कोहलपुर - बाँकेको कोहलपुर नगरपालिका–४ किरण नालास्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आज साँझ करिब ७ बजे भे २ त ९५१६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ४/५ मिटर तल खसेको थियो। दुर्घटनामा ट्याक्टरले च्यापिएर चालक घाइते भएका थिए।
प्रहरीले जेसीबीको सहयोगमा ट्याक्टर उठाएर घाइते चालकलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर पठाएको थियो।
अस्पतालमा साँझ ७ः३५ बजे चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–२ निवासी अन्दाजी २६ वर्षीय जितेन्द्र कडेल रहेका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।