सादा पोसाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेको प्रहरी । तस्बिर : नयाँ पत्रिका
काठमाडौं– पत्रकार पक्राउ गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई जानकारी नदिई प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी परिचालन गरिरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेको छ । यसअघि पत्रकार शोभराज बराल पनि पक्राउ परेका थिए ।
यस्तै, नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेका छन् । दियो पोस्टको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेको स्रोतले जनाएको छ ।
पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्ने गतिविधिबारे गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पूर्वजानकारी नदिइएको स्रोतको दाबी छ । प्रहरीले यी घटनाबारे औपचारिक रूपमा के जनाएको छ भन्ने खुल्न बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।