काठमाडौं– प्रहरीले देशका दुईवटा जिल्लामा जुवाखालबाट ३४ जनालाई नियन्त्रणमा लिएको छ । जसमा दाङमा मात्रै एकै स्थानबाट आइतबार प्रहरीले १५ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-५ मासु मार्केटस्थित जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बसपार्क बस्ने ५५ वर्षीय मोहमद अनिस कुरेसी समेत १५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३० हजार २ सय ३५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै ललितपुरको गोदावरी नगरपालिका-६ टिकाभैरव भैसेस्थित भैसेडाँडा रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा कोन्ज्योसोम गाउँपालिका-५ बस्ने ४० वर्षीय केशव घिमिरे समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६० हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, गोदावरी नगरपालिका-५ लेले चम्पेश्वरी बस्ने ५१ वर्षीय यम कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा यम कुमार समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत चापागाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।