



काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् भने दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्ने छन् ।
५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ, ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ ।
सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ ।
चितवन अंक तालिकाको पाँचौं स्थानमा छ । उसले ५ खेलमा २ मा जित,२ मा हार र एकमा वर्षका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो । जनकपुर अंक
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् भने दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्ने छन् ।
५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ, ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ ।
सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ ।
चितवन अंक तालिकाको पाँचौं स्थानमा छ । उसले ५ खेलमा २ मा जित,२ मा हार र एकमा वर्षका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो । जनकपुर अंक तालिकाको छैटौं स्थानमा छ । ६ खेलमा ४ खेल हार्दा २ खेल मात्र जितेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।