काठमाडौं- सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ।
बिहिबार भएको नेपाल प्रिमियर लिगको दोस्रो खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्यो। टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएको सुदूरपश्चिमले चार विकेट गुमाएर १६९ रन बनाएको थियो।
१७० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रन बनायो। चितवनका लागि सर्वाधिक रवी बोपराको २९ रन रह्यो। देव खनाल २८, अर्जुन साउद १६, , कप्तान कुशल मल्ल १५, अमर रौटेल ९, डेविड मलान र सैफ जैवको समान ६र ६ रनमा आउट भए। रिजन ढकाल २ रनमा आउट हुँदा जर्ज स्क्रिमस शून्यमै पेभेलियन फर्किए।
सुदूरपश्चिमका लागि पुनित मेहरा तीन, कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनास बोहराले एक एक विकेट लिए।
सुदूरपश्चिमका लागि क्रिश लिनले सर्वाधिक ७५ रन बनाएर रिटायर्ड अप भए भने विनोद भण्डारी २१ र पुनित मेहरा १३ रन बनाएर आउट भए। हर्मित सिंह र इशान पाण्डे समान एक एक रन बनाएर पेभेलियन फर्के। आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले समाा २४/२४ रनमा अविजित रहे।
चितवनका लागि सैफ जैवले दुई, रञ्जित कुमार रु जर्ज स्क्रिमसले समान एक एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।