• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’

64x64
धर्मेन्द्र विह्वल शुक्रबार, भदौ १२, २०८३  १५:२६
1140x725

राजेश्वर नेपाली। पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम। नेपालीजी कुनै परिचयको मोहताज छैनन्। नाम नै उनको परिचय हो। सादा जीवन, उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन्। नेपालीजीका सम्बन्धमा जति र जे लेखिए पनि कमै हुनेछ। तिनै नेपालीजीको चौथो वार्षिक पुण्यतिथिका सन्दर्भमा उनलाई स्मरण गर्नु उचित हुनेछ। चार वर्षअघि २०८० (२०२३) भदौ ११ मा उनले यो धर्ती त्याग गरेका थिए। संयोग नै मान्नुपर्छ, यही महिना उनको जन्मजयन्ती पनि हो। वि.सं. २००१ (सन् १९४४) भदौ १९ का दिन यस धरामा पदार्पण गरेका नेपालीजीले धरा त्यागका लागि पनि भदौ महिना नै रोजे।

नेपालीजीलाई मैले जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसमा अध्ययन गर्दादेखि नै चिन्दथेँ। जुनबेला म प्रवीणता प्रमाणपत्र तह (वि.सं. २०४२/४४) को विद्यार्थी थिएँ, त्यही बेलादेखि म उनको सम्पर्कमा थिएँ। यस दृष्टिले हेर्ने हो भने उनीसँगको मेरो सम्पर्कको चार दशक बितिसकेछ। म जुनबेला उनको सम्पर्कमा आएँ, त्यो समय मेरा लागि पत्रकारिता जीवनको अत्यन्त प्रारम्भिक समय थियो, तर नेपालीजी त्यसबेलासम्म पत्रकारिता जगत्मा सुविख्यात भइसकेका थिए। त्यो समय शायद पत्रकारिताका दृष्टिले उनको उत्कर्षको समय थियो भनेर भनियो भने अनुचित हुने छैन।

म पत्रकारितामा आबद्ध भइसकेपछि, शायद २०४४ सालको कुनै दिन हुनुपर्छ, मैले नेपालीजीसँग पत्रकारिताका सन्दर्भमा कुराकानी गर्न औपचारिक रूपमा भेट गरेको थिएँ र त्यसपछि भेटघाटको यो क्रमले तीव्रता पायो। उनी र म निकट थियौँ। निकट हुनुपर्ने अर्को महत्त्वपूर्ण कारण थियो–वैचारिक र राजनीतिक। नेपालीजी र म एकै प्रकारको विचार र राजनीतिक दर्शनबाट प्रेरित थियौँ। एक दृष्टिले भन्ने हो भने स्थानीय स्तरमा नेपालीजी मेरा एक ‘रोल मोडल’ थिए/हुन्।

पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिलेदेखि नै उनका सम्बन्धमा धेरै कुरा सुनेको थिएँ–दृढ विचार, वाक्पटु, स्पष्टवक्ता, जानकारीका भण्डार, अनुसन्धानकर्मी, साहित्यिक चेत आदिआदि। पछि त उनीसँग बारम्बार भेट भइरह्यो। निश्चय पनि कतै न कतै मलाई उनको योगदानले प्रभावित गरेको थियो र यो प्रभावले पनि पत्रकारितामा प्रवेश गर्न मलाई प्रोत्साहित गरेको थियो भन्दा अनुचित हुँदैन।

मलाई लाभ थियो, नेपालीजी र म एउटै नगर अर्थात् जनकपुरकै वासिन्दा थियौँ। त्यसैले उनीसँगको सान्निध्य प्राप्त गर्न मलाई सहज भयो। यो मेरो सौभाग्य थियो। म जनकपुरमै रहेर वि.सं. २०४३ देखि २०५२ सम्म पत्रकारितामा सक्रिय थिएँ। यो त्यो समय थियो, जुनबेला नेपालीजीसँग करिबकरिब प्रत्येक दिनजसो भेट हुन्थ्यो। अधिकांशतः जनकचोकस्थित दीपनारायणजीको पत्रिका पसलमा। क्याम्पसबाट फर्कँदै गर्दा साइकलसवार नेपालीजीसँग मेरो भेट प्रायः त्यहीँ हुन्थ्यो। त्यहाँ भेट भएन भने जानकी मन्दिरको प्राङ्गण हाम्रो भेटघाटको अर्को निश्चित स्थान थियो। भेटमा अनेक कुरा हुन्थे। केही राजनीतिका, केही साहित्यका र केही पत्रकारिताका। निश्चय ती कुराकानीले मेरा लागि मार्गदर्शन र प्रोत्साहनको काम गर्थे।

२०५२ सालमा म पेसा र रोजगारीका क्रममा काठमाडौं आएँ र त्यसपछि मेरो बढी समय यतै बित्न थाल्यो। स्वाभाविक रूपमा नेपालीजीसँग प्रत्यक्ष भेटघाटको क्रम पनि पातलियो, तर अप्रत्यक्ष रूपमा हामी सधैँ नै सम्पर्कमै रह्यौँ। उनीसँगको सान्निध्यका आधारमा म दाबीपूर्वक भन्न सक्छु, नेपालीजी पत्रकार, साहित्यकार, राजनीतिकर्मी र सामाजिक अभियन्ता थिए।

नेपालीजीसँग मेरो सम्बन्ध पत्रकारितासम्म मात्र सीमित थिएन। उनीसँग म साहित्य र राजनीतिक रूपमा पनि सम्बन्धित छु भनियो भने असंगत हुने छैन। यी तीनै सम्बन्धका आधारमा हाम्रो सम्बन्धको विश्लेषणको प्रयत्न गरियो भने म निःसंकोच भन्न सक्छु कि नेपालीजी मेरो आदरणीय अभिभावक थिए र प्रेरणाको एक सशक्त स्रोत पनि।

मैले माथि पनि भनिसकेँ, नेपालीजीसँग म अत्यधिक प्रभावित थिएँ/छु। उनीसँग सम्बन्धित अनेक स्मृति मेरो मानसपटलमा अहिले दगुरिरहेका छन्। कुन लेख्नु, कुन नलेख्नु? सबै स्मृतिलाई यहाँ शब्दमा उतार्नु सम्भव हुन सक्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

उनीसँग म प्रभावित हुनुपर्ने अनेक कारण छन्। सबैभन्दा पहिले त म उनको सादगीपूर्ण जीवन र पत्रकारिताप्रतिको अविभाज्य समर्पणबाट प्रभावित छु। मधेशबाट पत्रकारिता गर्ने र पत्रकारिताकै माध्यमबाट मिशन र जीवन निर्वाहको प्रयत्न गर्नेमध्ये नेपालीजी पहिलो पुस्ताका प्रखर र सशक्त पत्रकार थिए। पत्रकारिताका माध्यमबाट समाज रूपान्तरणमा उनको योगदान अत्यन्त महत्त्वपूर्ण छ। र, सबैभन्दा महत्त्वपूर्ण कुरा के भने उनको योगदानलाई सर्वत्र स्वीकार गर्ने गरिएको छ।

जनकपुरबाट पत्रकारिता गर्नेमध्ये नेपालीजी जनकपुर, मिथिला र मधेशमा मात्र सीमित थिएनन्/छैनन्। उनी सम्पूर्ण नेपालमा आदरपूर्वक ‘नेपालीजी’ का रूपमा चिनिन्छन्। मैथिलीका अतिरिक्त नेपाली र हिन्दीका सिद्धहस्त लेखक, साहित्यकार, पत्रकारको चिनारी बनाएका नेपालीजी भारतमा र हिन्दी साहित्यका क्षेत्रमा पनि उत्तिकै चिनिन्छन्।

शायद धेरैलाई उनको पूरा नाम थाहा नहुन सक्छ, तर ‘नेपालीजी’ पत्रकारका रूपमा नेपाल र नेपालभन्दा बाहिर पनि स्वीकृत थिए। माथि पनि चर्चा गरियो, नेपाली, मैथिली र हिन्दीमा समान अधिकार राख्ने नेपालीजी यी तीनवटै भाषाका माध्यमबाट पत्रकारिता र साहित्यमा क्रियाशील थिए। तीनै भाषामा अनेक साहित्यिक रचना (पुस्तकसमेत) का स्रष्टा नेपालीजीले समाज रूपान्तरणका क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए, तर उनको समर्पण र मूल परिचय भने पत्रकारिता नै हो।

महात्मा गान्धीको जीवन र दर्शनबाट प्रभावित नेपालीजी गान्धीवादीका रूपमा चिनिन्थे। उनी गान्धी दर्शनबाटै प्रभावित भएर समाज र राजनीतिमा पनि निर्देशित थिए। राजनीतिमा पनि उनको पृथक परिचय थियो। नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रारम्भिक दिनबाटै सक्रिय नेपालीजी प्रखर लोकतन्त्रवादीका रूपमा पनि चिनिन्थे। लोकतान्त्रिक आन्दोलनका क्रममा आस्थाका आधारमा पञ्चायतकालमा अनेकौँ पटक प्रशासनको कुदृष्टिको सिकार बनेका नेपालीजीले लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध कहिल्यै सम्झौता गरेनन्। उनी आजीवन आफ्नो आस्था र विचारमा अटल र दृढ रहे।

नेपालीजीलाई म मधेश–मिथिला ‘इन्साक्लोपिडिया (विश्वकोष)’ का रूपमा पनि चिन्थेँ। मधेश र मिथिलासँग सम्बन्धित अनेक जानकारीको विशाल सङ्ग्रह थियो उनीसँग। अनेक जानकारी त उनलाई मुखाग्र नै याद थियो। धेरैजसो जानकारीका औपचारिक सङ्ग्रहकर्ता थिए उनी। जानकारीको विशाल अभिलेखीकरणको भण्डार थियो उनीसँग। जीवित छँदा, चाहे त्यो राजनीति होस्, चाहे साहित्य वा पत्रकारिता, सबैसँग सम्बन्धित जीवित दस्तावेज मानिन्थे उनी। उनी समाज, व्यक्ति, स्थानीय विकाससँग सम्बन्धित जानकारीको पनि अजस्र स्रोत थिए। निश्चय उनीसँग भएको जानकारी र दस्तावेज अनेक अनुसन्धानकर्मीका लागि स्रोत सामग्रीका रूपमा उपयोगी हुन सक्छ। उनको जीवनकालमा उनीसँग रहेका यस्तै स्रोत सामग्रीको लाभ अनेक व्यक्तिले लिएका थिए। मलाई भन्न कुनै संकोच छैन, यस्तै एकजना लाभग्राही म पनि हुँ।

मेरो प्रस्ताव छ–नेपालीजीसँग रहेका यी अजस्र जानकारीको लाभ सम्पूर्ण समाज र राज्यले लिन सक्नुपर्छ। उनीसँग रहेका ऐतिहासिक सामग्रीको संरक्षणको दायित्व राज्यले निर्वाह गर्नु आवश्यक छ। यसबाट निश्चित रूपमा भावी पुस्ता लाभान्वित हुन सक्नेछन्।

अन्तमा, एउटा कुराको दुःख समाजलाई सधैँ रहनेछ, त्यो के भने नेपालीजीको योगदानको कदर राज्यले कहिल्यै गरेन। उनले समाजका लागि पुर्‍याएको योगदानको मूल्य तिर्नु कसैका लागि पनि सम्भव हुने छैन। तर उनको योगदानको मूल्याङ्कन सम्बन्धित निकायद्वारा निश्चित रूपमा हुनु अपरिहार्य छ।

नेपालीजीप्रति सादर श्रद्धाञ्जली।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धर्मेन्द्र विह्वल
लेखकबाट थप
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ?
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्