• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २७, २०८३  २१:५३
1140x725

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले जातीय विभेद तथा छुवाछूतविरुद्ध लामो समयदेखि प्रदर्शन भइरहँदा पनि सरकारले वार्ता र समस्या समाधानका लागि पहल नगरेको भन्दै  प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारकोआलोचना गरेका छन् ।

‘सरकार, कोठा खाली छ’ भन्ने नारासहित २०९ दिनदेखि माइतीघर मण्डलामा जारी प्रदर्शनमा सहभागी हुँदै ढुंगानाले जातीय विभेदजस्तो समस्या २१औँ शताब्दीमा पनि कायम रहनु दुःखद भएको बताए । उनले २०९ दिनदेखि आन्दोलनरत महिलाको माग सुन्नसमेत सरकारले चासो नदेखाएको टिप्पणी गरे ।

‘२०९ दिनदेखि कोही महिला जातीय विभेदविरुद्ध माइतीघरमा बसिरहनुभएको छ । कम्तीमा वार्ताका लागि पनि नबोलाउने, एजेन्डा के हो भनेर पनि सुन्न नआउने र अहिले पनि सरकारभन्दा सडक नै नजिक भएको अवस्था हुनु युवाको सरकारलाई सुहाउँदो कुरा होइन,’ उनले भने ।

उनले सरकारले नागरिकसँग नजिक भएर काम गर्ने अपेक्षा गरिए पनि व्यवहारमा त्यसो हुन नसकेको बताए । जातीय विभेद अन्त्य गर्नु जेनजी आन्दोलनको पनि चाहना भएको उल्लेख गर्दै उनले सरकारले यस्ता सामाजिक समस्याको समाधान खोज्नुपर्ने धारणा राखे ।

ढुंगानाले सुशासनलाई सरकारी कार्यालयमा भ्रष्टाचार नहुनुमा मात्रै सीमित गर्न नहुने बताए । आर्थिक वृद्धि, जनजीविकामा सुधार, महँगी नियन्त्रण र देशभित्रै रोजगारी तथा अवसर सिर्जना पनि सुशासनकै महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो ।

‘सुशासन भनेको सरकारी कार्यालयमा मात्रै हुनु हो त ? कि आर्थिक वृद्धि, जनजीविकामा सुधार, महँगी नियन्त्रण र देशमा अवसर हुनु पनि सुशासनभित्र पर्छन् ?’ उनले भने ।

उनले वर्तमान सरकारप्रति जनताको अपेक्षाअनुसार काम हुन नसकेको टिप्पणी गर्दै सरकारको विकल्पका रूपमा तेस्रो राजनीतिक ध्रुव आवश्यक हुन सक्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको आशा र समर्थनअनुसार काम गर्न नसके वैधानिक प्रक्रियाबाट विस्थापित हुनुपर्ने उनको भनाइ थियो ।

‘नेपाली जनताले आशाको समर्थन गरेका हुन् । आशाअनुसार उहाँहरूले काम गर्नुभएन भने उहाँहरू विस्थापित हुनैपर्छ । वैधानिक तरिकामा उहाँहरू विस्थापित हुनुपर्छ र विद्रोहपछिको नयाँ शक्ति आउनुपर्छ,’ उनले भने ।

Ncell 2
Ncell 2
nimb
nimb

ढुंगानाले आफूहरू वर्तमान सरकारको आलोचना गर्दैमा आन्दोलनबाट पछि नहट्ने पनि स्पष्ट पारे । निर्वाचनअघि नै सरकार गठनको प्रक्रियाबारे असहमति राखेको स्मरण गर्दै उनले आफूहरू वैचारिक रूपमा निरन्तर प्रतिपक्षमा रहने बताए ।

उनले भने, ‘म व्यक्तिगत रूपमा आशावादी बन्न चाहन्छु तर तपाईंहरूले स्पष्ट रूपमा सोध्नुहुन्छ भने निर्वाचनभन्दा पहिला नै यो हुनुहुँदैन भनेको हो । आज सात महिनामा आउँदा देखियो नि त, म सही प्रमाणित भएँ ।’

उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि राजनीतिक रूपमा आफू वर्तमान सरकारको प्रतिपक्षमा रहेको उनको भनाइ थियो ।

‘व्यक्तिगत मित्रता, व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा होला । राजनीतिक रूपमा म उहाँको प्रतिपक्षी भएर, उहाँको सरकारको प्रतिपक्षीको रूपमा उभिरहेको छु । हाम्रो राजनीतिक दृष्टिकोण मिल्दैन,’ उनले भने ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ढुंगानाले सरकारलाई अझै पनि जनताको अपेक्षाअनुसार काम गर्ने अवसर रहेको बताउँदै मुलुक विकास र समृद्धिको बाटोमा अघि नबढे आफूहरू वैचारिक रूपमा संघर्ष गर्न तयार रहेको बताए । उनले व्यक्तिगत स्वार्थभन्दा देशको हितलाई प्राथमिकतामा राखेर आफूहरू अघि बढ्ने पनि स्पष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  २१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? उनले यसअघि केपी शर्मा ओली, सुशीला कार्की र वर्तमान सरकारको समेत आलोचना गर्दै आएको उल्लेख गरे । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा भए पनि... शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै वैकल्पिक डिजिटल भुक्तानी प्रणालीको व्यवस्था नहुँदासम्म सेवाग्राहीले सरकारी शुल्क नगदमै बुझाउनुपर्ने भएकाले दूतावास जानेहरूले आवश्यक... शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात गर्दैछन् । छठ पर्वका लागि घाटह... शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्