• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाढीपीडित महिलाको पीडा : घरबार गुम्यो, सुरक्षित बसोबासको आशा अझै अधुरै

64x64
नेपाल लाइभ आइतबार, मंसिर १३, २०८३  १७:३८
1140x725

रसुवा - लैङ्गिकतामा आधारित हिंसा अन्त्यका लागि विश्वभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा रसुवाको उत्तरगया गाउँपालिकामा पनि सचेतनामूलक कार्यक्रम गरिएको छ ।

अभियानले महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि चेतना अभिवृद्धि र सामूहिक प्रतिबद्धतामा जोड दिएको छ ।

कार्यक्रममा रसुुवाको उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलकराम पोखरेलले हिंसामुक्त समाज निर्माणका लागि चेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताए । अभियानका क्रममा लगाइएको रिबन हिंसा नगर्ने, हिंसामा सहभागी नहुने र अरूलाई पनि हिंसा गर्न नदिने सामूहिक प्रतिबद्धताको प्रतीक भएको उनको भनाइ थियो ।

पोखरेलले हिंसाविरुद्धको अभियानलाई औपचारिक कार्यक्रममै सीमित नराखी गाउँ, टोल र छिमेकसम्म पु¥याउनुपर्नेमा जोड दिए । विभिन्न प्रकृतिका हिंसाका घटना अझै सुनिने गरेको भन्दै यस्ता घटना नियन्त्रण तथा न्यूनीकरणका लागि प्रत्येक नागरिक सचेत र जिम्मेवार हुनुपर्ने उनले बताए ।

उनले भने, ‘लैङ्गिक हिंसाविरुद्धको अभियानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी गाउँ, टोल र छिमेकसम्म पु¥याउन आवश्यक छ । हामी आफैँ हिंसा गर्दैनौँ, हिंसामा सहभागी हुँदैनौँ र अरूलाई पनि हिंसा गर्न दिँदैनौँ भन्ने प्रतिबद्धता सबैले गर्नुपर्छ । हिंसा नियन्त्रण र न्यूनीकरणका लागि सबैभन्दा महत्वपूर्ण कुरा जनचेतना हो । त्यसैले आफूले सिकेका कुरा अरूलाई पनि सिकाउँदै हिंसामुक्त समाज निर्माणको अभियानमा सबै जुट्नुपर्छ ।’

यस वर्ष भोटेकोशीको बाढीले गाउँपालिकामा परेको प्रभावका कारण अभियानलाई विभिन्न स्थानमा व्यापक रूपमा सञ्चालन गर्न नसकिए पनि विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिताले सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ थियो । उनले सबैलाई हिंसा नगर्ने, हिंसा सहेर नबस्ने र हिंसाविरुद्ध आवाज उठाउने प्रतिबद्धता गर्न आग्रह गरे ।

बाढीले घरबार खोस्यो, अब सुरक्षित बसोबासको चिन्ता

अभियानका क्रममा सार्वजनिक भएको अर्को महत्वपूर्ण पक्ष हो, बाढीपहिरोबाट विस्थापित महिलाको पीडा र असुरक्षाको अनुभूति ।

Ncell 2
Ncell 2
nimb
nimb

रसुवाको उत्तरगया गाउँपालिका–४ पहिरेबेँसीकी जानुका देवी थापा मगर अहिले वडा नम्बर ५ मा रहेको माझगाउँस्थित विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेकी छन् । बाढीले घर, खेतबारी र सम्पत्तिसमेत बगाएपछि उनीसहित पहिरेबेँसीका धेरै स्थानीय विस्थापित भएर अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका हुन् ।

‘हामी पहिरेबेँसीबाट खोला र बाढीले लखेटेर यहाँ आएर बसेका हौँ । घर, खेती, जमिन सबै लग्यो,’ उनले आफ्नो पीडा सुनाइन् ।

खेतीपाती र पशुपालन नै परिवारको मुख्य जीविकोपार्जनको आधार रहेको बताउँदै उनले बाढीले भैंसी, खसीबोका, कुखुरालगायत वस्तुभाउ र घरमा रहेका सम्पत्तिसमेत बगाएको बताइन् । विपद्ले बाँच्ने आधार नै खोसिदिएपछि अहिले उनीहरूलाई भविष्यको चिन्ताले सताएको छ ।

‘हाम्रो टेक्ने ठाउँ नै छैन, समाउने ठाउँ पनि केही छैन । जीविका गर्ने भनेको खेतीपाती र वस्तुभाउ पालेर हो, त्यो सबै बाढीले लग्यो,’ उनले भनिन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हिंसाविरुद्ध सचेतना आवश्यक

होल्डिङ सेन्टरमा बसोबास गरिरहेका महिलाहरूले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन् । जानुका देवीका अनुसार आफ्नो समुदायमा अहिले प्रत्यक्ष रूपमा ठूलो हिंसाका घटना नदेखिए पनि बालविवाह, दाइजो प्रथा र महिलामाथि हुने दुव्र्यवहारजस्ता समस्या अन्य समुदायमा अझै सुनिने गरेका छन् ।

दाइजो नपाएको निहुँमा महिलामाथि हिंसा हुने, बालबालिकालाई दबाबमा विवाह गराउने तथा विभिन्न प्रलोभन देखाएर बालबालिकालाई जोखिममा पार्ने घटनाप्रति उनी चिन्तित छिन् ।

‘हाम्रोमा अहिले त्यस्तो धेरै छैन, तर अन्ततिर यस्ता घटना भइरहेका छन् । बालबालिकालाई प्रलोभन देखाएर फकाउने, लैजाने र बेच्ने घटना पनि सुनिन्छन् । त्यसैले सबै ठाउँमा सचेतना फैलाउन आवश्यक छ,’ उनले भनिन् ।

उनका अनुसार होल्डिङ सेन्टरमा बेलाबेलामा महिला तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू आएर जानकारी दिने गरेका छन् । कुनै समस्या भए प्रहरी तथा सम्बन्धित निकायमा उजुरी गर्ने अवस्था रहेको पनि उनले बताइन् ।

तर विपद्का कारण विस्थापित भएर अस्थायी आश्रयस्थलमा बसिरहेका परिवारका लागि सुरक्षा र सचेतनासँगै स्थायी बसोबासको व्यवस्था पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

सरकारी सहयोगको प्रतीक्षामा विस्थापित परिवार

बाढीबाट विस्थापित भएको लामो समय बितिसक्दा पनि आफूहरूले अपेक्षित सरकारी सहयोग पाउन नसकेको जानुका देवीको गुनासो छ । हालसम्म विभिन्न संघसंस्थाले सहयोग गर्दै आए पनि दीर्घकालीन व्यवस्थापन र सुरक्षित आवासको विषयमा स्पष्ट आश्वासन तथा सहयोग नपाएको उनले बताइन् ।

‘संघसंस्थाहरूले मात्रै हामीलाई हेरिरहेका छन् । सरकारबाट अहिलेसम्म केही पाएका छैनौँ। हाम्रो बाँकी भनेको यो जीवन मात्रै हो,’ उनले पीडा पोखिन् ।

उनका अनुसार विस्थापित परिवारको मुख्य माग सुरक्षित र पक्की ठाउँमा बसोबासको व्यवस्था हो । बाढीले पुरानो थातथलो नै समाप्त पारेपछि फेरि त्यही जोखिममा फर्कनुभन्दा सुरक्षित स्थानमा घर बनाएर बस्न पाउने आशा उनीहरूले राखेका छन् । ‘सरकारले हामीलाई छिटोभन्दा छिटो राम्रो र सुरक्षित ठाउँमा घर बनाएर बस्ने व्यवस्था गरिदिए हुन्थ्यो,’ उनले भनिन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी
बाढीपीडित महिलाको पीडा : घरबार गुम्यो, सुरक्षित बसोबासको आशा अझै अधुरै
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
सम्बन्धित सामग्री
बाढीपीडित महिलाको पीडा : घरबार गुम्यो, सुरक्षित बसोबासको आशा अझै अधुरै बाढीले पुरानो थातथलो नै समाप्त पारेपछि फेरि त्यही जोखिममा फर्कनुभन्दा सुरक्षित स्थानमा घर बनाएर बस्न पाउने आशा उनीहरूले राखेका छन् ।... आइतबार, मंसिर १३, २०८३
छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत कोभिड–१९ का कारणले स्थगित भएको उक्त शृङ्खलापछि अनलाइन कार्यक्रममार्फत विश्वभरका २८० जनाभन्दा बढी छन्द कविहरूलाई छन्द—तरङ्गले प्रस्तु... आइतबार, मंसिर १३, २०८३
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान यस वर्ष अयोध्याबाट जनकपुरधामसम्म सिधा रेल सेवा सुरु भएकोले श्रद्धालु एवम पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी आइतबार, मंसिर १३, २०८३
बाढीपीडित महिलाको पीडा : घरबार गुम्यो, सुरक्षित बसोबासको आशा अझै अधुरै आइतबार, मंसिर १३, २०८३
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने आइतबार, मंसिर १३, २०८३
पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको शानदार जित आइतबार, मंसिर १३, २०८३
इरानमा अमेरिकी डलरको मूल्य तीन लाख तोमान नाघ्यो, नयाँ रेकर्ड कायम आइतबार, मंसिर १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
सुनको भाउ बढ्यो आइतबार, मंसिर १३, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्