• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ?

64x64
धर्मेन्द्र विह्वल बुधबार, भदौ २४, २०८३  १३:३७
1140x725

काठमाडौं–  महामानव विपि कोइरालाको आज ११२ औँ जन्मजयन्ति हो । 

आजकै दिन अर्थात १९७१ सालमा यस धरामा अवतरण गरेका विपिले २०३९ साउन ६ गते महाप्रस्थान गरेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता विपि कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष थिए, भनेर भन्न हिच्किचाउनु जरुरी छैन ।

उनी राजनीतिलाई गति दिनसक्ने र समयानुकुल मोड्न सक्ने तथा तार्किक निष्कर्षमा पु¥याउन सक्ने क्षमतायुक्त राजनेताका रुपमा स्वीकृत छन् । राजनीतिमा विकसित प्रत्येक परिस्थितिलाई प्रजातन्त्र अनुकूल बनाउन सक्ने अद्भूत क्षमता र व्यवहार कौशल भएका अन्तराष्ट्रिय स्तरको राजनेताका रुपमा विपि परिचित थिए । विश्व समाजवादी आन्दोलनको एक अग्रणी नेताका रुपमा परिचित विपिले आफ्नै देशमा भने समाजवादी कार्यक्रमहरुको कार्यान्वयन् गर्ने पर्याप्त अवसर पाएनन् ।

विपि चिन्तनको विश्लेषण्का आधारमा भन्न सकिन्छ, उनका लागि आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त थियो । उनमा यो अवस्था प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो । कुनै दुईमत हुन सक्दैन, बिपीको यही दृढता नै आजको नेपाली राजनीतिको मार्गदर्शनको सिद्धान्त हो ।

त्यो बेला नेपाली काँग्रेसले अख्तियार गरेका धेरै नीतिहरू काँग्रेसको गर्भसिद्धान्त अर्थात समाजवादी दर्शनका बिम्ब हुन् । त्यसअघि बीरगञ्जमा सम्पन्न नेपाली काँग्रेसको छैठौं महाधिवेशनले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई पार्टीको मूल सिद्धान्तका रुपमा प्राणप्रतिष्ठा गरेको थियो । यही महाधिवेशनमा विपिले प्रस्तुत गरेको समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समिति निर्माण गर्नेलगायत विभिन्न १८ वटा प्रस्ताव पारित गरेको थियो ।

उनले त्यतिबेला समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न सङ्कल्प गरेका छौंँ भनेका थिए । आज पनि यसैको जगमा नेपाली काँग्रेस बाँचिरहेको छ । दुर्भाग्यवश उनले आफूले थालनी गरेका कार्यक्रम, योजना र नीतिहरुको कार्यान्वयन गर्न लामो समय पाएनन् । केही वर्ष उनले आफ्नो सोचअनुसार काम गर्न पाएको भए नेपाल पनि विश्वका अन्य राष्ट्र जसरी नै समृद्ध बन्न सक्थ्यो । नेपालले पनि विकासको गति समात्न सक्थ्यो ।

तर, नेपालले एकदलीय निरङकुशता, सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता भोग्नुप¥यो । अब मुलुकमा लोकतन्त्र छ, लोकतान्त्रिक समाजवादका प्रणेता विपिका उत्तराधिकारीमाथि उनको सपना पूरा गर्नुपर्ने दायित्व छ । तर कता कता विपिको अवधारणा कार्यान्वयन्मा समस्या अनुभूत गरिएको छ । समस्या उनको विचार र अवधारणामा होइन समस्या त्यो विचार अवधारणा कार्यान्वयन् गर्नेहरुमा छ । विपिका नारा र समाजवादको मन्त्र पढेर अनि कोरा अक्षरमा विपिको नाम पुकारेर उनले देखेको सपना र उनले हाम्रो काँधमाथि छोडेर गएको लक्ष्यको भारीलाई हामीले गन्तव्यसम्म कहिल्यै पु¥याउन सक्दैनौंँ ।

११२ वर्षपहिले यस धरामा अवतरित विपिका अवधारणा आज पनि उत्तिकै महत्वपूर्ण छन् । आजको नेपालको परिवर्तित राजनीतिक परिवेशमा पनि विपिका विचार सान्दर्भिक रहेको मान्न अप्ठ्यारो मानिरहनु जरुरी छैन । हो, विपि नेपाली कांग्रेसका संस्थापक हुन तर उनले प्रतिपादन गरेको राजनीतिक अवधारणालाई नेपाली कांग्रेससम्म मात्र सीमित राख्नु उचित हुँदैन । उनका विचार त जसजसले आफूलाई लोतन्त्रवादी भन्छ सबैका लािग समान महत्वको भएको कुरामा विमति हुन सक्दैन ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको राजनीतिमा विपि एउटा व्यक्तिमात्र नभएर युगद्रष्टा पनि थिए भनियो भने त्यो अतिशयोक्ति हुने छैन । जतिबेला नेपाली समाज तुलनात्मकरुपमा बाँकी विश्वको हारहारीमा विकसित भइसकेको थिएन उनले उतिबेलै मुलुकको समृद्धिको सपना कोरिसकेका थिए । सपना देख्ने मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने परिकल्पनासहितको योजनाको खाका पनि तयार गरेका थिए ।

झण्डै १८ महिने उनको प्रधानमन्त्रीत्वकाल नेपाली प्रजातन्त्रका लागि स्वर्णकाल मानिन्छ । यो अवधि देशको आधुनिकीकरण अनि विकासको दिशामा एउटा प्रस्थानबिन्दु मात्रै थिएन, बरु त्यो प्रस्ट दृष्टिकोण र दूरदृष्टिपूर्ण राजनीतिको एउटा सुरुआत पनि थियो भन्दा फरक पर्दैन । उनको नेतृत्वमा समाजवादको मौलिकीकरण अनि सिद्धान्तको राजनीतिको गर्भरचना हुन सकेको थियो र देशको एउटा भविष्यरेखा कोरिएको थियो भन्न असहज मान्नु पर्दैन ।

आर्थिक रुपान्तरण गरी जनताको जीवनस्तर माथि नउठाएसम्म लोकतन्त्र फलदायी हुन सक्दैन र लोकतन्त्रको अभावमा देशको विकासले कोल्टो फेर्न असम्भव हुने दर्शनका आधारमा उनले उद्योग, कलकारखाना स्थापनामा जोड दिएका थिए । उनले जनताकेन्द्रित राजनीतिका आधारमा नेपाली समाज र भूगोललाई जोड्ने कालजयी प्रयास गरेका थिए । उनले राजनीतिलाई नयाँ अर्थ प्रदान गर्ने सन्दर्भमा वहिष्करणमा परेका जात, समुदाय र भुगोललाई राज्यको मूलधारमा प्रवाहीकरण गर्ने अवधारणा कार्यान्वयनको प्रयास थालेका थिए ।

आज समावेशीका नाममा राजनीति गर्नेले बुझ्नु जरुरी छ, विपिले उतिबेलै समावेशी सिद्धान्तको प्रतिपादन मात्र होइन कार्यान्वयन नै गरेका थिए र यसै आधारमा राष्ट्रनिर्माणको नवप्रक्रियालाई दिशानिर्देश गर्ने प्रयत्न गरेका थिए । आज समावेशीकरणको कुरा जति भएको छ, त्यसको आधार विपिले २०१५ सालमै खडा गरिसकेको कुरा त्यसवेलाका लिखतको विश्लेषण गर्दा थाहा हुन्छ । उनको मन्त्रिमण्डल, उनले नियुक्ति गरेका व्यक्तिहरुलाई हेर्दा देशको सबै भूगोल, जातजाति, वर्ग समुदायको प्रतिनिधित्व भएको पाइन्छ ।

Xtrem

Xtrem

सारमा भन्ने हो भने विपिले समावेशीकरण्का माध्यमले सामाजिक न्याय स्थापनामा जोड दिएका थिए । उनीपछिका दिनमा यो अवधारणाको कार्यान्वयनले सार्थक अर्थमा निरन्तरता प्राप्त गर्न सकेन । उनका उत्तराधिकारीले कागज र भाषणमा विपि दर्शन फलाक्न कहिल्यै छोडेनन् तर विपिको सपना साकार गर्ने दिशामा आफूहरुलाई प्रायः कहिल्यै निर्देशित गरेनन् ।

नेपालको राजनीतिक विकासक्रमलाई मिहीन ढङ्गले विश्लेषण गरिएका खण्डमा उनको समयमा नेपालको राजनीति एउटा खास भूगोल र क्षेत्रमै सीमित रहेको पाउन सकिन्छ । उनले यस अवस्थामा परिवर्तन खोजे । समाजको यथार्थलाई राम्ररी बुझेका उनले बहुलवादमा आधारित समाजवादको नीति तय गरेका थिए । उनले सोहीअनुसारको नीति, योजना र कार्यक्रमहरु ल्याउने प्रयत्न गरेबाट पनि यो तथ्यको पुष्टि हुन्छ । यसको एउटा मुख्य उदाहरण भूमिसुधारलाई मान्न सकिन्छ । अहिले देशमा भूमि व्यवस्थासम्बन्धी जे जति काम हुन सकेका छन्, उनकै नीतिमा आधारित छन् ।

राजनीतिक दृिष्टकोण र बदलिदो विश्व राजनीतिका कारण राष्ट्रनिर्माणका लागि राष्ट्रिय एकताको आवश्यकता जहिले पनि पर्दछ । लोकतन्त्रलाई सञ्चालन गराउने केही आवश्यकीय संरचनाहरुको कल्पना उनले पहिले नै गरेका थिए । जस्तै, प्रेस स्वतन्त्र नभएसम्म लोकतन्त्र बलियो हुन सक्दैन भन्ने उनको प्रष्ट बुझाइ थियो । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका विपिले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेका दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

आज नेपालमा हिजोका भन्दा फरक राजनीतिक अवस्था छ । राजनीतिमा नयाँ पात्र र विचारको उदय भएको छ । भूराजनीतिक अवस्था संवेदनशील छ । यस्तो अवस्थामा सायद नेपालको राजनीति र समग्र अवस्था हिजोको भन्दा जटिल छ । यस्तोमा विपिले अख्तियार गरेको नीतिको सान्दर्भिकता अझ बढेर गएको कुरामा दुई मत हुन सक्दैन ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धर्मेन्द्र विह्वल
लेखकबाट थप
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ?
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्