काठमाडौं - सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक आराधना गर्दै मनाइने चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।
छठ पर्वको अन्तिम दिन आज बिहानै व्रतालु तथा श्रद्धालु भक्तजनहरूले काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारका साथै देशका विभिन्न तालतलैयामा उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै विधिपूर्वक पूजा तथा आराधना गरेका थिए।
चार दिनसम्म विभिन्न धार्मिक विधि, परम्परा र आस्थाका साथ मनाइने छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ। बिहानको अर्घ्यसँगै यस वर्षको छठ पर्व सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।