• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ३०, २०८३ Mon, Nov 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आस्था पछि बेवास्ता !

छठ समाप्त भएपछिको दृश्यले उठाएको प्रश्न
64x64
नेपाल लाइभ सोमबार, कात्तिक ३०, २०८३  २१:५३
1140x725

जनकपुर - अस्ताउँदो सूर्यलाई अर्घ दिँदा हात जोडिएका थिए, आँखामा श्रद्धा थियो, मनमा परिवारको सुख, शान्ति र समृद्धिको कामना थियो । बिहानैदेखि पोखरीका डिलमा भक्तजनको घुइँचो थियो । जलाशयमा उभिएर व्रतालुहरूले सूर्यदेव र छठी माताको आराधना गरिरहेका थिए । घाटहरू दीप, दियो र बत्तीले झिलिमिली थिए । चारैतिर भक्तिमय वातावरण थियो । लोकगीतका मधुर धुनसँगै छठ पर्वको रौनकले जनकपुरधामका पोखरीहरूलाई जीवन्त बनाएको थियो ।

प्रकृतिसंगको प्रत्यक्ष सम्बन्धलाई दर्शाउने छठ पर्व समाप्त भएको केही बेरमै छठ घाट र पोखरीहरू अहिले फोहोरको थुप्रोले भरिएका छन् । जहाँ केही समयअघि भक्तजनहरू कम्मरसम्म पानीमा उभिएर सूर्यलाई अर्घ दिइरहेका थिए, त्यहीँ अहिले पूजामा प्रयोग गरिएका सामग्री, फलफूलका अवशेष, प्लास्टिकका झोला, दियो, बत्ती, घैला र अन्य फोहोर छरिएका छन् । पर्व सकियो, भक्तजन घर फर्किए, तर उनीहरूले छाडेका फोहोर भने पोखरी र घाटमै बाँकी छन् ।

यो दृश्य केवल फोहोर व्यवस्थापनको समस्या मात्र होइन । यो प्रकृतिप्रति हाम्रो व्यवहार, धार्मिक आस्थाको वास्तविक अर्थ र सामाजिक जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न पनि हो ।

प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको छठ पर्वमा प्रकृतिको काखमा पुगेर पूजा गरिन्छ । पोखरी, ताल, नदी र जलाशयको किनारमा उभिएर जल र सूर्यलाई साक्षी राख्दै सूर्यदेवको आराधना गरिन्छ । पृथ्वीमा जीवन सम्भव बनाउने सूर्यप्रति कृतज्ञता व्यक्त गरिन्छ ।

छठ पर्वमा प्रयोग गरिने अधिकांश सामग्री पनि प्रकृतिबाटै प्राप्त हुन्छन् । माटोको घैला, दियो, केराको पात, उखु, नरिवल, फलफूल र अन्य मौसमी उत्पादनबाट प्रसाद तथा परिकार तयार पारिन्छन् । प्रकृतिले दिएको उपहारलाई नै प्रकृतिसामु अर्पण गर्नु यस पर्वको सुन्दर विशेषता हो ।

यस पर्वले मानिसलाई प्रकृतिप्रति कृतज्ञ हुन, जलस्रोतको महत्त्व बुझ्न र प्राकृतिक सम्पदाको सम्मान गर्न सिकाउँछ । पोखरी र नदीको सरसफाइ, शुद्धता तथा पवित्रतालाई विशेष महत्त्व दिइन्छ । छठ आउनुअघि नै घाट र पोखरीहरूको सरसफाइ गर्ने परम्परा छ । कतिपय ठाउँमा स्थानीयवासी र युवाहरू आफैँ जुटेर पोखरीका डिल सफा गर्छन्, जलाशय वरिपरिका झारपात हटाउँछन् र घाटलाई आकर्षक बनाउँछन् ।

तर विडम्बना ! जुन पोखरीलाई सफा गरेर पूजा गर्न योग्य बनाइन्छ, त्यही पोखरीलाई पूजा सकिएपछि फोहोरको थुप्रोमा परिणत गरिन्छ । यो व्यवहारले जोसुकैको मनमा एउटा प्रश्न उठाएको छ । प्रकृतिको पूजा गर्ने नाममा प्रकृतिलाई नै फोहोर उपहार दिनु कस्तो आस्था हो ? सूर्यसँग जीवन र समृद्धिको कामना गर्ने तर सूर्यको प्रकाशले जीवन दिएको यही प्रकृतिको संरक्षणप्रति बेवास्ता गर्नु कस्तो धार्मिक व्यवहार हो ?

श्रद्धाका साथ तयार पारीएका पूजाका सामग्रीहरु घरदेखि घाटसम्म पुर्‍याउन विशेष सावधानी अपनाइन्छ । कुन सामग्री कहाँ राख्ने, कुन परिकार कसरी चढाउने र कुन समयमा सूर्यलाई अर्घ दिने भन्ने कुरामा विशेष ध्यान दिइन्छ । तर पूजा सम्पन्न भएपछि त्यही सावधानी र जिम्मेवारी हराएजस्तो देखिएको छ । जनकपुरधामका मुख्य मानिने गंगासागर पोखरीको घाट, धनुष सागर पोखरी घाट, दशरथ तलाउको घाट र अंगराजसर पोखरीको घाटको अहिलेको अवस्था हेर्दा कुनै डम्पिङ साईट वरिपरिको दृश्य भन्दा कम देखिन्न ।

Ncell 2
Ncell 2
nimb
nimb

पूजाका लागि ल्याइएका दियो, बत्ती, घैला, ढाकी, सुपली तथा अन्य सामग्रीहरु पोखरी र पोखरीको घाटमै छोडेर श्रद्धालुहरु घर फर्किएका छन् ।

यसले एउटा गम्भीर विरोधाभास उजागर गर्छ । पूजा गर्दा पवित्रता खोज्ने हामी, पूजा सकिएपछि त्यही पवित्रताको आधार बनेको वातावरणप्रति किन उदासीन हुन्छौँ ? धर्म र आस्था केवल केही घण्टाको अनुष्ठानमा सीमित हुन सक्छन् र ? यदि हामी साँच्चिकै सूर्यदेव र छठी माताप्रति श्रद्धा राख्छौँ भने प्रकृतिले दिएको जल, जमिन र वातावरणको संरक्षण गर्नु पनि त्यही आस्थाको हिस्सा हुनुपर्ने होइन र ?

छठ पर्वलाई शुद्धता, संयम, अनुशासन र स्वच्छताको पर्वका रूपमा पनि लिइन्छ । यस पर्वमा व्रतालुहरूले कठिन व्रत बस्छन्, खानपानमा विशेष शुद्धता अपनाउँछन् र पूजाका सामग्रीदेखि घाटसम्मको पवित्रतामा ध्यान दिन्छन् ।

तर स्वच्छताको यही सन्देश पर्व सम्पन्न भएपछि किन हराउँछ ? के स्वच्छता केवल पूजाका लागि आवश्यक हो ? के पोखरीको पवित्रता अर्घ दिँदासम्म मात्र कायम रहनुपर्ने हो ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वास्तवमा छठको अर्थ सूर्यलाई अर्घ दिनु मात्र होइन । सूर्यले दिएको प्रकाश, ताप र ऊर्जाबाट चलिरहेको जीवनप्रति कृतज्ञ हुनु पनि हो । पानी, हावा, माटो र वनस्पतिप्रति सम्मान व्यक्त गर्नु पनि हो । प्रकृतिको संरक्षणबिना मानव जीवन सम्भव छैन भन्ने सन्देशलाई आत्मसात् गर्नु पनि हो । तर व्यवहारमा भने हामीले छठको आध्यात्मिक र सांस्कृतिक पक्षलाई आत्मसात् गरे पनि त्यसको वातावरणीय सन्देशलाई पर्याप्त रूपमा व्यवहारमा उतार्न सकेका छैनौँ ।

आस्थाको नाममा गरिने कुनै पनि कार्यले प्रकृतिलाई क्षति पुर्‍याउनु हुँदैन । बरु प्रकृतिको पूजा गर्ने पर्वले प्रकृतिको संरक्षण गर्ने संस्कारलाई अझ बलियो बनाउनुपर्ने हो ।

पोखरी र घाटहरूमा देखिएको फोहोरको समस्या भक्तजनको चेतनाको कमीसँग मात्र जोडिएको छैन । यसमा घाट व्यवस्थापन समिति र सम्बन्धित निकायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ ।

छठ पर्वअघि घाट सजावट, बत्ती व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा अन्य तयारीमा विभिन्न समिति सक्रिय हुन्छन् । चन्दा संकलनदेखि सजावटसम्मका काममा व्यापक तयारी गरिन्छ । घाटलाई आकर्षक बनाउन विभिन्न संरचना निर्माण गरिन्छन् । तर पर्व सकिएपछि ती घाटहरूको व्यवस्थापन र सरसफाइ कसको जिम्मेवारी हो भन्ने विषयमा पर्याप्त ध्यान पुगेको देखिँदैन ।

यदि पर्वअघि घाट सफा गर्न सकिन्छ भने पर्वपछि फोहोर उठाउन किन सकिँदैन ? यदि हजारौँ भक्तजनलाई व्यवस्थित रूपमा अर्घ दिने वातावरण बनाउन सकिन्छ भने उनीहरू फर्किएपछि घाट सफा राख्ने व्यवस्था किन गर्न सकिँदैन ?

घाट व्यवस्थापन समितिले पर्व सुरु हुनुअघि मात्र होइन, पर्व सम्पन्न भएपछि पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । प्रत्येक घाटमा पर्याप्त फोहोर संकलन गर्ने डस्टबिन राख्ने, पूजा सम्पन्न भएपछि तत्काल सरसफाइ टोली परिचालन गर्ने, फोहोर छुट्याएर व्यवस्थापन गर्ने र पोखरीमा पूजाका सामग्री फाल्न नदिने व्यवस्था गर्न सकिन्छ ।

त्यस्तै, स्थानीय तहले पनि छठ पर्वका लागि विशेष सरसफाइ योजना बनाउन आवश्यक छ । पर्वको अवधिभर मात्र नभई त्यसपछि पनि केही दिनसम्म नियमित फोहोर संकलन र व्यवस्थापनको व्यवस्था हुनुपर्छ ।

घाट व्यवस्थापन समितिहरूको सफलता घाट कति आकर्षक बनाइयो, कति बत्ती बालियो वा कति सजावट गरियो भन्ने आधारमा मात्र मापन हुनु हुँदैन । पर्व सकिएपछि घाट कति सफा राखियो भन्ने कुरा पनि त्यसको सफलताको महत्त्वपूर्ण मापदण्ड बन्नुपर्छ ।

जनकपुरधामसहित मधेश प्रदेशका जनतामा हुने एउटा नराम्रो सोँच अझै पनि छ । सार्वजनिक सम्पत्तिको बेवास्ता गर्नु । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका अनुसार यहाँका जनताले हरेक सार्वजनिक स्थान र सम्पत्तिको जिम्मेवारी सम्बन्धित निकायको मात्र हो भन्ने बुझ्छन । उनका अनुसार सार्वजनिक सम्पत्ति सबैको आफ्नो सम्पत्त हो । प्रयोग गर्ने बेला सबैले प्रयोग गर्ने तर मर्मत सम्भार र सरसफाईको कुरा आउँदा पालिकामाथि थुपार्ने प्रवृति यहाँका जनतामा रहेको मेयर साहले गुनासो गर्ने गर्छन ।

नागरिकको सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक छ । विद्यालयदेखि समुदायसम्म वातावरणीय चेतना फैलाउनुपर्छ । धार्मिक अगुवा, पुजारी, घाट व्यवस्थापन समिति र सामाजिक संघसंस्थाले पनि छठको वास्तविक सन्देशसँगै स्वच्छताको महत्त्वबारे जनचेतना फैलाउनुपर्छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ का स्थानीयवासी सतिस कुमार झा भन्छन्, छठ पर्व वर्षमा एकपटक आउँछ, तर पोखरी र जलाशयको आवश्यकता वर्षभरि रहन्छ । छठमा अर्घ दिन प्रयोग गरिने पानी यही सहरका नागरिकको दैनिक जीवनसँग पनि जोडिएको छ । त्यसैले पर्व सकिएपछि पोखरीलाई फोहोर छाड्नु भनेको आफ्नै वातावरण र भविष्यलाई अस्वच्छ बनाउनु हो ।

छठको वास्तविक सुन्दरता घाटमा बालिएका हजारौँ दीपमा मात्र छैन । यसको सुन्दरता त त्यसपछि पनि स्वच्छ र निर्मल रहने पोखरीमा हुनुपर्छ । सूर्यलाई अर्घ दिँदा जोडिएका हातले पूजा सकिएपछि एउटा फोहोर टिपेर डस्टबिनसम्म पुर्‍याउन पनि सक्नुपर्छ । छठी मातासँग परिवारको सुख र समृद्धि माग्ने भक्तजनले आफूले पूजा गरेको जलाशयको संरक्षण गर्ने संकल्प पनि गर्न सक्नुपर्छ।

भक्तजनले आफूले प्रयोग गरेका सामग्री र फोहोर आफैँ व्यवस्थापन गर्ने संस्कार विकास गर्नुपर्छ । घाट व्यवस्थापन समितिले सरसफाइलाई आफ्नो अनिवार्य जिम्मेवारी बनाउनुपर्छ । स्थानीय सरकारले प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली लागू गर्नुपर्छ । धार्मिक अगुवाहरूले पनि पूजा र सरसफाइ एकअर्काका परिपूरक हुन् भन्ने सन्देश दिनुपर्छ ।

स्रोतः नेपाल न्यूज बैंक

 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  २१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आस्था पछि बेवास्ता !
मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
मंसिर ६ मा भारत जाँदै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि द्विपक्षीय मुद्दामा छलफल हुने
सम्बन्धित सामग्री
आस्था पछि बेवास्ता ! भक्तजनले आफूले प्रयोग गरेका सामग्री र फोहोर आफैँ व्यवस्थापन गर्ने संस्कार विकास गर्नुपर्छ । घाट व्यवस्थापन समितिले सरसफाइलाई आफ्नो अ... सोमबार, कात्तिक ३०, २०८३
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल जलवायु परिवर्तनको दीर्घकालीन प्रभावबाट विश्वका कुनै पनि सभ्यता अछुतो नरहने भएकाले वैचारिक विभाजनभन्दा माथि उठेर शैक्षिक र वैज्ञानिक... सोमबार, कात्तिक ३०, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न बिहानको अर्घ्यसँगै यस वर्षको छठ पर्व सम्पन्न भएको हो। सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
आस्था पछि बेवास्ता ! सोमबार, कात्तिक ३०, २०८३
मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो सोमबार, कात्तिक ३०, २०८३
मंसिर ६ मा भारत जाँदै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि द्विपक्षीय मुद्दामा छलफल हुने सोमबार, कात्तिक ३०, २०८३
एनएफएल सञ्चालनका लागि राखेपको सैद्धान्तिक सहमति सोमबार, कात्तिक ३०, २०८३
दुई जिल्लामा जुवाखालबाट ३४ जना पक्राउ सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
प्रहरी कार्यालयमै झगडा: छ जना पक्राउ आइतबार, कात्तिक २९, २०८३
मुगु दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो आइतबार, कात्तिक २९, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्