काठमाडौं। सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
कात्तिक २९ गते साँझ ७:३० बजे भक्तजनहरू छठ पूजा सकेर घर फर्किएपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए।
उक्त घटनामा संलग्न रहेको आरोपमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।
तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।