काठमाडौँ – सेतो हेरोइन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका एक भारतीय नागरिकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
थाइल्यान्डबाट काठमाडौँ ल्याइएको करिब २२ करोड मूल्य बराबरको लागुऔषध सेतो हेरोइन पनि बरामद भएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले साढे ५ केजी सेतो हेरोइन बरामद गर्नुको साथै सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिक
महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।