दैलेख — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीसहित चार सन्तानलाई घाइते बनाएका छन्।
अम्मर सलामी मगरले घरायसी विवाद हुँदा आफ्नै श्रीमती मनिषा सलामी मगर, छोराहरु तपेन्द्र सलामी, मिलन सलामी र छोरी करिस्मा सलामीलाई दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
बन्चरो प्रहारबाट घाइते भएका चारै जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत दैलेखको दुल्लुस्थित नगर अस्पताल पठाइएको छ।
मगर र घटनामा प्रयोग भएको बन्चरो प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।