काठमाडौं– अपराध अनुसन्धान कार्यालय टेकुले ठूलो परिमाणमा हुक्कामा प्रयोग हुने फ्लेभरका प्याकेट बरामद भएका छन् ।
प्रहरीका अनुसार उक्त विभिन्न कम्पनीका हुक्काका फ्लेभरहरु चावहिल र कपन क्षेत्रबाट बरामद गरिएको हो ।
जम्मा १२ सय २८ प्याकेट बरामद भएको हो । एक प्याकेटमा १० पिसका दरले १५ हजार २ सय ८० पिस फ्लेभर बरामद भएको अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।