काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलमाथि आक्रमण प्रयास भएको छ । सिरहामा एक कार्यक्रमका क्रममा सम्बोधन गर्ने क्रममा उनीमाथि आक्रमण प्रयास भएको हो ।
उनी बोल्दा बोल्दै कार्यक्रमस्थलमा होहल्ला गर्दै विरोध जनाएका थिए । त्यसपछि शिक्षामन्त्रीको सम्बोधन रोकिएको थियो ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सिरहामा विद्यार्थीसँग साक्षात्कार, औरही र लहानमा शैक्षिक कार्यक्रम र पाठ्यक्रम परिमार्जनका लागि मधेश प्रदेशमा सुझाव संकलनमा लागि पुगेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।