काठमाडौं– व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्पा तथा मसाज सेन्टरमा गैरकानुनी गतिविधि सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरी जाँच गरिएको थियो । सोही क्रममा १३ नेपाली महिला र एक बांङ्लादेशी पुरुषलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।