इनरुवा– सुनसरी धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट गएराति ४९९ किलोग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साह रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
गोप्य सूचनाका अधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थाई प्रहरी चौकी तिनकुने धरानबाट खटिएको संयुक्त प्रहरीको टोलीले बिआर ११ वाई ११३९ नम्वरको स्कार्पियो गाडीलाई चेकजाच गर्दा ४९९ किलो लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद भएको उनले बताए ।
गाँजा जस्तो देखिने पदार्थ सवारीबाट बरामद भएपछि स्कार्पियो र चालक साहलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मल्लले बताए ।
बरामद भएको सवारी, गाँजा र चालकको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।