• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भीमफेदी दुर्घटनाः एउटै परिवारका ६ जनाको मृत्यु, सर्लाहीको सुन्दरपुर शोकमा

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २६, २०८३  २०:३२
1140x725

सर्लाही - छठ पर्व मनाउन परिवारसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने सपना बोकेर काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रुहरूको यात्रा मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनासँगै सदाका लागि अन्त्य भएको छ । दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनासहित चालकको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ ।

मधेश प्रदेश ०३–००१ ज ००८ नम्बरको यात्रुवाहक विद्युतीय हाइस गाडी बिहीबार बिहान ५ः५५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

छठ पर्वको तयारीमा जुटेको सुन्दरपुर गाउँमा दुर्घटनाको खबर फैलिएसँगै उत्सवको वातावरण एकाएक शोकमा परिणत भएको छ । रोजगारीका सिलसिलामा काठमाडौँमा बस्दै आएका गाउँलेहरू परिवारसँग छठ मनाउन घर फर्किंदै गर्दा दुर्घटनामा परेपछि गाउँभरि रुवाबासी चलेको छ । मृतकका आफन्त, छरछिमेक र परिवारजन शोकमा डुबेका छन् ।

स्थानीय नितेश कुमारका अनुसार दुर्घटनाको खबरपछि सुन्दरपुरको अवस्था अत्यन्तै पीडादायी बनेको छ । आफन्तहरू घरमा शव आउने प्रतीक्षामा छन् । कुनै आफन्त वा चिनजानको व्यक्ति घर पुग्दा पनि परिवारजनको चिच्याहटले गाउँ नै स्तब्ध हुने गरेको उहाँले बताउनुभयो ।

दुर्घटनाले सबैभन्दा ठूलो बज्रपात सुन्दरपुरकी निर्मला देवीको परिवारमा परेको छ, परिवारका ६ जनाको यस दुर्घटनामा मृत्यु भएको छ । श्रीमान् राम सुनर रायको आठ वर्षअघि निधन भएपछि जेठा छोरा अवधेश यादवले काठमाडौँको जडीबुटी क्षेत्रमा तरकारी व्यापार गरेर परिवारको पालनपोषण गर्दै आएका थिए ।

छठ पर्व मनाउन अवधेशले बुधबार राति श्रीमती पुनम यादव, छोरीहरू १० वर्षीया अनु यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, छोरा कात्तिक यादव तथा भाइहरू २५ वर्षिइ विकेश यादव र १६ वर्षिय सुधेश यादवलाई गाडी चढाएर घर पठाएका थिए । आफू काठमाडौँमै बसेका कारण अवधेश भने सुरक्षित छन् । तर, उनले घर पठाएका आफन्तमध्ये १६ महिने छोरा कात्तिक मात्र जीवित छन् । उनी पनि घाइते अवस्थामा छन् ।

अवधेशकी श्रीमती पुनम आठ महिनाकी गर्भवती थिइन् । उनका भाइ विकेश इन्जिनियरिङ अध्ययन पूरा गरेर घर फर्किंदै थिए । परिवारसँग छठ मनाउने र आमासँग खुसी साट्ने उनीहरूको सपना दुर्घटनाले चकनाचुर बनाएको छ । एउटै परिवारका सदस्य गुमाउँदा निर्मला देवीको घर अहिले शोकमा डुबेको छ ।

त्यस्तै, सुन्दरपुरका निरशु यादवले छोरा ४० वर्षीय राकेश राय र १४ वर्षीय नाति रोहन राय गुमाउनुभएको छ । घरअगाडि बसेर उहाँ अहिले छोरा र नातिको शव आउने प्रतीक्षामा हुनुहुन्छ । परिवारका महिलाहरू विक्षिप्त अवस्थामा छन् । राकेशकी श्रीमती छठ मनाउन दुई नातिनी र एक नातिलाई लिएर दुई दिनअघि नै गाउँ आइसकेकाले उनीहरू भने सुरक्षित रहेका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

यसै दुर्घटनामा निरशु रायका भाइ चन्देश्वर रायका २५ वर्षीय छोरा सुवोध रायको समेत मृत्यु भएको छ ।

सुन्दरपुरकै निरस रायको परिवारमा पनि अर्को ठूलो विपत्ति परेको छ । उहाँका दुई छोरा एउटै गाडीमा घर फर्किंदै थिए । तीमध्ये २५ वर्षीय रामदुलार रायको दुर्घटनामा मृत्यु भएको छ भने ३० वर्षीय देवेन्द्र राय घाइते भएका छन् ।

आँखाभरि आँसु पार्दै निरस रायले केही वर्षअघि जेठा छोरा रोजगारीका लागि भारतको मुम्बईमा रहँदा निधन भएको पीडा सुनाउनुभयो । अहिले फेरि काठमाडौँबाट घर फर्किंदै गर्दा अर्को छोरा गुमाउनुपरेको उहाँको भनाइ छ । जीवित रहेका छोरा पनि घाइते भएकाले उपचारमा सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

त्यस्तै, सुन्दरपुरका अमिरी रायका २ वर्षीय छोरा राम प्रवेश यादवको पनि दुर्घटनामा मृत्यु भएको छ । प्रमोद यादवका छोरा २६ वर्षिय गुड्डु यादव र बुहारी २४ वर्षकी गायत्री देवीले समेत ज्यान गुमाएका छन् । उनीहरूका पाँच वर्षीय छोरा सक्षम यादव र तीन वर्षीय छोरा सुजन यादव दुर्घटनामा घाइते भएका छन् । कलिला उमेरमै दुवै बालबालिकाले अभिभावक गुमाउनुपरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुर्घटनामा गाडीका चालक कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर मण्डलको पनि मृत्यु भएको छ । त्यस्तै, सुन्दरपुरका बासदेव रायका ३३ वर्षीय छोरा मुकेश यादव घाइते भएका छन् ।

रोजगारीका लागि काठमाडौँमा बसेर परिवारको भविष्य निर्माणमा जुटेका सुन्दरपुरवासी छठ पर्वमा घर फर्किंदै गर्दा भएको यो दुर्घटनाले गाउँका धेरै परिवारको खुसी खोसेको छ । कतै आमाले सन्तान गुमाएकी छन्, कतै बालबालिकाले अभिभावक गुमाएका छन् ।

छठको प्रसाद, पूजाको तयारी र पारिवारिक भेटघाटको प्रतीक्षामा रहेको सुन्दरपुर अहिले आफ्ना प्रियजनको अन्तिम बिदाइको तयारीमा छ । पर्वको उमंग छाउने बेला गाउँभरि शोक र पीडाको सन्नाटा फैलिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भीमफेदी दुर्घटनाः एउटै परिवारका ६ जनाको मृत्यु, सर्लाहीको सुन्दरपुर शोकमा
सत्ताधारी दल रास्वपाकाे टाेली चीन जाने
भिमफेदी दुर्घटना अपडेटः मकवानपुर सिडियोले गठन गरे छानबिन समिति
सम्बन्धित सामग्री
भीमफेदी दुर्घटनाः एउटै परिवारका ६ जनाको मृत्यु, सर्लाहीको सुन्दरपुर शोकमा दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनासहित चालकको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ । बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना अपडेटः मकवानपुर सिडियोले गठन गरे छानबिन समिति आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकायले अपनाउनुपर्ने उपायसमेत सुझाउन भनिएको छ। बिहीबार, कात्तिक २६, २०८३
सिड्नी विमानस्थलमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फेला प-यो, २७ वर्षीय युवकविरुद्ध मुद्दा आरोपितमाथिको अनुसन्धान जारी रहेकाले अदालतबाट दोषी ठहर नभएसम्म उनलाई निर्दोष मानिने अस्ट्रेलियाली कानुनी सिद्धान्त लागू हुन्छ वकिलहरु... बिहीबार, कात्तिक २६, २०८३
ताजा समाचारसबै
भीमफेदी दुर्घटनाः एउटै परिवारका ६ जनाको मृत्यु, सर्लाहीको सुन्दरपुर शोकमा बिहीबार, कात्तिक २६, २०८३
सत्ताधारी दल रास्वपाकाे टाेली चीन जाने बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना अपडेटः मकवानपुर सिडियोले गठन गरे छानबिन समिति बिहीबार, कात्तिक २६, २०८३
सिड्नी विमानस्थलमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फेला प-यो, २७ वर्षीय युवकविरुद्ध मुद्दा बिहीबार, कात्तिक २६, २०८३
टस जितेर कर्णाली ब्याटिङमा बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
ममता काफ्ले हत्यामा दाेषी ठहर भएका नरेशलनई कति हुन्छ सजाय , कहिले हुन्छ निर्धारण ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्