काठमाडौँ – भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ। भोजपुर नगरपालिका २ का राजेन्द्र राईले (रामप्रसाद राई)ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।
राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति सवा १ बजेतिर भएको थियो।
उनका अनुसार घटना संलग्न रहेका भनिएका राजेन्द्र पनि गम्भीर घाइते छन्। उनको पेटमा तीन ठाउँमा धारिलो हतियारको चोट लागेको छ। हत्यामा संलग्न राईलाई उपचारका लागि भोजपुर अस्पताल ल्याइएको थियो। उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि रेफर गरिएको छ।
छिमेकीका अनुसार मनिषा केही दिनअघि माइती आएकी थिइन्। मनिषालाई लिन भनेर ससुराली पुगेका राजेन्द्र र माइतीबीच मनिषाको विषयमा विवाद भएको थियो।
अभियुक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।