काठमाडौं - विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) ३ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
लामिछानेले पोखरा एभेन्जरस विरुद्ध लगातार ३ बलमन विकेट लिदै ह्याट्रिक पूरा गरे। उनले पन्ध्रौँ ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा युवराज शाम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नाको विकेट लिंदै ह्याट्रिक पुरा गरेका हुन्। सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिए ।सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट झारे।
यसअघि ह्याट्रिक लिने खेलाडीमा शाहब आलम र रोहित पौडेल रहेका थिए।
रोहित र शाहबले एनपीएलको दोस्रो सिजनमा ह्याट्रिक गरेका थिए। रोहितले फाइनलमा सुदूरपश्चिमकाविरूद्ध ह्याट्रिकसहित ३ विकेट लिएका थिए। शाहबले काठमाडौंकाविरूद्ध ह्याट्रिकसहित ६ विकेट लिएको रेकर्ड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।