• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति

64x64
धर्मेन्द्र विह्वल शनिबार, भदौ २७, २०८३  १७:०२
1140x725

मैथिली साहित्यकार तथा पत्रकार ॐकुमार झा अब यस धरामा छैनन् । पारिवारिक सदस्यका अनुसार उनले ८९ वर्षको उमेरमा यही भदौ १ गते महायात्रातर्फ प्रस्थान गरेका छन् । उनको योगदान साहित्य तथा पत्रकारितासम्म मात्र सीमित छैन समाजले उनको मूल्यांकन भाषिक तथा सामाजिक अभियन्ताका रुपमा पनि सुदूर भविष्यसम्म गर्नेछ । मैथिली भाषा र साहित्यका एक प्रमुख हस्ताक्षरका रुपमा स्वीकृत ॐकुमार साहित्यमा कवि तथा हास्य–व्यङ्ग्यकारका रुपमा सुपरिचित छन् । मैथिली साहित्यतर्फ विशेष गरी हास्य–व्यङ्ग्य विधामा उनको अतुलनीय योगदान छ । 

वि सं २०२७ तिरको सन्दर्भ हो ।  देशको राजनीति कठिन थियो । लोकतन्त्र अपहरित अवस्थामा थियो । जनताका अनेकौं अधिकार नियन्त्रित थिए । समाज एक किसिमले बन्दजस्तै थियो । समाज रुपान्तरणका लागि जनचेतना र विचार निर्माण अपरिहार्य थियो र यसका लािग पत्रकारिता एह सशक्त माध्यम हुन सक्थ्यो, तर प्रेस स्वतन्त्रता बाधित थियो । उनले यस विषम परिस्थितिमा पत्रकारिता गर्ने निर्णय गरे र हास्य–व्यङ्ग्यको आगो ओकल्दै विचार निर्माण तथा प्रस्तुत गर्ने निश्चय गरे । नेपाली भाषाकै पत्रकारिताले अनेकखाले चुनौती वेहोरिरहेको अवस्थामा झाले मैथिली भाषामा पत्रकारिता गरेर आफ्नै भाषाका माध्यमले आफ्नो सामाजलाई निर्देशित गर्ने संकल्प गरे । आफैले आफ्नालागि निर्दिष्ट गरेको यो अभिभाराको निर्वहन साँच्चै सहज थिएन, तर उनले प्रयास गरे । केही हदसम्म सफल पनि भए । 

धनुषा जिल्लाको हाल जनकपुरधाम उपमहानगरपालिका, वडा नं. २३ बिन्धी गाउँका निवासी, उनको संयोजनमा २०२७ सालमा ‘इजोत’ अर्थात उज्यालो नामक एक द्वैमासिक पत्रिका प्रकाशन भयो । सम्पादकको भूमिका निर्वाह गरेका झाले त्यस पत्रिकामा आफ्नो नाम ॐकुमार झा लखे । सामाजिक स्वीकृतिका लागि एकजना वरिष्ठ व्यक्तित्य आवश्यक पर्ने अनुभव गरी प्रा डा हरिदेव मिश्रले प्रधान सम्पादकके जिम्मेबारी स्वीकार गरे । झाले आफ्नो भूमिका यतिमा मात्र सीमित राखेनन् । आँटिला, हक्की र दृढनिश्चयी स्वभावका व्यवस्थापकीय क्षमताका धनी ॐकुमारले यस पत्रिकाको प्रकाशनसमेतको जिम्मेबारी ग्रहण गरे । त्यसो त प्रकाशकमा नाम थियो शुभकान्त झा र श्रीमती राधा झाको ।

तर घुमाउरो पाराले उनी स्वयं प्रकाशन कार्यसँग सम्बन्धित थिए । ॐकुमार झाका कान्छा सुपुत्र रुपकनन्दनका अनुसार श्रीमती राधा झा उनकी आमा हुन अर्थात ॐकुमारकी पत्नी । यस आधारमा भन्न सकिन्छ, पत्नीको नाम राखेर यस पत्रिकाको प्रकाशनको जिम्मेबारी उनी स्वयंले स्वीकार गरेका थिए । प्रति अंकको पचास कैंचा (पैसा) र वार्षिक ३ टका (रुपियाँ) शुल्क राखिएको यो पत्रिकाको कति अंक प्रकाशन हुन सक्यो त्यो त अनुसन्धानकै विषय हो । तर जे जति प्रकाशन हुन सक्यो, यसको अध्ययन नगरी नेपालको मैथिली पत्रकारिताको चर्चा पुरा हुन सक्दैन । सहजै अनूमान लगाउन सकिन्छ एकजना राजनीतिक चेत भएका व्यक्तिले त्यो विषम र प्रतिकूल अवस्थामा पत्रकारिता गर्दै हास्य–व्यङ्ग्यका माध्यमले ‘हंगामा’मच्चाउन खोज्ने प्रयत्न गर्नु सहज थिएन । महत्वपूर्ण कुरो त के भने यसमा उनले साथले पाएका थिए पत्नी राधाको । त्यसैले त समाजमा उज्यालोका वाहक बनेर प्रकाशित हुने इजोतमा राधा प्रकाशिका बनिन । ती राधा पनि अब यस धरामा छैनिन । पुत्र रुपकका अनुसार २०७८ मा राधाको पनि देहावसान भइसेको छ र छ वर्षपछि ॐकुमारले पनि देहत्याग गरे । ॐकुमारको देहावसानसँगै एक प्रकारले इजोतको पुरै टिमले नश्वर शरीर त्याग गरिसकेको छ । टिम इजोत अब हामीबीच नरहे पनि त्यस प्रतिकुल कालखण्डमा साहित्य र पत्रकारिताका माध्यमले समाज रुपान्तरणको उज्यालो फैलाउने प्रयास सँधै नै प्रशंसनीय रहनेछ । आफ्नो अभियानका लागि एक सशक्त सगठननको आवश्यकता अनुभव गरेका उनले नेपाल मैथिली साहित्य परिषदको स्थापनाका सन्दर्भमा पनि सहजीकरण गरेका थिए । पुरातत्वविद गोपाल झाका अनुसार उनी उक्त परिषदको संस्थापकमध्येका हुन । 

पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता र साहित्यलाई एउटा नया दिशानिर्देश गर्ने प्रयत्न त गर्यो नै । गोपालका अनुसार उनले इजोतका माध्यमबाट आगो ओकल्ने प्रयत्न गरे । भाषिक र सामाजिक अभियन्ताको जिम्मेबारी स्वीकार गरे । गोपाल भन्छन्–यस पत्रिकाको पहिलो अंकमा झटहा उपनामले एक व्यङ्ग्य रचना प्रकाशित छ । त्यो रचना स्वयं ॐकुमार जी कै हो ।  

मैथिली सहित्यमा व्यङ्ग्यकारका रुपमा स्थापित साहित्यकार विनोचन्द्र, ॐकुमार जीबाटै प्रभावित भएर आफू व्यङ्ग्य रचनातर्फ आकर्षित भएको सम्झन्छन् । उनका अनुसार ॐकुमार झटहा झा ओकु उपनामले पनि चिनिन्थे । यस नामले उनका रचना प्रकाशित हुनुका साथै अनेकौ मञ्चमा उनका रचना उनी स्वयं र अन्यद्वारा वाचित भएका छन् । ॐकुमार झाको मूल्याकन गर्दै विनोचन्द्र भन्छन्– उनी निडर र हक्की थिए । आफ्ना रचनाका माध्यमबाट जस्तै जटील कुरा पनि सहजरुपमा भन्न सक्ने खुवी थियो उनमा । उनी साहित्य र पत्रकारिता दुबैमा बाँच्न खोज्थे । 

साहित्य रचना त माध्यममात्र थियो । उनी पत्रकारितामा समर्पित हुन चाहने व्यक्तित्व थिए । उनले रेडियो नेपालमा लामो समयसम्म (शायद २९÷३० सालतिर) कृषि कार्यक्रम चलाए । यो कार्यक्रम चलाउने सन्दर्भमा उनले सामग्री निर्माण, स्रोतको पहिचान र खोजी, समग्र प्रस्तुतिको कार्य गर्थे । विनोदचन्द्र भन्छन्–उक्त कार्यक्रममा उनी स्वयं जेटिए बाबु बनेर श्वर प्रदान गरेको मलाई थाहा छ । यतिमा मात्र उनको पत्रकारिता र सञ्चारकर्मको चर्चा समाप्त हुँदैन । पुत्र रुपकका अनुसार पत्रकार झाले २०५२ तिर जनकपुरबाट मिथिलाञ्चल मासिकको पनि केही समय प्रकाशन र सम्पादन गरेका थिए ।

माथि पनि चर्चा गरियो, उनीे मैथिली कविता, हास्य–व्यङ्ग्य र गद्य विधामा निरन्तर सक्रिय रहँदै आएका थिए । उनका रचनामा सामाजिक विकृति, राजनीति र जनकपुरको सांस्कृतिक परिवेशमाथि उनको तीक्ष्ण कटाक्ष देख्न सकिन्छ । युवा पत्रकार र साहित्यकार नित्यानन्द मण्डल उनलाई सामाजिक र राजनीतिक चेत भएका एक सशक्त व्यक्तित्वका रुपमा मूल्यांकन गर्छन् । उनी सम्झन्छन–एकपटक झाले जनकपुरको जनक चोकमा आयोजित एक कवि गोष्ठीमा एउटा कविता पाठ गरेका थिए “हमरा मरखाहा साँढक उपाधी दिअ” अर्थात मलाई हनुवा गोरुको उपाधी देउ । म उक्त कविताबाट निकै प्रभावित भएको थिएँ । व्यङ्ग्यका माध्यमबाट सामाजिक अवस्थाको प्रस्तुति, जवर्दस्त रचना थियो त्यो । मण्डल थप्छन– विश्वास त लागिरहेको छैन, तर सत्य यही हो कि प्रखर मैथिली भाषा अभियन्ता, साहित्यकार एवं राजनीतिक, सामाजिक–सांस्कृतिक आन्दोलनकारी झा अब हामीबीच रहेनन् । 

Ncell 2
Ncell 2
nimb
nimb

मिथिला क्षेत्रका एक सामाजिक, साहित्यिक र बौद्धिक व्यक्तित्वका रुपमा चिनिने झा आफ्नो गाउँमा स्नातक तह अध्ययन गर्ने पहिलो व्यक्ति मानिनन्छन् ।  माथि चर्चा गरिएजस्तै उनले शिक्षा, सञ्चार, साहित्य र राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिए । पुरातत्वविद झाका अनुसार उनले लामो समय शिक्षण गर्नुका साथै पिसकोरमा उपनिर्देशकका रुपमा भूमिका निर्वाह गरे । मैथिलीका अतिरिक्त, नेपाली, हिन्दी र अंग्रेजी भाषाका जानकार उनले पिसकोर स्वयसेवकका लागि भाषा शिक्षक र अनुवादकको काम पनि गरेका थिए । प्रसिद्ध भाषावैज्ञानिक डा. रामावतार यादवका अनुसार हास्य–व्यङ्ग्यले भरिएका प्रहसनमुखी रचना गर्ने उनी मैथिली भाषाका एक प्रतिबद्ध अभियन्ता र सिपाही थिए ।

शयद २०४८÷४९ तिरको कुनै महिना हुनुपर्छ । मैले उनलाई पहिलो पटक जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा आयोजित एउटा कवि गोष्ठीमा भेटेको थिएँ । होचो कद, झुस्स दाह्री, अनुहारमा चस्मा, धोती कुर्ताको पहिरन, काँधमा गम्छा र झोला भिरेका बम्बैया फिल्मका पत्रकारजस्ता देखिने व्यक्तित्व । उनले वाचन गरेको कविताबाट म निकै प्रभावित भएको थिएँ । मैले पनि कविता वाचन गरेको थिएँ । कार्यक्रमपछि मेरो प्रशंसा गर्दै उनले साहित्य रचनामा निरन्तर क्रियाशील रहन प्रेरित गरेका थिए । म स्वीकार गर्छु उनको पत्रकारिता र साहित्यकर्मबाट म कुनै न कुनै रुपमा प्रभावित छु । 

मैले चिनेको ॐकुमार झा राजनीतिमा पनि रुची राख्दथे । संसदको यात्रा तय गर्नका लागि संसदीय निर्वाचनमा चुनावमा उम्मेदवारका रुपमा सहभागी भएका थिए उनी । लोकतन्त्रप्रति प्रतिबद्ध झा मधेश र मैथिलीभाषीको अधिकार प्राप्तिका लागि फरक धारको राजनीतिमा सक्रिय थिए । एक पटक उनले मलाई भनेको म सम्झन्छु–लोकतन्त्रको विकल्प छैन तर कांगेसले लोकतन्त्रको आफ्नो मान्यतामा परिवर्तन गर्नु जरुरी छ । उनी नेपाल सद्भावना पार्टीको बौद्धिक मञ्चको केन्द्रीय अध्यक्षका रूपमा लामो समय सक्रिय रही सामाजिक चेतना र अधिकार प्राप्तिका लागि अग्रसर रहेका थिए । 

हास्य–व्यङ्गय विधालाई समाज निर्माणको प्रक्रियासँग जोड्ने प्रयत्न गरेका झाले यो विधाको संस्थागत प्रवद्र्धनमा पनि भूमिका निर्वाह गर्ने प्रयास गरेका थिए । होली (फागु ) पर्वको अवसरमा जनकपुर क्षेत्रमा हास्य–व्यङ्गयसँग सम्बन्धित महामुर्ख सम्मेलनको आयोजन गर्ने मिथिला नाट्यकला परिषदको अध्यक्ष सुनीलकुमार मल्लिकका अनुसार झाको योगदानको मूल्यांकन गर्दै वि.सं. २०६१ (सन् २००५) मा उनलाई महामूर्ख उपाधिबाट सम्मानित गरिएको थियो ।

Xtrem

Xtrem

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी भन्छन्–मिथिला समाजका लागि झाको योगदान महत्वपूर्ण छ । पछिल्लो समयमा एक प्रकारले ‘गुमनाम’जीवन बिताइरहेका झा आजीवन मैथिली भाषाको संवैधानिक मान्यता, पठनपाठनमा मैथिलीको प्रयोग र स्थानीय तथा राष्ट्रिय स्तरमा मैथिली भाषाको अधिकार स्थापित गर्न निरन्तर आन्दोलनरत रहे । जनकपुर, काठमाडौँ र आसपासका क्षेत्रमा मैथिली चेतना जगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका झाले देखाएको बाटोमा मैथिलीभाषी अग्रसर हुनु उनीप्रतिको साँचअ‍े अर्थमा श्रद्धाञ्जलि हुनेछ । 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धर्मेन्द्र विह्वल
लेखकबाट थप
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ?
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा आइतबार, असोज १८, २०८३
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा आइतबार, असोज १८, २०८३
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न आइतबार, असोज १८, २०८३
देउवा लक्षित रवि लामिछानको टिप्पणी ‘फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, सुझाव दिन चाहन्छु’ आइतबार, असोज १८, २०८३
कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्