• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

देवकोटा : नेपाली साहित्यका मिथक

स्वप्निल स्मृति सोमबार, कात्तिक ७, २०७९  १७:१२
1140x725

आधुनिक नेपाली कवितामा नछुट्ने नाम हो, लक्ष्मीप्रसाद देवकोटा। कविता सिर्जना मात्र होइन, उनको दैनिकी, खानपान, पहिरन लगायत उनको जीवनशैली सार्वजनिक भइसकेका छन्। अब त उनी कसैको जबर्जस्त आदर्शभन्दा पनि नेपाली कवितामा मिथझैं स्थापित भएका छन्। नेपाली साहित्यमा एउटा मिथक हुन्, देवकोटा।

उनलाई राम्रो-नराम्रो, ठूलो-सानो कविभन्दा पनि महाकविकै रुपमा हामीले पढ्दै आएका हौं। त्यही रुपमा बुझ्नुपर्छ।

मैले उनका सबै काव्य त पढेको छैन। मुनामदन खण्डकाव्य सानैमा पढियो। 'पागल', 'यात्री' जस्ता कविताहरु बोध गरेको छु। 'लक्ष्मी निबन्धसंग्रह'का साथै उनका फुटकर निबन्ध पनि अध्ययन गरेको छु।

मुनामदन चाहिँ आम नेपाली समाजको भुइँतह वर्गसम्म पुगेर लेखिएको खण्डकाव्य हो। यसैले पनि मुनामदन उनको जीवनकै सर्वोत्कृष्ट कृति बन्न पुग्यो। लोकलयमा आधारित झ्याउरे छन्द उसै पनि सबैले रुचाउँछन्। मुनामदनमा उनले यही प्रयोग गरे, पछि त सबैको जिब्रोजिब्रोमा झुन्डिने भइहाल्यो। 

कतिपयलाई महाकवि भनेका को हुन् भन्ने थाहा छैन, तर ‘मुनामदन’ कण्ठ छ। यो त उखानजसरी नै स्थापित भइसक्यो। यी लाइन हेरौं न-

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।

‘मुनामदन’भित्रको यो दुई लाइनले नै बृहत् आयाम बोकेको छ।

आदर्शभन्दा पर
राणाकालीन समयमा उदाएर र पञ्चायतको सकस भोगेका देवकोटामा समतामूलक समाज निर्माणको चेत थियो। एकतन्त्रीय राणाहरुको कठोर कालमा उनी गरिब, दु:खी र दलितहरुको पक्षमा थिए। त्यो समयमा पनि उनले डरधक मानेनन्। मानवतावादी कवितामा उनको त्यो मर्म बुझ्न सकिन्छ। समाजको जडता विरुद्ध उनी कवितामा क्रान्तिकारी भएरै देखापरे। 

Ncell 2
Ncell 2
nimb
nimb

उनको समयमा संख्यात्मकसँगै गुणात्मक साहित्यको माग थियो। उनले त्यो अभाव पूर्ति गर्न पनि सक्दो लेखेकै हुन्। कविताको त्यो कालखण्डमा अभाव हुन दिएनन् पनि। 

उनी जुन ढंगले लेख्थे, एकसरो लेखेपछि फेरि दोहोर्‍याएर साफी नगर्ने गरेको सुन्न र पढ्न पाइन्छ। त्यो उनको आफ्नै शैली होला। किनकि उनी कुनै जड सिद्धान्त वा वैचारिकताको साङ्लोमा बाँधिएका थिएनन्। स्वच्छन्द शैलीमा भावनाको तीव्र वेगले कविता उमार्थे र खोलाको गडगडाहट जसरी लेख्थे। 

एउटै व्यक्तिले त्यो बेलाको समाजलाई तरंगित बनाएको सत्य हो। उनी आदर्शभन्दा परका कवि हुन्। उनको आफ्नै क्षमता, प्रतिभा र व्यक्तित्व थियो। उनी जस्तो हामी बन्न सक्दैनौं। 

देवकोटाका राम्रा पक्ष
उनका धेरै राम्रा पक्ष छन्। समाजमा प्रभाव पार्न उनको त्यो प्रतिभाले भूमिका खेलको छ। उनका सबलतालाई बुँदागत रुपमा यसरी भन्न सकिन्छ- 
१. समाजको अन्धकार र जडता चिरेर प्रगतिशीलता अँगालेका कवि हुन् उनी।
२. जुन बेला जागृतिका साहित्य लेखिनुपर्थ्यो। उनले त्यो आवश्यकतालाई परिपूर्ति गरे।
३. तीव्र लेखनशक्ति भएर पनि उनका धेरै कविता उत्कृष्ट बन्न सफल छन्। उनमा त्यो प्रतिभा थियो।
४. गरिब, दु:खीहरुको पक्षमा सरल सहज भाषामा कविता लेख्ने क्षमताले पनि सामान्य पाठकले उनलाई प्रिय मान्छ।
५. मानवतावाद र प्रगतिशील चेतनालाई उनले एकसाथ अघि बढाए।

Xtrem

Xtrem

ईश्वरीय देवकोटा
उनमा रहेको उच्च ईश्वरीय भक्तिभावको चर्चा पनि भइरहन्छ। ईश्वरको निन्दा गर्नेहरु मानिस पनि छन्। तर, ईश्वर त आद्यविम्ब हो सबैको। खण्डन गरे तापनि सबैको हृदयपत्रको कुनामा कतै न कतै ईश्वरको छाप रहेकै हुन्छ, मधुरो छाया जस्तो। यो आफैंमा रहस्यपूर्ण छ। यसैलाई मान्छेले प्रेम गरेर हिँडेको हुन्छ, त्यो ईश्वरै होओस् वा उसको विश्वास!

देवकोटाको मनमा पनि यस्तै रहस्य थियो भन्न सकिन्छ। उनी ईश्वरभक्त थिए। तर, आस्तिकवादले ग्रस्त थिए भनेर आलोचना गर्नुको तुक छैन। यसो भनूँ, एउटा कवि जो विम्बात्मक हिसाबले ईश्वरलाई प्रेम गर्थे। 

'यात्री' कविमा पनि उनले ईश्वर मन्दिरमा होइन, मान्छेको मनभित्र रहन्छ भनेका छन्। मानवताको सेवामा ईश्वरले बास गर्छ भनेर लेखेका छन्। मृत्युको अन्तिम अवस्थामा पनि उनले 'आखिर श्रीकृष्ण रहेछ एक..' भनेरै लेखेका थिए।

उदारताको पराकाष्ठा
अहिलेको पुस्ताका कविले उनको महाकाव्य पढ्छन् भनेर म विश्वास गर्न सक्दिनँ। पाठ्यक्रममा राखिएकाले धेरै विद्यार्थीले देवकोटाको खण्डकाव्य, महाकाव्य पढेका होलान्। 

उनको शैली, काव्यचेतनालाई हरेकले फरक-फरक ढंगले प्रभाव ग्रहण गरेका छन्। उनको व्यक्तित्वबाट कति सिक्ने भन्ने कुरा अर्को पाटो भयो। गरिबलाई कोटै दिने, जति पैसा छ, दु:खीहरुलाई बाँड्दै हिँड्ने खालको उनको जुन स्वभाव थियो, उदारताको पराकाष्ठा हो त्यो। अहिलेको युगमा त त्यो सम्भव छैन।

एउटा व्यक्तिले आफूलाई जलाएर पनि समाजका लागि दियो झैं बलेर कसरी चेतना छर्न सक्छ भनेर उनीबाट प्रेरणा लिन सकिन्छ। यथार्थमा त उनको अस्तव्यस्त जीवनशैलीबाट सिक्नैपर्ने केही छैन। तर पनि, उनी त्यति उदार र मानवतावादी थिए भने हामीले किन प्रयास नगर्ने भनेर प्रेरणा चाहिँ लिन सक्छौं। कविहरु मात्र होइन, समाजका अरुले पनि उनीबाट प्रभाव ग्रहण गर्नुपर्ने पक्ष धेरै छन्।


अर्काइभबाट। कुराकानीमा आधारित यो सामग्री नेपाल लाइभमा पहिलोपटक २o७४ कात्तिक २ गते, बिहीबार प्रकाशित भएको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १७:१२
  • #लक्ष्मीप्रसाददेवकोटा
  • #लक्ष्मीजयन्ती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्