



काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने भएकाे छ ।
टाेली कार्तिक २९ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमणमा जाने रास्वपा प्रवक्ता जगदीश खरेलले बताए ।
भ्रमणका क्रममा आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका बहुआयामिक बहुआयामिक पक्षहरूमा छलफल हुने छ।
दुवै पार्टीले र यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन।
महामन्त्री आचार्यको नेतृत्वमा भ्रमणमा जाने सदस्यहरूमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल,सुशान्त वैदिक,, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह, रत्ना थापा रहेकाे खरेलबाट बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनकाे भारत भ्रमणकाे तयारी भइरहेको बेला रास्वपाकाे उच्चस्तरीय टाेली चीन जाने रणनीतिलाई अर्थपूर्ण रूपमा लिइएकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।