काठमाडौं– नेकपा नेता रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने महानगरीय प्रहरी अपराध महाशाखाको टोली शंखमुलस्थित उनको निवासमा पुगेपछि नेकपा कार्यकर्ताले नाराबाजी गरेका छन्।
प्रधानमन्त्री ओलीबिरुद्ध निवासम जम्मा भएका कार्यकर्ताले नाराबाजी गरेका हुन्। उनीहरुले पक्राउ गर्न प्रहरीलाई घर छिर्न दिएका छैनन्।
राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध दिएको अभिव्यक्तिका विषयमा झाँक्रीलाई मुद्दा चलाउन सत्ता पक्षीय नेकपा नेताहरुले प्रहरीमाथि दबाब सिर्जना गरेका छन्। त्यसैले प्रहरीले उनलाई बोलाएको थियो।
उनी नआएपछि प्रहरी पक्राउ गर्न गएको थियो। झाँक्रीलाई पक्राउ गर्न नदिन कार्यकर्ताहरु भेला भएका हुन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध नाराबाजी गरिरहेका छन्।
नाराबाजी बढेपछि प्रहरीको संख्या बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।