काभ्रे – बनेपाको बुडोलमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको र विपरित दिशाबाट आउँदै गरेको बस एकआपसमा ठोक्किएपछि घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल लगिएको छ ।
१६ जनाको शिर मेमोरियल अस्पताल र चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।