



काठमाडौं– बनेपाको बुडोलमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा घाइते भएका २५ जनाको पहिचान खुलेको छ ।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएपछि घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल लगिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीले घाइतेहरुको पहिचान भएको जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको नाम र अवस्था यस प्रकार रहेको छ ।
शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेहरूः
बनेपा नगरपालिका–३ का ५८ वर्षीय दुर्गा सिमथान । टाउको दुखेको, अवस्था सामान्य ।
भुम्लु गाउँपालिका–१ का ४० वर्षीय मनिष पहरी । नाक र मुखमा चोट, अवस्था मध्यम।
बनेपा नगरपालिका–५ का २६ वर्षीया उर्मिला महत । टाउकोमा चोट, अवस्था मध्यम।
उर्मिला महतका ११ वर्षीय छोरा युसन बुर्जा। दाहिने खुट्टामा चोट, अवस्था सामान्य।
खोटाङ, दिक्तेलका ५५ वर्षीया देवकी निरौला। दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
सिन्धुपाल्चोक, लिशंखुपाखर गाउँपालिका–३ का १६ वर्षीय छिरिङ लामा। मुखमा चोट, अवस्था सामान्य ।
सुनकोशी गाउँपालिका–५ का २० वर्षीया दिपा कुँवर। मुखमा चोट, अवस्था सामान्य।
साँगाचोक नगरपालिका–१२ का ४० वर्षीया कल्पना खत्री। बायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम।
सुनकोशी गाउँपालिका–५ का ४० वर्षीय पाम्देल लामा। मुखमा चोट, अवस्था सामान्य।
लिसंखुपाखर गाउँपालिका–३ का ४१ वर्षीया राममाया तामाङ। मुखमा चोट, अवस्था सामान्य।
सुनकोशी गाउँपालिका–४ का २६ वर्षीय अभिनाश खड्का। अनुहारमा चोट, अवस्था मध्यम।
सुनकोशी गाउँपालिका–६ का ४१ वर्षीया संगिता कार्की। दाँतमा चोट, अवस्था सामान्य।
संगिता कार्कीका अन्दाजी ८ वर्षीय छोरा आरोब बुढाथोकी। बायाँ घुँडामा चोट, अवस्था सामान्य।
सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३४ वर्षीया आसा सापकोटा। बायाँ खुट्टामा चोट, अवस्था सामान्य।
सुनकोशी गाउँपालिका–१ का अन्दाजी ५० वर्षीय एक ब। खत्री। छातीमा चोट, अवस्था सामान्य।
काभ्रे, भुम्लु गाउँपालिका–५ का अन्दाजी ६० वर्षीया कान्छी खरेल। निधारमा चोट, अवस्था सामान्य।
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका–८ का अन्दाजी ५० वर्षीया कृष्णलक्ष्मी श्रेष्ठ। दुवै खुट्टामा चोट, अवस्था सामान्य।
काठमाडौंका अन्दाजी ५५ वर्षीया मानकुमारी शाह। मुखमा चोट, अवस्था सामान्य।
सिन्धुली, हरिहरपुर नगरपालिका–४ का ३३ वर्षीया सबिना खड्का। बायाँ खुट्टामा चोट, अवस्था सामान्य।
काभ्रे, धुलिखेल नगरपालिका–८ का १४ वर्षीय असिम पन्त। टाउकोमा चोट, अवस्था मध्यम।
असिम पन्तकी १० वर्षीया बहिनी अस्मी पन्त। दाहिने हातमा चोट, अवस्था सामान्य।
धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरूः
काभ्रे, भुम्लु गाउँपालिका–८ का ३८ वर्षीया सबिना खड्का। दाहिने खुट्टाको घुँडामा चोट, अवस्था सामान्य।
सोही स्थानका १६ वर्षीया सानिया खड्गी। दाहिने खुट्टाको घुँडामा चोट, अवस्था सामान्य।
पाँचखाल नगरपालिका–१० का १६ वर्षीय रोहन आचार्य। दाहिने खुट्टामा चोट, अवस्था सामान्य।
दोलखा, मेलुङ गाउँपालिका–१ का १६ वर्षीया सुनिता थपौलिया। दाहिने घुँडामा चोट, अवस्था सामान्य।
प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।