• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
गुरु घिमिरेलाई इन्जिनियर काफ्लेको पत्र :

प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् !

ई. विश्वराज काफ्ले शुक्रबार, जेठ ३०, २०८२  २०:३३
1140x725

प्रिय गुरु दाई जय नेपाल 
हुन त तपाईंले मलाई प्रत्यक्ष रुपमा त चिन्नुहुन्न । र कहिलेकाँहि हुने पार्टीका कार्यक्रमहरूको भेटघाटमा जयनेपाल फर्काउनेसम्म गर्नुहुन्छ। आज म तपाईंलाई यही जेष्ठ २७ गतेको लोकान्तर अनलाइन दैनिक दैनिकमा महामन्त्रीद्वयलाई कम्तीमा यत्ति गर्नुहोस् भन्ने शीर्षकको पत्र पढेर मनमा लागेका कुराहरु यो पत्रमा लेख्ने प्रयत्‍न गरेको छु ।

हुन त मेरो तपाईंको जत्तिको राजनीतिक हैसियत छैन र तपाईँलाई सल्लाह सुझाव दिनु ईन्द्रका अगाडि स्वर्गको बयान गरेझैं हो तर पनि क्याम्पस पढ्ने बेला २०५७/५८ साल देखि २०६२/६३ सालसम्म तपाईंलाई नेविसंघ केन्द्रीय अध्यक्ष र महामन्त्री गगनकुमार थापाले पहिलो पटक गणतन्त्रको आवाज उठाए बापत राजद्रोहको मुद्दा लाएर जेल हालेको र मात्री पार्टीले निर्वाचित केन्द्रीय समितिलाई हठात् भंग गरेर तदर्थ समिति गठन गरेपछि हामी आम विद्यार्थीहरूले तपाईंहरूलाई पार्टीले गरेको अन्याय र राजाले गरेको दमनकाविरूद्ध तपाईँहरूको जायज माग र एजेन्डालाई समर्थन गर्दै सडकमा निस्कियौं । र एक समर्थक र शुभचिन्तक को नाताले यो पत्र लेख्ने प्रयत्‍न गरेको हुँ अन्यथा नलिनु होला । 

नेविसंघबाट तपाईंहरूले सुरु गरेको त्यो आँट ,साहस र मुद्दा राष्ट्रिय बहस–बहस बन्दै अन्तत: देश नै गणतन्त्रमय बन्यो र निरङ्कुश शाही सत्ताको अन्त्य भै देशमा गणतन्त्र आई संघीयता र समावेशितासहितको नयाँ संविधान बन्यो । हुन त तपाईंलाई व्यक्तिगत आरोप लगाएको हैन आफ्नो ज्यान र राजनीतिक भविष्य जोखिममा राखेर मुलुक रूपान्तरणको आन्दोलनको नेतृत्व गरेको तपाईंलाई आफ्नै ठानेका नेताहरूले मत नहालेका कारण आम कार्यकर्ताले अपेक्षा गरे बमोजिम प्रदेश सभापतिमा १ मतले पराजित हुँदा साह्रै नराम्रो लाग्यो ।

प्रिय गुरु दाई
नेपाली कांग्रेसको गत महाधिवेशनमा नेपाली जनताहरूले यो देशको परिवर्तनको लागि नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने थियो । तर महाधिवेशन प्रतिनिधि र नेपाली कांग्रेसका नेताहरू जसलाई देश र पार्टीभन्दा आफू र आफ्नो टोकरीको स्वार्थको लागि अन्तिममा केही थान पदको बार्गेनिङ गरी शेरबहादुर देउवा र उहाँको समूहलाई करिब दुई तिहाइ केन्द्रीय समिति पुग्नेगरी विजयी गराए । तत्पश्चात नेपाली जनता र नयाँ युवाहरूमा निराशा मात्र छाएन बैशाखको च्याउ उम्रेझैं नयाँ–नयाँ दलहरू र नेताहरू उम्रे र नेपाली कांग्रेसमा आबद्ध हुन चाहने श्रृजनशील र राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तिहरू छरिए । 

नेपाली कांग्रेसका आम कार्यकर्ता, मतदाता र शुभचिन्तकको चाहना विपरीत र महामन्त्रीद्वयको लिखित असहमतिका बाबजुद स्थानीय, प्रदेश र संघीय निर्वाचनमा गठबन्धन लादियो । कुनै पनि मापदण्ड र पद्धति नबनाई जबर्जस्ती दुई तिहाइ बहुमतको धाकले टिकट बाँडियो, पार्टीमा एउटा र निर्वाचन आयोग मा अर्को लिस्ट बुझाइयो । लामो समयदेखि पार्टीमा योगदान गरेका जनताले रुचाएका नेताहरू पाखा लाउँदा पनि महाधिवेशन मा ४०.३४ प्रतिशत मत प्राप्त गरेका सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइराला लगायत पदाधिकारीले आफ्नो टिकट पक्का गर्दै आफू निकट २/४ जनाको लागि अडान राख्दा तपाईंहरू जस्ता यूवा नेताहरूले न खबरदारी गरेको सुनियो न विद्रोह को बुलन्द आवाज गरेको देखियो । 

Ncell 2
Ncell 2
nimb
nimb

संसदीय दलको निर्वाचन मा आफ्नै बफादारले भोट नहाल्दा न त समीक्षा गरियो न त पूर्वयोजना बमोजिम केन्द्रीय समितिको बैठकमा लाइभमार्फत् आफ्नै टिमको महामन्त्रीलाई महाभारतको राज सभामा द्रौपदीको चिर हरण गर्दा धृतरास्ट झैँ बस्दा न कतै बोल्नुभयो न क तै लेख्नु भयो । केन्द्रीय समिति हुँदै गोदावरी महासमिति बैठक अनि संसदमार्फत सहकारी ठगीदेखि सरकारलाई सचेत गराउनेसम्म पुग्दै गर्दा महामन्त्रीद्वयले राखेको अडान र एजेन्डाको कारण पार्टीका कार्यकर्ताको भरोसा बढेको छ । वार्षिक कार्यतालिका बनाई पार्टी केन्द्रदेखि वडासम्म अनेकौं कार्यक्रम भइरहेका छन्, बहस र विमर्षले पार्टी कार्यालय गुञ्जायमान बनेको छ, निर्वाचित को मुखमा बाँडिने र नवीकरण हुने क्रियाशील सदस्य केन्द्रीय नेताहरूको असहयोगका बाबजुद समयमै वडा वडामा वितरण हुन थालेको छ । 

वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशहरुमा सम्मेलन र प्रशिक्षण हुँदै छन् जहाँ कार्यकर्ता र नेताहरूले महामन्त्रीद्वयलाई बोलाउँदा र स्वत स्फुर्त स्वागत गर्न आउँदा तपाईं उल्टै सामाजिक सञ्जालमार्फत आफ्नो कुण्ठा पोख्नुहुन्छ।
हो हाल नेपालमा बेरोजगारी समस्या बढेको छ, हरेक दिन औसत मा २२०० जति युवाहरू कामको खोजीमा विदेशिन्छन्, औसतमा दैनिक ४ जना बाकसमा नेपाल फर्किन्छन् । भ्रष्टाचार र कुशासनले जनताहरू आजित छन् जताततै विचौलिया हाबि छन्, वैदेशिक ऋण २६ खर्ब पुगिसक्यो र व्यापार घाटा १३ खर्ब पुगिसक्यो, विकाशको गति कछुवा तालमा छ । युवाहरू पुराना दलप्रति वाक्क छन् कहिले स्वतन्त्र र कहिले स्वतन्त्र दलको नाममा आफ्नो असन्तुष्टि पोखेका छन् ।

नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निशाना नेपाली कांग्रेस नै छ । तर नेपाली कांग्रेसका नेताहरू पार्टीको निती र सिद्धान्त विपरीत सत्ताको वरिपरि घुमिरहेका छन् अनि पार्टीको आन्तरिक बैठकदेखि सार्वजनिक ठाउँमा एक अर्कालाई खुइल्याउने, आलोचना गर्ने र गुटबन्दीलाई मात्र बढावा दिने कार्य गरिरहेका छन् ।

प्रिय गुरु दाई 
अब नेपाली कांग्रेसको महाधिवेशनको चटारोले अन्य नेताहरू जस्तै तपाईँलाई पनि छोयो जस्तो देखियो । आफ्नै पार्टीका नेताहरूको आलोचना गरेर नेता भइन्छ भन्ने चिन्तन तपाईंको पक्कै पनि होइन होला । नदी, समय र जोवन कहिल्यै पछाडि फर्किँदैन । इतिहास त्यसको लेखिन्छ र जित्छ जसले असाधारण काम साधारण र फरक तरिकाले गर्छ । २१ औं शताब्दीको राष्ट्रिय, अन्तर्राष्ट्रिय बहुआयाम अनि जेन जि पुस्ताको माग र भावनाको जसले नेतृत्व गर्छ र बुझ्छ समाजले उसैलाई नायक ठान्छ । अब १५ महाधिवेशन नेपाली काँग्रेसको लागि ठूलो परीक्षाको रुपमा आएको छ । एआईको हलचल र कमाल मोबाइल मार्फत गाउँघर पुगिसकेको छ । 

नेपाली काँग्रेसका साधारण सदस्यदेखि कृयाशील सदस्य अनि वडादेखि जिल्ला तहका पदाधिकारीहरूले पार्टीको आमुल रूपान्तरणको लागि यो महाधिवेशन पर्खेका छन् । तपाईं पनि यो समय र कार्यकर्ताको भावना बमोजिम कुनै पनि आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर २००७/२०४७ सालको जस्तो जनताको भरोसा योग्य लोकप्रीय पार्टी बनाउन अनि गुटबन्दीलाई सदाकाल अन्त्य गर्ने र सबैले भरिलो गर्ने, यो देशको आमुल रूपान्तरण गर्न सक्ने नेतृत्व ल्याउन अग्रसर हुनु होस् । यसैमा तपाईंको, पार्टीको र मुलुकको हितमा छ । बाँकी तपाईकै मर्जी । जय नेपाल ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान
सम्बन्धित सामग्री
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! संकटको समयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, सनसनीपूर्ण प्रचार, दोषारोपण र अफवाहले उद्धार तथा राहतको कामलाई थप जटिल बनाउन सक्छ... बिहीबार, भदौ २५, २०८३
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी अब कुरा गरौँ, बीपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बीपी मार्गमा हिँड्यो कि हिँडेन? बीपीको राजनीतिक तथा आर्थिक सम... बुधबार, भदौ २४, २०८३
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? आजकै दिन अर्थात १९७१ सालमा यस धरामा अवतरण गरेका विपिले २०३९ साउन ६ गते महाप्रस्थान गरेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता विपि... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
गौरीकुमारीको राजीनामापछि उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस बिहीबार, भदौ २५, २०८३
अस्पतालले लिएन भर्ना,बबिताले सडकपेटीमै जन्माइन् बच्चा बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्