काठमाडौं– भारत र श्रीलंकामा आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकपको दौडबाट स्कटल्यान्ड बाहिरिएको छ । युरोप रिजनल क्वालिफायरमा शुक्रबार न्यू जर्सीसँग १ विकेटले पराजित हुँदै स्कटल्यान्ड बाहिरिएको हो ।
पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन मात्र बनाउन सक्यो । १३४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको जर्सीले २० ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो र जित दर्ता गर्यो ।
चार खेलमा एकमा जित र दुईमा हार तथा एक मा रद्द हुँदा अंक बाडेको स्कटल्यान्डको ३ अंक मात्र रह्यो । आईसीसी र्याङ्किङको १३ औं नम्बरमा रहेको स्कटल्यान्डले २७ औं नम्बरको न्यू जर्सीसँग एकतर्फी हार व्यहोर्यो ।
यो हारसँगै आगामी विश्वकप दौडबाट बाहिरिएको हो । यसअघि ३२ औं र्याङ्किङको इटालीसँग पनि स्कटल्यान्ड १२ रनले पराजित भएको थियो । यो समूहमा पाँच टोली रहेका छन् । अब नेदरल्यान्ड्स पनि दबाबमा परेको छ । पाँच अंकसहित इटाली शीर्षमा रहेको छ भने जर्सी पनि पाँच अंककै साथ दोस्रोमा छ । ४ अंक रहेको नेदरल्यान्ड्सको अन्तिम खेल इटालीसँगै छ ।
विश्वकप छनोटका लागि नेदरल्यान्ड्सलाई जित अनिवार्य छ । यदि हार्यो भने बलियो टोली नेदरल्यान्ड्स पनि बाहिरिनेछ । इटाली र न्यू जर्सी युरोपबाट एसोशियटबाट विश्वकपमा पुग्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।