• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी

64x64
नेपाल लाइभ आइतबार, मंसिर १३, २०८३  २१:२१
1140x725

काठमाडौं– जलवायु परिवर्तनका बढ्दो असर न्यूनीकरण गर्दै जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माण गर्ने प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा, २०८३’ जारी गरिएको छ ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा मंसिर ७ देखि १३ गतेसम्म आयोजित काठमाडौं जलवायु कार्य सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव तथा सिकाइलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले आइतबार घोषणा जारी गरिएको हो ।

घोषणापत्रमा जलवायु परिवर्तनका कारण बढ्दो बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथि सिर्जित जोखिमलाई सामूहिक प्रयासबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणाले जलवायु परिवर्तनलाई कुनै एक समुदाय, क्षेत्र वा राष्ट्रको मात्र नभई मानव सभ्यताकै साझा चुनौतीका रूपमा व्याख्या गरेको छ । जलवायु परिवर्तनको असर सबैले भोगे पनि त्यसमा योगदान र सामना गर्ने क्षमता समान नभएकाले जलवायु न्यायको सिद्धान्तअनुसार विकसित राष्ट्रको जिम्मेवारी, विकासशील राष्ट्रको आवश्यकता र जोखिममा रहेका समुदायको अधिकारलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ ।

घोषणापत्रमा जलवायु परिवर्तनसम्बन्धी शिक्षा विद्यालयस्तरदेखि नै स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता पनि जनाइएको छ। बालबालिका तथा युवामा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, दिगो विकास, हरित सहर र फोहोरमैला व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप विकासमा जोड दिइने उल्लेख छ ।

त्यस्तै, जलवायुसम्बन्धी निर्णय प्रक्रिया र समस्या समाधानमा बालबालिका, युवा तथा विभिन्न पुस्ताको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणाले सहरी विकास तथा पूर्वाधार निर्माणका क्रममा नदी, खोला, वन, सिमसार, खुला क्षेत्र र जैविक विविधतामाथि पर्ने दबाब न्यूनीकरण गर्नुपर्नेमा जोड दिएको छ ।

विकासका हरेक योजना तथा आयोजनामा जलवायु जोखिम मूल्याङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई अनिवार्य रूपमा समेट्ने प्रतिबद्धता गरिएको छ । साथै, रैथाने ज्ञान, सीप, वैज्ञानिक अनुसन्धान तथा प्रकृतिमा आधारित समाधानलाई विकास आयोजनामा एकीकृत गर्ने उल्लेख छ ।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं उपत्यकाले बढ्दो सहरी तापक्रम, वायु प्रदूषण, अव्यवस्थित सहरीकरण, बाढी, डुबान र खानेपानीको चुनौती सामना गरिरहेको उल्लेख गर्दै घोषणाले उपत्यकाको विशिष्ट भौगोलिक तथा सांस्कृतिक पहिचान संरक्षणमा जोड दिएको छ ।

यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना जारी गर्ने, वायु प्रदूषण नियन्त्रण गर्ने, आकाशे पानी संकलन तथा ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने, नदी तथा खोलाको पुनर्जीवन गर्ने र हरित क्षेत्र विस्तार गर्ने प्रतिबद्धता गरिएको छ ।

त्यस्तै, हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षण र सफा टेम्पो तथा विद्युतीय बसजस्ता सार्वजनिक यातायातको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ । विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउँदै काठमाडौंलाई जलवायु उत्थानशील सहरका रूपमा विकास गर्ने लक्ष्य घोषणाले लिएको छ ।

जलवायु कार्य ठूला सम्मेलन, नीति र दस्तावेजमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै घोषणाले सहरी नीति, योजना, बजेट तथा कार्यक्रमलाई नागरिकको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिएको छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई नागरिकको दैनिक अभ्यास बनाउने प्रतिबद्धता गरिएको छ ।

घोषणापत्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जलवायु जोखिममा रहेका अन्य समूहको आवश्यकता र आवाजलाई जलवायु नीति तथा कार्यक्रममा प्राथमिकता दिने उल्लेख गरेको छ ।

स्थानीय ज्ञान, परम्परागत सीप, रैथाने खाना, दिगो खाद्य प्रणाली, वैज्ञानिक अनुसन्धान र नयाँ पुस्ताको सिर्जनशीलतालाई एकीकृत गर्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

काठमाडौं जलवायु घोषणाले प्रतिबद्धतालाई व्यवहारमा उतार्न कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यक्रम कार्यान्वयन गर्ने संकल्प गरेको छ ।

यसका लागि संघ, प्रदेश र स्थानीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी तथा सहकार्य संयन्त्र विकास गरिने उल्लेख छ ।

त्यस्तै, जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बांकेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी
सम्बन्धित सामग्री
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी काठमाडौं महानगरपालिकाको नेतृत्वमा मंसिर ७ देखि १३ गतेसम्म आयोजित काठमाडौं जलवायु कार्य सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव तथा सिक... आइतबार, मंसिर १३, २०८३
जीप दुर्घटनामा चालकको मृत्यु, चार जना घाइते दुर्घटनामा मृतककी ३८ वर्षीया श्रीमती प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र १३ वर्षीय छोरा... आइतबार, मंसिर १३, २०८३
काठमाडौंका स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्पा तथा मसाज सेन्टरमा गैरकानुनी गतिविधि सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचा... आइतबार, मंसिर १३, २०८३
ताजा समाचारसबै
बांकेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु आइतबार, मंसिर १३, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता आइतबार, मंसिर १३, २०८३
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी आइतबार, मंसिर १३, २०८३
रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच घाइते आइतबार, मंसिर १३, २०८३
छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ आइतबार, मंसिर १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
जीप दुर्घटनामा चालकको मृत्यु, चार जना घाइते आइतबार, मंसिर १३, २०८३
पेरुबाट काठमाडौं पुर्‍याइयो तीन किलो कोकिन, ठमेलमाबाट ८७ वर्षीय कोरियन नागरिक पक्राउ, लिन आएका व्यक्ति भारतीय प्रहरीका जवान आइतबार, मंसिर १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्