काठमाडौं– महिला साफ यू–२० च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानमाथि शानदार जित निकालेको छ ।
पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानविरुद्ध ६–१ गोल अन्तरको जित निकालेको हो । पहिलो हाफमा एक गोल गरेकी राईले दोस्रो हाफमा ह्याट्रिक नै गरिन् । खेलमा राईले व्यक्तिगत चार गोल गरिन् । यस्तै नेपालका लागि सेनु राईले दुई गोल गरिन् । पहिलो हाफमै उनले २ गोल गरेकी हुन् ।
पहिलो हाफमा ३ गोलले अगाडि रहेको नेपालले दोस्रो हाफको सुरुवातमै एक गोल खाएको थियो । त्यसपछि दोस्रो हाफमा पनि नेपालले थप तीन गोल गर्दै ६–१ को जित निकालेको हो ।
४ टोलीको सहभागिता रहेको च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपाली टोली बुधबार राति बंगलादेश पुगेको थियो । बिहीवार प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक याम गुरुङले यसपटक च्याम्पियन बन्ने विश्वास व्यक्त गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।