काठमाडौं– काठमाडौँको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।
उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो।
हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका थिए र उनको शरीको भाग धेरै नै जलेको थियो । गम्भीर घाइते भएका चालकलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।
प्रहरीले आगलागीको कारण र घटनाको पृष्ठभूमिबारे अनुसन्धान अघि बढाएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय र प्रहरीले छुट्टाछुट्टै छानबिन समेत अघि बढाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।