• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर

गृहमन्त्री र आईजीपीबीच भएको थियो यस्तो खुसामत
64x64
नेपाल लाइभ आइतबार, असोज ११, २०८३  २२:४६
1140x725

काठमाडौं– जेन्जीबाट पूर्वन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा खतरा भएर हो वा चोलेन्द्रबाट सरकारलाई खतरा भएर, भदौ १० गते मध्यराति १२ बजेतिर काठमाडौंको नारायणगोपाल चोकबाट अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अगाडि बढ्यो। ग्लोबल कलेजको गेट हुँदै भित्री गल्लीमा छिरेको टोली चढेको गाडी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा पुगेर रोकियो। सादा पोशाकका प्रहरीले गेट खोल्न भने। ड्युटीमा रहेका सशस्त्र प्रहरीले ‘मध्यरातमा निवासमा सबै सुतिसकेको’ बताएर ‘तपाईंहरू बिहान आउनुस्’ भने। तर मिसनमा गएको टोलीले मानेन र आफ्नो परिचय दिँदै भन्यो– ‘सम्माननीयज्यूलाई बोलाउनूस्।’

सशस्त्र प्रहरीका ती जवानले चोलेन्द्रशमशेर र उनका परिवारलाई खबर गरे। अनि गेट खोलेर टोलीलाई भित्र लगे। टोलभरि हल्लाखल्ला भयो। मस्त निद्रामा रहेको जबरा परिवार उठेर आएपछि प्रहरीसँग वादविवाद भयो।

जबराले आफूलाई मध्यरातमा किन नियन्त्रणमा लिन खोजेको भन्दै पक्राउ पुर्जी मागे। प्रहरीसँग पक्राउ पुर्जी थिएन। अनि उनीहरूले ‘तपाईंमाथि सुरक्षा चुनौती भएकाले आएको’ भन्न थाले। राणाले आफूलाई कुनै सुरक्षा चुनौती नभएको र सरकारलाई त्यस्तो लागेमा सुरक्षाकर्मी बढाइदिन अनुरोध गरे।

यतिमा रोकिएन। प्रहरीले प्रहरी कार्यालय गइदिन अनुरोध गर्न थाले। राणाले ठाडै अस्वीकार गरे। यो वादविवाद ३ बजेसम्म चल्यो। अन्त्यमा प्रहरीले ‘तपाईं प्रहरी कार्यालय गइदिनुस्, हामी पुर्‍याउन आउला, केही समस्या हुँदैन, सुरक्षा थ्रेट छ’ भन्दै जबरालाई महाराजगन्जस्थित घरबाट शनिबार राति ३ बजे उठाएर टेकुस्थित प्रहरी कार्यालय पुर्‍यायो।

बिहान ५ नबज्दै जबरा पक्राउ परेको सूचना चुहियो। यसरी मध्यरातमा पक्राउ परेका उनी आफूलाई के कारण पक्राउ गरियो भन्ने थाहा नपाउँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट आइतबार दिउँसो रिहा भएर घर फर्किएका छन्।

प्रहरी कार्यालयमा आइतबार दिउँसो २ बजेसम्म राखेर उनलाई छोराको जिम्मा लगाइएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताए।

नेपालको इतिहासमै पहिलोपटक पूर्वप्रधानन्यायाधीश पक्राउ परेका हुन्। उनलाई पक्रन डीएसपीको कमान्डमा प्रहरी टोली खटिएको थियो।

चोलेन्द्रलाई प्रहरी कार्यालय लैजाँदा कुनै कागजात दिइएको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का जबरालाई भौतिक आक्रमण हुन सक्ने सूचना आएपछि राति नै कार्यालयमा ल्याउनुपरेको बताउँछन्। उनले भने, ‘हामीसँगै राख्दा सुरक्षित हुनुहुन्छ भन्दै लिएर आएका हौँ।’

पूर्वप्रधानन्यायाधीशलाई कस्ता मुद्दामा पक्राउ गर्न मिल्छ? कस्ता मुद्दामा मिल्दैन? भनेर प्रहरी जानकार नै रहेको तर्क जबरा रिहा हुनुअघि उनले गरेका थिए।

न्यायाधीशहरूलाई पक्राउ गर्ने कानुन पनि छैन भन्ने थाहा भए पनि सुरक्षाका लागि ल्याइएको प्रहरीको दाबी रह्यो। रोचक त के छ भने, यतिबेलासम्म प्रहरीले चोलेन्द्रलाई भौतिक आक्रमणको धम्की दिने को थियो भनेर खुलाउन सकेको छैन।

प्रहरीको तर्क अझ गजबको छ। पक्राउ गर्नुअघि घरमा सुरक्षा दिन नमिल्ने भनिएकोमा रिहा भएपछि भने घरमै सुरक्षा बढाउने बताइयो। एसएसपी खड्काले अब जबराका लागि घरमै सुरक्षा बढाइने बताए।

Xtrem

Xtrem

गृहमन्त्री र आईजीपीबीच भएको थियो खासखुस र बेमेल
शनिबार नै गृहमन्त्री सुधन गुरुङ र आईजीपी दानबहादुर कार्कीबीच जबराको पक्राउबारे छलफल भएको थियो। उक्त छलफलमा आईजीपीले पूर्वप्रधानन्यायाधीश पक्राउ गर्नुअघि आरोप र प्रमाणहरू बलियो चाहिने भन्दै यसरी पक्राउ गर्न मिल्दैन भनी सुझाएका थिए। तर गृहमन्त्री गुरुङले आफूूमाथि दबाब रहेको मात्र भनिरहे। त्यसपछि उनलाई पक्राउ गर्ने सर्कुलर प्रहरी कार्यालयमा गयो।

पक्राउसँगै एक तीरमा तीन सिकारको रणनीति
जबरालाई प्रधानमन्त्री कार्यालयकै दबाबमा पक्राउ गरेको प्रहरीको उच्च स्रोतको दाबी छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले यही घटनाबाट तीन सिकार गरेको देखिन्छ। पहिलो, रास्वपाभित्रकै सभापति रवि लामिछानेलाई थ्रेटमा राख्न खोज्नु; दोस्रो, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई त्रास; र तेस्रो भनेको न्यायालयलाई नै थ्रेट दिने थियो।

चौतर्फी विरोध
पूर्वप्रधानन्यायाधीशलाई अकारण पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भइरहेको छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले जबरालाई पूर्वसूचनाबिना मध्यराति महाराजगन्जस्थित निवासबाट प्रहरीले टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्‍याएर सोधपुछ गरेको समाचार चिन्ताजनक भएको बताए। कुनै फौजदारी मुद्दामा पक्राउ नगरिएको प्रहरीको भनाइ र पर्याप्त कानुनी आधार नभई यो गरिएको उनको तर्क छ।

‘प्रहरीले ‘सेक्युरिटी थ्रेट’ अर्थात् सुरक्षा खतरालाई कारण बताएको छ भने त्यो खतरा वास्तवमा के थियो भन्ने स्पष्ट गरेको छैन। त्यस्तै, प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने योजना नभएको बताइसकेपछि यो सम्पूर्ण प्रक्रियाको अर्थ के हो?’ उनले भने, ‘झन् अस्पष्ट छ। सुरक्षा खतरा वास्तवमै के थियो? घरमै सुरक्षा व्यवस्था थप्नुको सट्टा किन मध्यरातमा प्रहरी कार्यालय लैजानु पर्‍यो? यसको स्पष्ट जवाफ प्रहरीले दिनुपर्छ।’

चिन्ताको मुख्य विषय कारबाहीको तरिका र त्यसबाट जाने सन्देश भन्दै उनले पर्याप्त कानुनी आधारबिना दबाब, भय वा प्रतिशोधको उद्देश्यले यस्तो गरिएको हो भने त्यसले बहालवाला न्यायाधीशहरूमा समेत सरकार वा राज्यसत्ताको प्रतिकूल निर्णय गर्दा भविष्यमा राज्य संयन्त्र प्रयोग हुन सक्छ भन्ने भय पैदा गर्न सक्ने बताए।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले जबराको पक्राउले प्रश्नै प्रश्नमात्र उठाएको प्रतिक्रिया दिए। ‘किन भन्ने प्रश्नहरू छन्। त्यसो किन गरियो, थाहा छैन। फेरि त्यसो किन गरियो, त्यो पनि थाहा छैन। त्यसो गर्नुको तार्किक कारण के हो भन्ने पनि थाहा छैन। थाहा नपाउनुको कारण पनि थाहा छैन,’ उनले भने, ‘न इतिहासका आधारमा थाहा पाउन सकियो, न त अरू कुनै अभ्यासबाट थाहा सम्बन्धी प्रश्नको जवाफ भेटियो। परिणामतः थाहा निरञ्जन निराकार अथाहामा परिणत हुन पुगेको जस्तो भयो।’

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  २२:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या
सम्बन्धित सामग्री
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत... शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् । शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे निर्णय लिने नेताहरूको भनाइ छ । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्