काठमाडौ - कैलालीकाे धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
बिहीबार सांझ ७ बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
उक्त दुर्घटनामा मोटरसाइकल चालकसहित ३ जना र स्कुटी चालकसहित २ जना गरी ५ जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाइएकोमा स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने वर्ष ३५ की सुशिला बमलाई थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव सोही अस्पतालमा रहेको छ। दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।