• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी

64x64
नेपाल लाइभ शनिबार, भदौ २७, २०८३  १५:३७
1140x725

काठमाडौं– सिन्धुपाल्चोक र काठमाडौंको सीमामा पर्ने शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको धाप ड्याम फुट्ने त्रास बढेसँगै सतर्कता अपनाइएको छ। सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर ३ मा पर्ने मझुवातर्फ ड्यामका लागि निर्मित जाली लगाइएको पर्खाल पल्टिएर पहिरो गएपछि ड्याम फुट्ने हो कि भन्ने त्रास बढेको पाइएको छ।

उक्त वडाका अध्यक्ष कुमार बञ्जाराले नेपाल लाइभलाई बताएअनुसार ड्याम निर्माण भएको दुई वर्षमै समस्या देखिएको छ। ड्याम फुटेर पहिरो गएको हो कि अन्य कारणले भन्ने विषयमा सरकारी टोलीले शुक्रबार स्थलगत अध्ययन गरी तत्काल समाधानका लागि कार्य अगाडि बढाएको छ।

6-1789206608.jpeg

प्राविधिक निरीक्षण टोलीले खोल्सीको बहाव क्षेत्रमा पानीको बहावले माटो तथा जमिन कटान गर्ने प्रक्रिया तीव्र भएसँगै ह्युम पाइपको जोर्नी फुटेर वालभित्रैबाट पानी चुहिँदा एसियाली विकास बैंक (एडीबी)को सहयोगमा निर्मित ड्यामको तलतर्फ रहेको खोल्सीमा पहिरो गएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

‘प्रारम्भिक रूपमा ह्युम पाइपको जोर्नी फुटेर समस्या आएको देखिएको छ। तर, ड्यामबाटै पानी चुहिएको हो भने समस्या हुने देखिन्छ। यस सम्बन्धी विस्तृत अध्ययनका लागि प्राविधिक टोलीले काम गरिरहेको छ,’ बञ्जाराले शनिबार भने। टोलीले पानी नाप्ने कार्य पनि गरेको छ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठको नेतृत्वमा गएको प्राविधिक टोलीले शुक्रबार स्थलगत निरीक्षण गर्दा ह्युम पाइपबाट समस्या आएको पाइएको छ। टोलीमा नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन तथा योजना एवं समन्वय महाशाखाका उपमहानिर्देशकहरू, इन्जिनियरिङ जियोलोजिस्ट तथा सिनियर डिभिजनल इन्जिनियर, नेपाली सेना, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय वडा अध्यक्ष तथा एसियाली विकास बैंकका प्रतिनिधिहरू सहभागी थिए।

5-1789206605.jpeg

लगातार भइरहेको वर्षाका कारण थप क्षति हुन नदिन तत्काल अस्थायी उपायहरू अपनाइएको श्रेष्ठले जानकारी दिए। स्लोप स्थिरतामा असर परेको भू–भागभन्दा माथि चार स्थानमा अस्थायी ड्रेन निर्माण गरी वर्षाको पानीलाई सुरक्षित रूपमा डाइभर्ट गर्न थालिएको छ। पानी जमिनमुनि छिर्न सक्ने सम्भावित स्थानमा प्लास्टिक तथा त्रिपाल बिछ्याइएको छ। भासिएको क्षेत्रमा रहेको ओभरबर्डेन हटाउने कार्य जारी छ।

Ncell 2
Ncell 2
nimb
nimb

नागमति तथा धाप बाँध आयोजना प्रमुख शम्भुराज पण्डितले आइतबारसम्ममा नयाँ पाइप जोडेर भत्किएको क्षेत्रमा पानी खस्न नदिइने जानकारी दिए। पण्डितका अनुसार नेपाली सेनाको सहयोगमा नलडेको तर पल्टिन खोजेको ग्याबिन वालको जाली झिकेर लोड कम गर्ने काम भइरहेको छ।

1-1789206603.jpeg

‘यति गर्दा स्टेबल भए जोखिम हुँदैन। थप समस्या आए अन्य रणनीति अपनाइनेछ,’ उनले भने। धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी तीन दिनदेखि सुन्दरीजलतर्फ पठाइएको छ।

4-1789206604.jpeg

Xtrem

Xtrem

ड्यामको तल्लो तटीय क्षेत्रमा उल्लेख्य जोखिम नरहेको प्राविधिक टोलीको निष्कर्ष छ। तर, वर्षा अझै जारी रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। वडा अध्यक्ष बञ्जारा भने ड्याम फुटेमा काठमाडौंलाई असर नगर्ने तर सिन्धुपाल्चोकको भू–भागमा असर पर्न सक्ने बताउँछन्। खासगरी वडाको काउले दोभानमा बढी जोखिम हुन सक्छ।

महानिर्देशक श्रेष्ठले तत्कालीन र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने बताए। भासिएको भू–भाग स्थिर भएपछि दीर्घकालीन संरचनात्मक काम अघि बढाइनेछ। ‘पहिरो गएको भू–भागको तलबाटै पर्खाल लगाएर दीर्घकालीन समाधान गरिनेछ,’ उनले भने।

यो ड्याम निर्माणका लागि एडीबीले ५१ करोड रुपैयाँ ऋण सहयोग गरेको थियो। धाप ड्याम बनाउन ९ अक्टोबर २०१५ मा गोन्झाउ–लामा–रमण जेभीसँग सम्झौता भएको थियो।

 

 

 

 

2-1789206602.jpeg

 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
गाजामा इजरायलको कडा चेतावनी
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश न्यायाधीश उमेश लुइँटेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला यातायात विभागमा यातायात व्यवसायी र सरोकारवालाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो। दाहालमाथि ल... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्