• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

परिवारभित्रको पर्व जितिया

रामदयाल राकेश आइतबार, असोज १८, २०८३  ०८:०३
1140x725

काठमाडौं। देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया पर्व पनि एक मुख्य पर्व हो।

जितिया एउटा पर्व होइन आमाको त्याग, सन्तानप्रतिको माया र दीर्घायुको कामनासँग जोडिएको परम्परा हा। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यो पर्वमा आमाहरू आफ्ना सन्तानको सुख, शान्ति र दीर्घ जीवनको कामना गर्दै कठोर व्रत बस्छन्।

व्रतका क्रममा अन्न मात्र होइन, पानीसमेत नखाने परम्पराले जितियालाई अन्य पर्वभन्दा फरक बनाएको छ। करिब २४ घण्टासम्म निराहार र निर्जल व्रत बस्ने यो परम्परामा धार्मिक आस्था मात्र छैन, सन्तानका लागि आमाले गर्ने त्यागको भाव पनि जोडिएको छ।

संस्कृतिविद् रामदयाल राकेशका अनुसार जितिया पर्व सन्तानको दीर्घायुका लागि आमाहरूले गर्ने कठिन तपस्याको पर्व हो। ‘आमाहरूले आफ्ना सन्तानको दीर्घ जीवनका लागि जस्तोसुकै कष्ट सहन तयार हुन्छन्,’ राकेश भन्छन,जितियाको मुख्य उद्देश्य नै सन्तान दीर्घायु होऊन् र परिवारमा सुख–शान्ति कायम होस् भन्ने हो।’

जितियाको सबैभन्दा कठिन पक्ष व्रत हो। व्रत बसेका महिलाले निश्चित अवधिसम्म अन्न र पानी दुवै त्याग्छन्। सामान्य उपवासभन्दा फरक भएकाले यसलाई कठिन धार्मिक अनुष्ठानका रूपमा लिइन्छ। तर व्रत सुरु हुनुअघि भने विशेष खानपानको चलन छ। एक दिनअघि ‘दर’ खाने चलन छ। जसमा कोदोको रोटी र माछा खाने परम्परा रहेको राकेश बताउँछन्। दर खाएको भोलीपल्ट भने व्रत सुरु हुन्छ। ‘व्रतमा पानी पनि खान हुँदैन, अन्नको त कुरै भएन,’ उनी भन्छन्, ‘यसैबाट पनि जितियाको व्रत कति कठिन छ भन्ने बुझ्न सकिन्छ।’

व्रतको कठिनाइका बाबजुद महिलाहरूले यसलाई सन्तानप्रतिको आफ्नो जिम्मेवारी र धार्मिक आस्थाका रूपमा ग्रहण गर्दै आएका छन्। आफ्नो शरीरले कष्ट पाए पनि सन्तानको जीवन सुखमय होस् भन्ने विश्वासले उनीहरूलाई व्रत बस्ने ऊर्जा दिने गरेको राकेशको भनाइ छ।

जितिया पर्वमा विशेषगरी जिमुतवाहनको पूजा गरिन्छ। सन्तानको दीर्घायुका लागि जिमुतवाहनको आराधना गर्ने धार्मिक परम्परा छ। पूजाका क्रममा घिरौँलाको पातमा ‘खरि’ अर्थात् तेल पेलेपछि बाँकी रहने पिना राख्ने चलन रहेको राकेश बताउँछन्। त्यसलाई धार्मिक विधिअनुसार प्रयोग गरी जिमुतवाहनको पूजा तथा आराधना गरिन्छ। यसमा पूजा विधि जटिल नभए पनि त्यसअघि र त्यसक्रममा पालना गर्नुपर्ने व्रत नै यसको मुख्य कठिन पक्ष हो। पूजा र व्रतसँग जोडिएको मूल कामना भने एउटै हुन्छ—सन्तानको दीर्घायु, सुख र परिवारको शान्ति।

आमाको त्यागको कथा

Ncell 2
Ncell 2
nimb
nimb

जितियालाई बुझ्न यसको धार्मिक विधिभन्दा पर रहेको भावनालाई बुझ्नुपर्ने संस्कृतिविद् राकेशको भनाइ छ। उनका अनुसार सन्तानका लागि आमाले गर्ने त्याग नै जितियाको मूल भाव हो।

आफ्ना लागि कष्ट सहेर भए पनि सन्तानले सुख पाओस, दीर्घ जीवन बाँचोस् र भविष्य उज्ज्वल होस् भन्ने चाहनाले महिलाहरू व्रत बस्छन्। ‘आमाहरूले कष्ट गरे पनि आफ्ना सन्तानले सुख पाऊन्, दीर्घ जीवन पाऊन् भन्ने चाहना हुन्छ,’ राकेश भन्छन,‘प्रत्येक बुबा–आमाको इच्छा यही हुन्छ। तर जितियामा महिलाको भूमिका विशेष हुन्छ।’ त्यसैले जितियालाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र हेर्नुभन्दा आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई अभिव्यक्त गर्ने सांस्कृतिक पर्वका रूपमा पनि बुझ्न सकिन्छ।

मैथिली संस्कृतिको मौलिक पहिचान

तराई–मधेसका विभिन्न समुदायले मनाउने पर्वमध्ये जितियाको आफ्नै सांस्कृतिक पहिचान छ। मैथिली संस्कृतिमा यसको विशेष महत्व छ भने थारू समुदायमा पनि जितिया मनाउने परम्परा छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समुदायअनुसार पूजाविधि र परम्परामा केही भिन्नता देखिए पनि सन्तानको दीर्घायुका लागि व्रत बस्नु यसको साझा पक्ष हो। राकेशका अनुसार अन्य धेरै पर्व विभिन्न समुदाय र संस्कृतिमा फरक–फरक रूपमा मनाइए पनि जितिया मैथिली संस्कृतिको मौलिक पर्व हो। ‘धेरै पर्व सबै समुदाय र संस्कृतिमा कुनै न कुनै रूपमा मनाइन्छन्। तर जितिया मैथिली संस्कृतिको विशिष्ट र मौलिक पर्व हो,’ उनी भन्छन्।

पहाडी क्षेत्र तथा काठमाडौं उपत्यकामा परम्परागत रूपमा जितिया मनाउने चलन नरहेको पनि उनी बताउँछन्। त्यसैले तराई–मधेसको सांस्कृतिक जीवन र मैथिली पहिचान बुझ्न जितियाको आफ्नै महत्व छ।

परिवारभित्रको पर्व

जितियाको अर्को विशेषता यसको पारिवारिक स्वरूप हो। अन्य कतिपय पर्वमा जस्तो ठूलो मेला वा सार्वजनिक जमघट यसको मूल परम्परा होइन। घरपरिवारमै पूजाआजा र व्रतका विधि पूरा गरिन्छ।

यसमा उत्सवको बाहिरी प्रदर्शनभन्दा धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई प्राथमिकता दिइन्छ। आमाहरू व्रत बस्छन्, परिवारका सदस्य पूजाविधिमा सहभागी हुन्छन् र सन्तानको सुख–शान्तिका लागि कामना गरिन्छ। त्यसैले जितियाको कथा बाहिर देखिने चहलपहलभन्दा बढी घरभित्रको भावनासँग जोडिएको छ।

तराई–मधेसमा जितियासँगै पर्वको मौसम पनि विस्तार हुँदै जान्छ। खेतीपातीको काम सम्पन्न गरेपछि कृषक परिवारहरू चाडपर्वको तयारीमा जुट्ने भएकाले यस समय गाउँघरको दैनिकीमा पनि परिवर्तन देखिन्छ। राकेशका अनुसार खेतीको काम सकेर कृषकहरू पर्व मनाउने तयारीमा लाग्ने गर्छन्। ‘खेतीबारीको काम सम्पन्न गरेर अहिले पर्व–तिहारको रमझम सुरु भएको छ,’ उनी भन्छन,‘कृषकहरू खेतीको काम सकेर निश्चिन्त भएर पर्व मनाउने गर्छन्।’

जितियाको व्रतसँगै तराई–मधेसमा दसैँलगायतका प्रमुख पर्वको माहोल पनि थप बाक्लिँदै जान्छ। खेतबारीको व्यस्तताबाट केही समय विश्राम लिएर परिवारसँगै पर्व मनाउने क्रम सुरु हुन्छ।

तर यी पर्वमध्ये जितियाको कथा भने केही फरक छ—यहाँ उत्सवको केन्द्रमा आमाको अनुहार हुन्छ। हातमा पूजाको सामग्री र ओठमा सन्तानको दीर्घायुको कामना बोकेर आमाहरू निर्जल व्रत बस्छन्। आफूले कष्ट सहेर सन्तानको जीवन सुखमय होस् भन्ने कामना गर्नु नै जितियाको मूल भावना हो। यही भावनाले पुस्तौँदेखि तराई–मधेसको सांस्कृतिक जीवनमा जितियालाई निरन्तरता दिँदै आएको छ।

 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्