुपर्छ। दोस्रो, अनुभवी क्यासिनो विशेषज्ञलाई नीति निर्माण र कार्यान्वयनमा सहभागी गराउनुपर्छ। हामीजस्ता लामो समयदेखि यो क्षेत्रमा काम गरेका व्यक्तिसँग सरकारले बसेर छलफल गर्न सक्छ। तेस्रो, लगानीकर्ताको सुरक्षा गर्नुपर्छ। राम्रो लगानीकर्ता नेपालमा आउँदा उसले यहाँ दीर्घकालीन रूपमा काम गर्न सक्ने वातावरण पाउनुपर्छ।

चौथो, विदेशी ग्राहकलाई लक्षित गरेर क्यासिनो पर्यटन विकास गर्नुपर्छ। नेपाल आउने विदेशी पर्यटकलाई क्यासिनो मात्र होइन, हिमाल, संस्कृति, धार्मिक पर्यटन र अन्य गतिविधिसँग जोड्न सकिन्छ।

तपाईं राज्यसँग सहकार्य गर्न इच्छुक हुनुहुन्छ ?

अवश्य। मेरो मुख्य भनाइ नै यही हो। मैले आफ्नो जीवनको ठूलो हिस्सा क्यासिनो क्षेत्रमा बिताएको छु। मंैले नेपालमा मात्र होइन, भारतमा पनि काम गरेको छु। त्यहाँका ठूला लगानीकर्ताले हाम्रो विशेषज्ञता पहिचान गरेर जिम्मेवारी दिएका छन्। नेपाल सरकारले पनि यस्तो विशेषज्ञतालाई उपयोग गर्नुपर्छ भन्ने मेरो आग्रह हो। 

राज्यलाई पनि सहयोग गर्न तयार छु। लगानीकर्तालाई पनि आवश्यक परे परामर्श दिन तयार छु। क्यासिनो व्यवसायलाई कसरी स्थिर बनाउने, विदेशी ग्राहक कसरी ल्याउने र राज्यलाई कसरी बढी आम्दानी हुने वातावरण बनाउने भन्ने विषयमा छलफल गर्न हामी तयार छौं।

नेपालमा फेरि पुरानो समयमा जस्तो विदेशी ग्राहक आकर्षित गर्न सकिने सम्भावना छ। तर त्यसका लागि दृष्टिकोण परिवर्तन गर्नुपर्छ। राम्रो नीति, अनुभवी अपरेटर, सुरक्षित लगानी वातावरण र राज्यको सक्रिय समन्वय आवश्यक छ। क्यासिनो व्यवसायलाई केवल जुवा वा विकृतिका रूपमा हेरेर मात्र समाधान खोज्न सकिँदैन। यसको नकारात्मक पक्षलाई नियन्त्रण गर्दै रोजगारी, पर्यटन, विदेशी मुद्रा र राजस्वको सम्भावनालाई पनि हेर्नुपर्छ। राज्य, लगानीकर्ता, होटल र विशेषज्ञ सबै बसेर स्पष्ट प्रणाली बनाउन सके नेपालमा क्यासिनो व्यवसायले अहिलेको अवस्थाभन्दा फरक उचाइ लिन सक्छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
त्रिभुवन राजपथ र कान्ति राजमार्ग दुईतर्फी सञ्चालनमा शुक्रबार, असोज २, २०८३
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्