• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ५, २०८३ Sat, Nov 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाली चलचित्रलाई प्राथमिकता दिने हललाई प्रोत्साहन गर्छौँ : अध्यक्ष पण्डित

64x64
नेपाल लाइभ शनिबार, मंसिर ५, २०८३  १५:०८
1140x725

काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र व्यावसायिक सुदृढीकरणका लागि चलचित्र हल व्यवसायीलाई सरकारले उचित सुविधा, प्रोत्साहन तथा राहतका कार्यक्रम उपलब्ध गराउनुपर्ने बताएका छन् ।

नेपाल चलचित्र संघको ५२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पण्डितले नेपाली चलचित्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले चलचित्र संघलाई नेपाली चलचित्र क्षेत्रको अभिभावक संस्था भन्दै यस क्षेत्रको विकासका लागि संघबाट धेरै कुरा सिक्न र त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । चलचित्र हल व्यवसायीहरूले भोग्दै आएका समस्या तथा चुनौतीलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ । हल व्यवसायको संरक्षण, आधुनिकीकरण र नयाँ लगानी आकर्षित गर्न सरकारले उचित सुविधा, प्रोत्साहन तथा राहतका कार्यक्रम ल्याउन आवश्यक छ । यसका लागि चलचित्र विकास बोर्डले चलचित्र संघसँग सहकार्य गर्दै सम्बन्धित मन्त्रालय र सरकारी निकायसँग आवश्यक पहल गर्नेछ ।’

नेपाली चलचित्र निर्माण गरेर मात्र नहुने भन्दै उनले चलचित्रलाई दर्शकमाझ पु¥याउने र दर्शकको माया दिलाउने महत्त्वपूर्ण जिम्मेवारी चलचित्र हलहरूको पनि रहेको धारणा राखे । नेपाली चलचित्रलाई आफ्नो पर्दामा स्थान दिई दर्शकको अनुभवलाई थप प्रभावकारी बनाउन योगदान पु¥याउने सम्पूर्ण हल सञ्चालक तथा प्रदर्शक व्यवसायीप्रति उनले आभार व्यक्त गरे ।

अध्यक्ष पण्डितले यस वर्षदेखि नेपाली चलचित्रको प्रदर्शन र प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने चलचित्र हलहरूलाई चलचित्र विकास बोर्डले विशेष सम्मान गर्ने निर्णय गरेको जानकारी दिए । नेपाली चलचित्रलाई प्राथमिकता दिने हलहरूलाई प्रोत्साहन गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको उनको भनाइ थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘नेपाली चलचित्र निर्माण गरेर मात्र हुँदैन, त्यसलाई दर्शकमाझ पुर्याउने र दर्शकको माया दिलाउने महत्त्वपूर्ण जिम्मेवारी चलचित्र हलहरूको पनि हो। नेपाली चलचित्रको व्यावसायिक सफलतामा हल सञ्चालकहरूको योगदान महत्त्वपूर्ण छ । त्यसैले यस वर्षदेखि नेपाली चलचित्रको प्रदर्शन र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउने चलचित्र हलहरूलाई चलचित्र विकास बोर्डले विशेष सम्मान गर्ने निर्णय गरेका छौँ। यसको उद्देश्य नेपाली चलचित्रलाई प्राथमिकता दिने हलहरूलाई प्रोत्साहन गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु पनि हो ।’

त्यसैगरी, चलचित्र हल व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएका समस्या तथा चुनौतीप्रति बोर्ड गम्भीर रहेको उनले बताए । हल व्यवसायको संरक्षण, पुराना हलहरूको आधुनिकीकरण, नयाँ लगानी आकर्षित गर्ने तथा व्यवसायीलाई सरकारी सहुलियत उपलब्ध गराउने विषयमा सम्बन्धित मन्त्रालय र सरकारी निकायसँग पहल भइरहेको उनले जानकारी दिए ।

सरकारले चलचित्र हल सञ्चालकहरूको योगदानको उचित मूल्याङ्कन गर्दै उद्योगलाई आवश्यक सुविधा, प्रोत्साहन र राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनले यस विषयमा चलचित्र विकास बोर्डले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिँदै अध्यक्ष पण्डितले चलचित्र विधेयक आगामी ६० दिनभित्र पारित गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताए । मन्त्रालयलगायत सम्बन्धित निकायको सहयोग प्राप्त भएकाले निर्धारित समयभित्र विधेयक पारित गरी यथाशीघ्र ऐनका रूपमा कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको उनको भनाइ थियो ।

उनले भने, ‘यो विषयमा हामीले लबिङ गर्न थालिसकेका छौँ । अहिले हामी विधेयकमा बसिराखेका छौँ। सोमबारबाट सुरु भएर हामी ६० दिनमा चाहिँ विधेयक पारित गर्ने टाइमलाइन राखेर अगाडि बढिसकेका छौँ। मन्त्रालय, सबैजनाको साथ हामीले पाएका छौँ यसपालि । र यो ६० दिन भित्र नै हामी यो विधेयकलाई पास गरेर सकेसम्म चाँडै ऐनमा लाने काम गर्दैछौँ अहिले ।’

उनले चलचित्र हल व्यवसायीहरूले उठाएका जायज मागलाई नीतिगत तहसम्म पु¥याएर सम्बोधन गर्न बोर्डले आफ्नो भूमिका निर्वाह गर्ने स्पष्ट पारे । चलचित्र संघसँग सहकार्य गर्दै हल व्यवसायको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक पहल गरिने पनि उनले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली चलचित्रलाई प्राथमिकता दिने हललाई प्रोत्साहन गर्छौँ : अध्यक्ष पण्डित
नास–आईटी एक्स्पो २०२६ सुरु, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने
नेपालमा ‘रामायण’ ले कमायो २५ करोड
सम्बन्धित सामग्री
नेपाली चलचित्रलाई प्राथमिकता दिने हललाई प्रोत्साहन गर्छौँ : अध्यक्ष पण्डित नेपाल चलचित्र संघको ५२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पण्डितले नेपाली चलचित्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरू... शनिबार, मंसिर ५, २०८३
कलाकारको तिहार स्मरणः कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो कलाकारहरूका तिहार मनाउने तरिका र योजना फरक–फरक भए पनि उनीहरूका सम्झनामा बाल्यकालको देउसीभैलो, गाउँघरको रमाइलो र परिवारसँगको भेटघाट ज... मंगलबार, कात्तिक २४, २०८३
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना कोशी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
नेपाली चलचित्रलाई प्राथमिकता दिने हललाई प्रोत्साहन गर्छौँ : अध्यक्ष पण्डित शनिबार, मंसिर ५, २०८३
नास–आईटी एक्स्पो २०२६ सुरु, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने शनिबार, मंसिर ५, २०८३
नेपालमा ‘रामायण’ ले कमायो २५ करोड शनिबार, मंसिर ५, २०८३
कुटिएका वृद्धको उपचारका क्रममा मृत्यु, कुटपिटमा संलग्नताको आरोपमा युवक पक्राउ शनिबार, मंसिर ५, २०८३
सुस्ताको आवाज प्रधानमन्त्री वालेनले भारत समक्ष उठाउन सक्दैनन् : आदम खाँ शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्