काठमाडौं–जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई अपराधीलाई झै प्रहरीले पक्राउ गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाएको छ ।
कर्मचारीलाई पक्राउ गरी प्रधानमन्त्री कार्यालयमा उपस्थिति गराइएको यो पहिलो पटक हो ।
काठमाडौं उपत्यकाबाहिर रहेका उनीहरूलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर शुक्रबार मात्र प्रधानमन्त्री कार्यालयमा उपस्थित गराएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनको ठाडो आदेशमा आयोजनाको प्रगतिबारे बुझ्न भन्दै उनीहरुलाई गैरकानुनी नियन्त्रणमा लिइएको बुझिएको छ ।
रजौरिया र रिजाल फोन बन्द गरेर सम्पर्कविहीन भएपछि प्रहरी परिचालन गरेर झिकाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकृतले नेपाललाइभलाई बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।