• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

नादसँग झङ्कृत हुँदा

आँचलकुमार शर्मा शनिबार, वैशाख २७, २०८२  १४:२२
1140x725

काठमाडौं–सरकारी सेवाबाट निवृत्त भएपश्चात् आफूलाई पूर्णरूपमा लेखनको दुनियाँमा सक्रिय बनाउनुभएका डा. भोजराज घिमिरेद्वारा यस अघि नै सृजना गरिएका साहित्यका विभिन्न विधाहरू मध्ये कविता , गीत ,गजल , कथा र उपन्यास गरेर ८ ओटा कृति प्रकाशित भइसकेका छन्।प्रस्तुत गजल सञ्चयन ‘नाद’ घिमिरेको नवौँ कृति हो भने प्रकाशोन्मुख गजल सञ्चयन ‘लहड’ नेपाली गजल साहित्यमा एक इतिहास रच्ने सङ्घारमा छ।जसको पछि चर्चा गरौँला।

समीर मिडिया एण्ड प्रकाशन प्रा.लि. ले बजारमा ल्याएको प्रस्तुत कृति ३ खण्डमा खण्डीकृत छ। 
(१)उकुसमुकुस
(२)साधना
(३)साधनोत्तर

१)उकुसमुकुसः-
हररात दीयो जल्छ तिम्रो यादमा 
भिज्दै परेली गल्छ तिम्रो यादमा (पृ.१०)

तिमीले जान्छु मात्रै के भनेथ्यौ
हिडेझैँ लाग्यो यो कोठा उठेर(पृ.१२)

उक्त खण्डमा १२ ओटा गजल समावेश गरिएका छन् जहाँ शायरका उकुसमुकुस शब्द र शेर मार्फत प्रस्ट देख्न सकिन्छ।

२)साधनाः-
यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ।

टल्किन्छ जून हरदम बग्दो ‘नदी-बगर’मा 
दिलको तलाउ तिम्रो के हेर्नु सङ्कुचित छ(पृ.१४)

नराख्नू खुला वस्त्र कहिल्यै धराले
बदनमाथि अम्बरको आँखा अझै छ (पृ.२२)

Ncell 2
Ncell 2
nimb
nimb

साधना भनेको निरन्तर बग्ने झरना हो।जसले परिआए ढुङ्गा खियाउन पनि सक्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ।किनकि यस खण्डमा शायरद्वारा शेरलाई प्रस्तुत गर्ने शैलीले बोल्छ।

चढेर हिड्नू तिमी नै कुवेरको घोडा
हुँ’ला सइस म,मलाई जगर भए पुग्छ(पृ.२६)

कहाँ मैलिने हो ,कहाँ मेटिने हो ?
रहर बैँसको एक टीका रहेछ(पृ.३१)

रातभर चुम्बन दियो यस सिरानीले 
अब बिहानी देखि टाढा हुने मन छ(पृ.३७)

शायर कसरी प्रस्तुत भयो भन्दापनि शायर कहाँ पुग्यो भन्ने कुरा प्रस्तुत शेरमा प्रतीत हुन्छ।

पियो कर्दले रक्तका बूँद एक्लै
अचानो बनेँ घाँटी व्यर्थै चढाई(पृ.८४)
•••
शायरले अचानोको बिम्वलाई बडो !कलात्मक रूपले उतारेका छन्।

७६ ओटा गजल समेटिएको यस खण्डमा शायरले आफूलाई शिष्ट साधकको दायरामा राखेर आफ्नो वैशिष्ट्यलाई गजलका शेर मार्फत प्रस्तुत गरेका छन्।
 प्रस्तुत शेर मार्फत शायर उद्घोष गर्छन् र तेस्रो खण्डमा प्रवेश गर्छन् ।

म अभ्यस्त बन्दै गएको छु दिनदिन
सधैँ फूलमा हिड्छु काँडा बिछ्याई(पृ.८४)

३)साधनोत्तरः-
२२ ओटा गजल समेटिएको यस खण्डसम्म आइपुग्दा शायर परिपक्व भएको देखिन्छ।प्रस्तुत शेरहरू मार्फत अब शायरको परिपक्वतालाई महसूस गर्दै पढौँ।

गुलाफी ओठले सज्जित सगर के देखियो सामु
रहरको एउटा चङ्गा विना धागो उडेको छ(पृ.९६)

बगर परेँ कि बालुवा नदीविना म खोँचमा?
खुशी कतै खडेरीमा परेको बाछिटा भयो(पृ.९८)

कुनै दिन मौनता मेरो तिमीलाई नहोस् भारी 
यही सानो व्यथा मेरो तिमीलाई नहोस् भारी(पृ.१०३)

न दियौ खुशीको मौका ,न गयौ दुखी बनाई
नमरी मरेँ म पलपल नहुँदा तिमी नजिकमा(पृ.११२)

पूर्णरूपमा शास्त्रीयतालाई अबलम्बन गरेर ‘नाद’भित्र समेटिएका गजलहरूमा जीवन , संस्कृति ,रीतिथिति, जगत् र प्रणय जस्ता थुप्रै विषय प्राप्त हुनेछन्।जसलाई शायरले चामत्कारिक हिसाबले प्रस्तुत गरेका छन्।अझ प्रेम र प्रणयपरक विषयमा कलात्मक कलम चलेको पाउन सकिन्छ।

पापको ऊ सागरमाथा हो, यही बुझ् तँ ए ईश्वर
धर्मको नाममा पैसा फाली उद्धार खोज्दै छ(पृ.७४)
***
उक्त शेरमा शायर जगत् लेख्छन् भने प्रस्तुत शेर मार्फत प्रणयलाई यसरी सम्मान गर्छन्।

अझै जिन्दगी आफ्नो तिमीभित्र खोज्दै छु 
तिमी बिम्वकी ‘ऐना’ लजाएर के हुन्छ (पृ.८२)

‘नाद’ पढ्दै गर्दा  कुनै शेर हलुका लाग्न सक्छ।जहाँ हलुकाभित्र भार छ।अनि कुनै अति क्लिष्ट पनि लाग्न सक्छ।त्यो क्लिष्टता भित्र शालीनता छ।यी दुवै कलाका धनी हुन् शायर।किनकि कुनै कुनै शायरलाई बुझ्न एउटा होइन दुइओटा दिमाग खर्चिनुपर्ने हुन्छ।हो तिनै शायर मध्ये एक हुन् भोजराज घिमिरे।

उसो त “सर्जक एक मुहान हो भने पाठक एक समुद्र हो” भनिन्छ।अर्थात् सर्जक भन्दा पाठक जहिले पनि दश कदम अगाडि हुन्छ।यो भनाइ एकातिर राखेर शायरले कृतिभित्र हरेक गजलका अन्त्यमा बहरका अर्कान सहित गजल प्रस्तुत गर्नुको आशय भनेको नवसर्जकहरूलाई सजिलो होस् भन्ने हेतुले हो भन्ने लाग्छ।

शायरले बहरको तानमा शाब्दिक पराललाई भाषा र कलाको हतासोले ठोकेर सुन्दर तथा आकर्षक गजलका गुन्द्रीहरू प्रस्तुत गर्नुभएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानको आधिकारिक शब्दकोशलाई अनुसरण गर्दै शायर सजग हुँदै ‘नाद’ मा प्रस्तुत भएका छन्।

कृतिलाई ३ खण्डमा खण्डीकरण गर्दै प्रस्तुत गर्नुमा शायर स्वयम् थप सजग छन् भन्नेमा कुनै शंका नै छैन।अभ्यासका क्रममा पोखिएका मनका उकुसमुकुसहरूलाई उकुसमुकुस खण्डमा,अभ्यासलाई परिष्कार गर्दै जाँदा लेखिएका शेरहरूलाई साधनामा र थप परिष्कार हुँदै जाँदा लेखिएका गजलहरूलाई साधनोत्तर खण्डमा समेटेर शायरले आफूलाई सजग त बनाएकै छन्।यसकारण विषय र प्रस्तुतिका हिसाबले शायर परिष्कारवादी लेखक हुन् भन्दा अत्युक्ति नहोला। बहर ,भाषा र अन्य थप विमर्शका लागि समालोचकीय अर्जुनदृष्टि त छँदै छ।जो कहिलेपनि अन्त्य हुने कुरा होइन।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा सहभागी नरहेकाे पूर्णबहादुरकाे भनाइ, मुद्दा छिटाे टुंग्याउन सर्वाेच्चलाई आग्रह
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा सहभागी नरहेकाे पूर्णबहादुरकाे भनाइ, मुद्दा छिटाे टुंग्याउन सर्वाेच्चलाई आग्रह आइतबार, असोज ४, २०८३
शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक आइतबार, असोज ४, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी आइतबार, असोज ४, २०८३
भदौ महिना मात्रै बिजुली बेचेर ५ अर्बभन्दा बढी आम्दानी आइतबार, असोज ४, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
मध्यपूर्व तनाव : ट्रम्पले भ्रमण छोट्टाए, ९ देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्