काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा भएको छ ।
रसुवा बाढीपछि १५ भदौसम्म रोकिएको कार्यक्रम सरकारले एकैपटक १ असोजमा महिनाभरीको विजेताहरू घोषणा गरेको हो ।
अर्थमन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले बिहीबार भदौ महिनाका लागि ३२ जना विजेता घोषणा गरेको हो । विभागका अनुसार २ जनाले १०/१० लाख रुपैयाँ जितेका छन् भने ३० जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् ।
१५ भदौसम्मको कार्यक्रममा सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने उपहार कुपन नम्बर ०३६४४७८५२३७८ ले १० लाख रुपैयाँ जितेको छ ।
यसैगरी, १५–३१ भदौसम्मको कार्यक्रममा कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैयाँ जितेको विभागले जनाएको छ ।
अरु ३० जनाले दैनिक एक/एक लाख रुपैयाँका दरले पुरस्कार पाएका हुन् ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।